विद्युतिय संरचना भूमिगत गरिँदै

विद्युतिय संरचना भूमिगत गरिँदै

काठमाडौँ, असार  ९ । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् ।

सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो ।

संसारका धेरै जसो देशमा विद्युत् वितरण प्रणाली भूमिगत नै राखिएको छ । दुर्घटना कम गर्न र सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ लामो समयदेखि चर्चा भए पनि काम अगाडि बढ्न नसकेको सन्दर्भमा पछिल्लो पटक ऊर्जा मन्त्रालयले पाइलट प्रोजेक्टका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको विद्युतीय संरचना भूमिगत गर्न लागेको हो ।

एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विद्युत् प्रसारण वितरण कार्यदक्षता अभिवृद्धि आयोजनाअन्तगर्त विद्युत् प्रणाली भूमिगत गर्न लागेको हो । काठमाडौँ उपत्यकाभित्र महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको ११ केभी र ४०० भोल्ट विद्युतीय संरचना भूमिगत गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस्तै एसियाली पूर्वाधार लगानी बैंकले समेत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली पूर्वाधार लगानी बैंकले सो परियोजनामा रु १० अर्ब लगानी गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विगत दुई दशकदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुननसक्दा प्राविधिक चुहावट बढेको, दुर्घटना तथा अन्य जोखिम बढेको र सहरी सौन्दर्यमा समेत समस्या उत्पन्न भएपछि सरकारले दातृ निकायको सहयोगमा विद्युत् वितरण प्रणालीमा सुधार गर्ने कार्ययोजना अगाडि बढाएको हो ।

विद्युतीय संरचना भूमिगत गर्नेलगायत क्षमता वृद्धि गर्ने कार्य समन्वयात्मक रुपमा अगाडि बढाउन गत वैशाख ३ गते नै तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आवश्यक निर्णय गर्नुभएको थियो । मन्त्रिस्तरीय निर्णयका आधारमा ऊर्जा सचिव अनुपराज उपाध्यायको अध्यक्षतामा यही असार ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विद्युतीय संरचना भूमिगत गर्न समन्वय समिति गठन गरेको छ ।

सो समितिमा राष्ट्रिय योजना आयोग, सहरी विकास मन्त्रालय, गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाइ, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि रहनेछन् । सो समितिले वितरण प्रणाली सुदृढीकरण तथा विद्युतीय संरचना भूमिगत गर्न सडक खन्ने कार्य, भूमिगत कार्य सम्पन्न भएपछि सडकको मर्मत तथा कालोपत्र गर्ने कार्य सम्बन्धित आयोजनाले सडकको प्रचलित मापदण्ड बमोजिम गराउने र सो कार्यको प्राविधिक समन्वयको लागि सम्बन्धित निकाय संलग्न रहने गरी एक उपसमिति गठन गर्ने निर्णय भएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता सागरराज गौतमले जानकारी दिनुभयो ।

सहप्रवक्ता गौतमले काठमाडौँको सहरी सौन्दर्य बढाउन, दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढेको जानकारी दिँदै विद्युतीय संरचना भूमिगत गर्ने कार्य जटिल भए पनि समयको आवश्यकता रहेको बताउनुभयो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सबै प्राविधिक प्रक्रिया पूरा गरेर आगामी एक वर्षभित्र विद्युतीय संरचना भूमिगत गर्ने कार्य प्रारम्भ हुने बताउनुभयो । भारतमा सरकारी स्वामित्वको पावर ग्रिड कर्पोरेसनले पछिल्लो समय विद्युतीय संरचना भूमिगत गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । चीन, अमेरिकालगायतका देशमा समेत विद्युतीय प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएको छ । रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय