राष्ट्रिय सभा निर्वाचनमा यसरी हार्दैछ एमाले

राष्ट्रिय सभा निर्वाचनमा यसरी हार्दैछ एमाले

काठमाडौं । १९ सदस्यका लागि भोलि (माघ १२) गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सबै उम्मेदवारहरुले हार्ने निश्चित जस्तै भएको छ।

४ वर्षे कार्यकालका लागि गोला टिपेका १९ जना राष्ट्रिय सभा सदस्यहरुको स्थानमा हुन लागेको भोलिको निर्वाचनमा सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएसँगै एमालेका सबै उम्मेदवारहरुले हार्ने निश्चित बनेको हो।

१९ जना सदस्यमध्ये यसपटक ८ जना एमाले सांसदहरुको कार्यकाल सकिएको छ। भोलिको निर्वाचनबाट एमालेका कुनै पनि उम्मेदवारले जित्न सक्ने स्थिति नभएपछि राष्ट्रिय सभामा एमालेले ८ सिट गुमाउने पक्कापक्की जस्तै बनेको छ।

राष्ट्रिय सभा चुनावका लागि देशभर २ हजार २५ जना मतदाता छन्। जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता छन्। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ।

उसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै राष्ट्रिय सभाको निर्वाचन आफ्नो पार्टीका लागि प्रतिकूल हुने बताएर हार स्वीकार गरिसकेका छन्। अरु प्रदेशभन्दा तुलनात्मक रुपमा बलियो रहेको प्रदेश १ मै एमाले प्रष्ट रुपमा अल्पमतमा परिसकेपछि यसपटकको राष्ट्रिय सभा निर्वाचनमा ‘निल’ हुने देखिएको छ।

कुन प्रदेशमा कस्तो छ अंकगणित?

प्रदेश नं. १

निर्वाचन आयोगका अनुसार प्रदेश–१ बाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी तीन जनाका लागि मतदान हुँदैछ। उम्मेदवारी भने ८ जनाको परेको छ। एमालेबाट तीन, सत्ता गठबन्धनबाट तीन र राप्रपाबाट दुई जनाले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय सभाका लागि प्रदेशको जम्मा मतभार ९ हजार ३ सय १२ रहेको छ। जसमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठबन्धनमा ५० प्रदेश सांसद छन्। त्यस्तै १ सय २६ स्थानीय तह प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पनि छन्। गठबन्धनको मतभार ४ हजार ६ सय ६८ रहेको छ।

एमालेबाट ४१ जना प्रदेश सभा सदस्य र १ सय ४२ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष छन्। जसको मतभार ४ हजार ५ सय २४ छ। गठबन्धन र एमालेको मतभार फरक १ सय ४४ देखिन्छ। एमालेका सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले कीर्ते कागजात मुद्दामा दोषी ठहर गरेयता फरार छन्। यसबाट एमालेको मतभार ४८ घटेको छ।

एमालेलाई तीनै सिट जित्न १९२ मतभार चाहिन्छ। राप्रपासँग तालमेल गर्दा पनि एमालेको पक्षमा १२० मतभार हुन्छ। तर, राप्रपा केन्द्रीय पदाधिकारी बैठकले प्रदेश १ का एक्लै चुनाव लड्ने र अरु प्रदेशमा भोट नहाल्ने निर्णय गरेकाले एमालेलाई राप्रपाको मत आउने सम्भावना पनि सकिएको छ। त्यसले गर्दा तीनै सिटमा गठबन्धनले जित्ने निश्चित देखिन्छ।

मधेश प्रदेश

मधेश प्रदेशबाट महिला र अन्य समूहका गरी दुई जनाका लागि मतदान हुँदैछ। यहाँ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस प्रदेशमा ३ सय ७२ मतदाता रहेकोमा स्थानीय तहका २ सय ६८ मतदाता छन् भने प्रदेश सभाका १ सय ४ जना छन्। ९ हजार ८ सय १६ मतभार भएको यहाँ गठबन्धनको पक्षमा ७२५४ मत हुँदा एमालेको जम्मा ९४२ मतभार छ। मधेशमा १५६० मतभार भएको लोसपा र एमालेले कार्यगत एकता गर्ने बताए पनि गठबन्धनका उम्मेदवारलाई हराउन सक्ने स्थिति छैन।

बागमती प्रदेश

बागमती प्रदेशबाट पनि महिला र अन्य समूहका गरी दुई जनाका लागि मतदान हुँदैछ। ३ सय ४६ मतदाता रहेका छन्। स्थानीय तहबाट २ सय ३७ मतदाता छन् भने प्रदेश सभाबाट १ सय ९ जना रहेका छन्। यहाँ कुल ९ हजार ४ सय ९८ मतभार छ। बागमतीमा गठबन्धनको मत ४९५६ छ भने एमालेको ४१५२ छ। १ सय ४४ मतभार भएको विवेकशील साझा, १ सय ३२ मतभार भएको राप्रपा र ९६ मतभार भएको नेमकिपाले समर्थन गरेको अवस्थामा पनि एमालेले जित्ने सम्भावना छैन। तर, राप्रपाले भोट नहाल्ने निर्णय नै गरिसकेको हुँदा उक्त भोट पनि जाने देखिदैन।

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट महिला, दलित र अन्य गरी तीन सदस्यका लागि निर्वाचन हुँदैछ। स्थानीय तहबाट १ सय ७० र प्रदेश सभाबाट ५९ जना गरी गण्डकीमा २ सय २९ जना मतदाता छन्। कुल ५ हजार ८ सय ७४ मतभारमध्ये गण्डकी प्रदेशमा गठबन्धनको पक्ष्मा ३२३४ मतभार छ भने एमालेको २५३८ मतभार छ। यहाँ पनि एमाले पराजित हुने निश्चित देखिएको छ।

लुम्बिनी

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट पनि महिला, दलित र अन्य गरी तीन सदस्यको निर्वाचन हुँदैछ। यहाँ स्थानीय तहबाट २ सय १५ जना र प्रदेश सभातर्फ ८१ जना मतदाता रहेका छन्। लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभारमध्ये गठबन्धनको पक्षमा ४३१४ मतभार छ भने एमालेको जम्मा ३२७६ मतभार छ। यहाँ पनि एमालेको पराजित हुने देखिएको छ।

कर्णाली

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी तीन जनाका लागि निर्वाचन हुँदैछ। यहाँ स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन्। कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभारमध्ये गठबन्धनको २८९८ मतभार छ भने एमालेको १४३४ मतभार छ। यहाँ पनि एमालेको अवस्था खराब देखिएको छ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य गरी तीन जना सदस्यका लागि निर्वाचन हुदैछ। स्थानीय तहबाट १ सय ७५ मतदाता र प्रदेश सभाबाट ५२ जना मतदाता रहेको यस प्रदेशमा कूल ५ हजार ६ सय ६४ मतभार छ। त्यसमध्ये गठबन्धनको पक्षमा ३७८० मतभार छ भने एमालेको पक्षमा १७८८ मतभार छ। दोब्बरभन्दा धेरै मतभार भएको गठबन्धनको जीत यहाँ पनि निश्चित देखिन्छ।

सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् ।  प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।  मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे । मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि (मंगलवार) बस्ने पनि बताए । 

मिनी बस दुर्घटनामा दुईको मृत्यु

सुर्खेत। दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका(७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो । 

राष्ट्रिय सभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गरौं : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रिय सभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताए । “समस्या समाधानका लागि राष्ट्रिय सभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ । त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष दाहालले भने । उनले महत्त्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गरे । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले भने आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले आजको बैठक स्थगन गरे । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ८ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्।  आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024

लोकप्रिय