विदेशमा रहेका श्रीमानको शुक्रकीट जम्मा गरेर बच्चा जन्माउने सेवा नेपालमैं (अन्तर्वार्ता)

विदेशमा रहेका श्रीमानको शुक्रकीट जम्मा गरेर बच्चा जन्माउने सेवा नेपालमैं (अन्तर्वार्ता)

डा.उमा श्रीवास्तव
निसन्तान केन्द्र बानेश्वरकी प्रमुख डा. उमा श्रीवास्तव २५ वर्ष देखि प्रजनन् तथा स्त्री रोग विशेषज्ञका रुपमा काम गर्दै आएकी छिन् । चार हजार भन्दा बढी निसन्तान दम्पतीलाई कृतिम विधिबाट सन्तान जन्माउन सहयोग गरेकी श्रीवास्तवसँग निसन्तानको समस्याका बारेमा डा.उमा श्रीवास्तव संग गरियको कुराकानीः

कहिल्यै पनि बच्चा नहुने हुन्छ कि हुँदैन ? 
यो एकदमै कममा मात्र हुन्छ । एक पाठेघरमा दीर्घ रोग लागेमा र अर्को कुनै पनि महिला महिलाको स्वरुप मात्र हुने तर उसको बृद्धि विकास पुरुषको भएको अवस्थामा मात्र बच्चा नहुने हुन्छ । नभए अरु कुनै पनि अवस्थामा महिलाको बन्चा नहुने भन्ने हुदैन ।

जो जो धेरै बर्ष देखि बच्चा भएन भनेर बस्नु भएको छ उहाँहरु भ्रममा हुनुहुन्छ । कतिको सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको कारण बच्चा नभएको हुन्छ । यो कुरा चाहिँ हामीले भुल्नु हुँदैन । एकदुई बर्ष बच्चा भएन भने हामीकहाँ श्रीमानलाई भन्दा बढी श्रीमतीलाई जाँच गर्ने चलन छ  । बच्चा पाउने बारेमा सल्लाह गर्न आउँदै हुनुहुन्छ भने पहिले श्रीमानले शुक्रकीटको जाँच गराउनुस् अनि मात्र श्रीमतीको उपचार  सुरु हुन्छ । त्यसले उपचार छोटिन्छ ।

बच्चा नहुनुमा श्रीमतीको दोष देख्ने कुरा गल्ती हो । श्रीमान अथवा सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको अवस्थाले बच्चा नभएको हो भने शुक्रकीट बरो गरेर अथवा कसैको शुक्रकीट प्रयोग गरेर बच्चा बनाउन सकिन्छ । आमाकै पाठेघरको कमजोरीले हो भने केमा कमी छ त्यो हेर्नु पर्छ । पहिलो शुक्रकीट जाने नली थुनिएको छ कि वा सोे नली सानो छ कि जाँच गराउनु पर्छ । बच्चा आएर पनि पाठेघरमा बस्न नसक्ने अवस्था छ कि, यस्तै अन्य समस्या पनि हुन सक्छन् । समस्या पत्ता लागेपछि हामी त्यही अनुरुप काम गर्छौं ।

शुक्रकीट बरो भन्नु भयो यो कसरी गरिन्छ प्रक्रिया बताइदिनोस् न ? 
बच्चा चाहने दम्पतीको श्रीमानको शुक्रकीटले काम नगरेको र श्रीमतीको पाठेघर बच्चा राख्न तयारी रहेको अवश्थामा हामी यो प्रकृया अपनाउछौ । श्रीमान श्रीमतीको सहमतिमा उहाँहरुले चाहेको मान्छे या हस्पिटलमा नै स्टोरमा रहेको शुक्रकीट प्रयोग गर्ने गरेका छौं । उहाँहरुले नै भनेको मानिसको शुक्रकीट राख्नको लागि पनि पहिला त्यो मानिसमा केही रोग छ कि छैन परीक्षण गर्छौं । उ स्वस्थ्य भएको खण्डमा उसको शुक्रकीट लिएर सफा गर्छौं र शक्तिशाली तीन चार वटा तयार गरेर वा शुक्रकीट बैंकमा राखिएको शुक्रकीटलाई सुईको माध्यमबाट पाठेघरसम्म पुर्याउँछौ ।

