विभिन्न क्षेत्रका २० कम्पनीको आईपीओ बजारमा आउँदै

विभिन्न क्षेत्रका २० कम्पनीको आईपीओ बजारमा आउँदै

काठमाडौँ — विभिन्न क्षेत्रका २० कम्पनीको प्राथमिक निष्कासन बजारमा आउँदै छ । तीमध्ये १२ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र दुई/दुईवटा बिमा र ‘अन्य’ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये धेरैजसोले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।

यसमा डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।

यी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ ।
हाल बोर्डको सूचीअनुसार विभिन्न क्षेत्रका २० कम्पनीले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको ५ करोड २३ लाख ५७ हजार कित्ता सेयर निष्कासन गर्दै छन् ।

सेयर बजारमा ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो आर्थिक वर्ष यस्तो संख्या बढेर ६० भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु आर्थिक वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी चार दर्जनभन्दा बढी पुग्ने देखिएको हो ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । सेयर बजारमा सूचीकृत कुल कम्पनीमध्ये जलविद्युत् समूहको हिस्सा औसत ८.९ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ । लगानीकर्ताले पनि लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने जानकारहरू बताउँछन् ।

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

नेप्सेमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार सामान्य अंकले सुधार भएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा पुगेको छ ।  बुधबार ३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।

नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा झरेको छ । यस दिन ३२० धितोपत्रका ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँमा किनबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत समूहगत सूचक बढ्यो । बाँकी नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

लोकप्रिय