नेपालमा निसन्तान कति प्रतिशत छन् ? र यसको कारण के के हुन् ? 
सरकारी तथ्याङ्कमा जनसंख्याको १५ प्रतिशतमा निशन्तान भन्ने देखिएको छ । तर त्यति धेरै हुनुमा सचेतना र स्वास्थ्य संस्थाको पहुँच नभएरर  धेरैले उपचारमा नआएर यस्तो भएको हो । यो कुनै स साना कारणले हुन्छ समयमा चासो देखाए बच्चा हुन्न नै भन्ने हुँदैन । तर उपचार गर्न चाहिँ आउनु पर्छ ।

बाहिरी वातावरणले बच्चा हुने कुरामा कतिको असर गर्छ ?
पुरुषहरुको हकमा कामको लोड, विषादियुक्त खाना, तातोमा काम गुर्न पर्ने आदि कारणले शुक्रकीट उत्पादन कम हुने र उत्पादन भएका शुक्रकीट पनि काम गर्न नसक्ने हुन्छन् । महिलाको हकमा पनि माथिका सबै कुराले असर गर्ने त हुन्छ नै त्यसमा पनि पहिलो बच्चा पाठेघरमा तयार हँुदा फाल्ने गर्दा त्यसमा दोस्रो पटक बच्चा नबस्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो बच्चा कुनै पनि हालतमा जन्म दिनु पर्छ । बच्चा जन्माउँदा आमा मात्र हैन श्रीमान देखि घरका अन्य सबै सदस्य तयारी अवश्थामा रहनु पर्छ । फेमेली प्लालिङ गरेर मात्र बच्चा जन्माउने गर्नुपर्छ । र पहिलो कोखमा आएको बच्चा कहिल्यै फाल्नु हुँदैन ।

पहिलो बच्चा जन्माउनु पर्छ भन्नुहुन्छ बिवाह गर्ने बितिक्कै बच्चा नबसोस् भनेर कति साधन अपनाउँछन् र बच्चा बसे पनि अहिल्यै नपाउने भनेर पहिलो बच्चा फाल्ने गर्छन् नि  ? 
हेर्नुस, घरमा बच्चा नहुँदा एउटा परिवारले कति मानसिक पीडा भोगिरहेको छ बच्चा भएको परिवारले कल्पना मात्र गर्न सक्छ । म त भन्छु विबाहपछि कहिले बच्चा पाउने भनेर फेमेली प्लान बनाउनुस् र सोही अनुसार बच्चा जन्माउनुस् यो त धेरै राम्रो कुरा हो । बच्चा नराख्नलाई बिभिन्न औषधी प्रयोग गर्नाले भोलि बच्चा नबस्न सक्छ, त्यता ध्यान दिनुस् र यही बीचमा बच्चा आए पहिलो बच्चा कुनै हालतमा जन्म दिनोस् । किनकी पहिलो बच्चा नै फाल्नुभयो भने दोस्रो बच्चाका लागि पाठेघर तयार नहुन सक्छ । डिम्म बनाउन तयार हुनुपर्ने जुन हर्मोन्स् हो त्यो सक्रिय हुनुपर्छ । एक पटक बच्चा फ्याँकेपछि डिम्ब बनाउन तयार नै नहुने हुन्छ ।

बच्चा नहुने समस्या पुरुषहरुमा बढी छ कि महिलामा ? 
पहिला पहिला चाहिँ महिला धेरै आउनु हुन्थ्यो र हामी महिलामा बच्चा नहुने कुरा धेरै हो कि भन्ने ठान्थ्यौं । तर पछिल्लो समयमा महिला पुरुष दुबै आउन थालेपछि थाहा हुँदैछ कि यो समस्या महिला पुरुषमा बराबरी छ । के थाहा पछि पुरुषहरु खुलेरै आउनु थाल्नुभयो भने यसको संख्या पुरुषमा बढी हुने पो हो कि ।

बिदेशमा त शुक्रकीट बैंकमा शुक्रकीट बेचेर गुजारा चलाएका समाचारहरु आउँछन् नेपालमा कसरी सञ्चालनमा छ शुक्रकीट बैंक ? 
नेपालमा पनि अन्य देशमा जस्तो पैसा तिरेर शुक्रकीट किन्नु पर्ने अवस्था छैन । चाहिएको बेला प्रयोग गर्नलाई हामीकहाँ स्टोर हुन्छ । त्यो पनि डक्टर, डक्टरका आफन्त र नजिककाहरुबाट लिएर राखेका हुन्छौं । र कसैले त्यहि कास्टको लिइदिनोस् भनेर माग गर्नुभयो भने त्यसै अनुसार तयार गरिदिन्छौं । श्रीमान बिदेसिनु पर्ने अवस्थामा श्रीमतीले चाहेको खण्डमा प्रयोग गर्ने गरी पनि हामीले श्रीमानको शुक्रकीट स्टोर गर्ने गरेका छांै । सञ्चालनमा रहेका हरेक निसन्तान केन्द्रको आ आफ्नै शुक्रकीट बैंक छन् । यो तयार नगरी  नगरी काम गर्नै सकिंदैन ।

फेमेली प्लानिङ् भन्नुहुन्छ अहिले त बच्चा पाउने अघिल्लो दिनसम्म काममा जाने कामकाजी महिलाहरुको बाध्यता कम्ता पीडादायी छ त ? 
कामको जटिलता छ भनेर फेमेली प्लानिङ नगरी कामकै बीचमा बच्चा जन्माउने गर्नु हुँदैन । त्यो परिवारले बुझ्नु पर्छ । यो यस्तो जटिल अवस्था हो कि जुन बेला जे पनि हुन सक्छ । महिला बेला जस्तो नर्मल हुँदै हुँदैनन् यो बेला । एउटा सुन्दर महिला कुरुप नै बनेकी हुन्छिन् । उनको शरिरमा पुरै परिर्वतन भएको हुन्छ । खाना नरुच्ने, प्रेसर बढ्ने, जिउ सुन्निने, भोमिट हुने, पेट बढ्ने, फेसको चमक हराउँछ, अनेक परिवर्तन आउँछ । अरु त अरु, स्वास पनि नर्मल तरिकाले गर्न नसक्ने अवस्था हुन्छ । अनि त्यो बेला काम पनि गर्छु बच्चा पनि पाउँछु, कलेज पनि सक्छु भनेर कहिल्यै नसोच्नुस् । एउटै बच्चा पनि दूध खुवाउँदै खाना बनाएर खानु एकदमै गाह्रो कुरा हो । यो बेला खर्चको पनि आवश्यक पर्छ र दुबैको सामान्जस्यता पनि आवश्यक हुन्छ । सानो कुरा पनि चित्त दुख्ने हुन्छ किनकी शरिर एकदमै कमजोर भएको हुन्छ ।

हाम्रो नेपाली समाजको पो बिडम्बना नै छ कि बुहारी प्रेग्नेन्सी हँुदा सहयोग नै नगर्ने । बाहिरको समुदायमा, यहीँ नजिकै भारतमा पनि पेटमा बच्चा आए देखि नै खुसियाली मनाउने चलन छ । एक जना बच्चा जन्माउने हुदा बस्न , उठ्न समेत हात दिन्छन् र पो बच्चा पाउन सजिलो  हुन्छ । मेरो यही सजेसन छ कि पहिलो पेटमा आएको बच्चा पनि नफाल्नुस् साथै फेमेली प्लान नगरी पनि बच्चा नपाउनुस् ।

खानपानले निसन्तानमा कत्तिको असर गर्छ ?
खुवाउन सक्ने परिवारका केटीहरुले नखाइदिएर मालन्युट्रेसन बढेको छ । जसको असर आउने बच्चालाई पर्दैछ भने खान नपुग्ने परिवारमा खान नपाएर छोरीहरुमा मालन्युट्रेसन भएको छ र त्यसको असर पनि आउने पुस्ताले खप्दैछ । एउटा पुरुष स्वस्थ्य हुनु भनेको उसको लागि मात्र हो भने एउटी महिला स्वस्थ्य हुनु भनेको उसले पुस्तौ पुस्तालाई स्वस्थ्य राख्नु हो । किनभने यदि उ स्वस्थ्य भई भने मात्र उसले जन्माउने बच्चा स्वस्थ्य हुन्छ र तिनबाट जन्मने बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यसैले एउटी महिलाको स्वास्थ्यले एउटा परिवारको मात्र हैन पुस्तौं पुस्ताको स्वास्थ्य निर्धारण गर्छ । धुम्रपान मध्यपानले पनि शरिरमा असर गरेको छ । कामको बोझले बढेको स्ट्रेसले पनि प्रेग्नेन्सीमा धेरै ठूलो अशर गर्छ ।

बच्चा पाउन शरिर कतिको योग्य छ भनेर जान्ने कुरामा केही सचेतना चाहिँ बढेको हो ? 
हो । पछिल्लो पाँच बर्षमा त महिला मात्र हैन पुरुषहरु पनि आफ्नो शुक्रकीटले कत्तिको काम गर्न भनेर जचाउन आउने गरेकाछन् । ममा कमी छ कि भनेर प्राय विदेश गएर काम गर्ने भाइहरु बिर्य जाँच गराउन आउने गरेका छन् । अनिन्द्रा, कामको प्रेसर, धेरै तातोमा काम गर्नेहरु बिर्यको क्षमता घट्छ । बिर्यले बढी जाडोमा, रातको समयमा र शान्त वातावरण सशक्त हुन्छ र बिर्यले बढी काम गर्छ ।

आइभीएफ प्रविधि भनेको केहो ? यो कस्तो बेलामा कसरी प्रयोग गरिन्छ ? 
पहिलो महिलाको पाठेघरमा के समस्या छ भनेर हेरिन्छ । पहिलो एक समुहका महिलाहरुको डिम्ब विकास नभएर बच्चा नभएको हुन्छ । डिम्ब बिकास नभएर बच्चा नभएकाहरुको लागि डिम्ब बिकास गर्ने औषधी दिन्छौं र बच्चा हुन्छ । अर्को ग्रुप महिलाको चाहिँ डिम्ब बिकास गर्न सक्ने भए पनि डिम्ब बाहिनी नली नै बन्द भएको हुन्छ । त्यो कुनै सानो इन्फेक्सन या मासु बढेर हुन सक्छ । त्यो खुलाउने बितिक्कै बच्चा हुन्छ । खुलाउने बिभिन्न प्रविधिहरु छन् । जसको डिम्ब बाहिनी नली दुबै बन्द छ । डिम्ब र शुक्रकीट भेट हुन सक्ने अवस्था छैन र कुनैपनि प्रविधिले खुल्न सकेन या सुन्निएर काम गरेको छैन भने यो आइभीएफ अथवा टेष्टटुयुब बेबीमा जानु पर्छ ।

यस्तो अवस्थामा डिम्बहरुलाई बाहिर निकालेर श्रीमानको शुक्रकीटलाई भेटाइदिने काम अव कृतिम तरिकाले गर्ने काम हामी गर्छौ । यसमा पहिला महिलाको शरिरमा हार्मोनको मात्रा पुर्याएर राम्रो क्षमतावान डिम्ब उत्पादन गर्न सक्ने बनाउँछौं । अब ती डिम्बहरुले काम गर्न सक्छन् भन्ने भएपछि अल्ट्रासाउण्डद्वरा डिम्बहरु निकाल्छांै । निकालिएका डिम्बहरु सफा गरेर ट्युवमा राख्छांै । अनि त्यहि ट्युवमा शुक्रकीट राखेर दुबैको त्यहाँ भेट गराउँछौं र २४ घण्टा राख्छौं । भोलिपल्ट आएर हेछौ, हेर्दा बाबु र आमाको मिलेको फटिलाइज भएको रहेछ दुई वा तीन वटा भ्रुण निकालेर सुरक्षित तरिकाले आमालाई बोलाएर पाठेघरमा लगेर राखिदिन्छौं र घर पठाउँछौं । घर गएर चाहिँ हामी आराम गर्न भन्छांै । यदि मिलेन भने फेरि अर्को पटक गर्नु पर्ने हुन्छ ।  यसरी बाहिर ट्युवमा फटिलाइजेसन गर्ने भएकोले टेष्टट्युव बेबी भनिएको हो  । यो निसन्तान केन्द्र संन्चालन गरेको २४ बर्ष भयो, अहिलेसम्म हामीले चार हजारको आमालाई बच्चा थमाएर पठाएका छौं ।

साभार : चक्रपथ अनलाइन बाट

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय