विश्वकपमा उत्कृष्ट प्रदर्शनसँगै रोनाल्डोको ५१औँ ह्याट्रिक

विश्वकपमा उत्कृष्ट प्रदर्शनसँगै रोनाल्डोको ५१औँ ह्याट्रिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फर्ममा रहनु र नहुनुको अर्थ बेग्लै हुन्छ । जब उनी फर्ममा हुन्छन्, आफ्नो अगाडि बलिया प्रतिद्वन्द्वीका डिफेन्स सहजै तोडिरहेका हुन्छन् ।

उनी खराब फर्ममा रहँदा अति नै कमजोर टोलीविरुद्ध सहज गोल अवसर पनि गुमाउँछन् । रोनाल्डोले पुनः एकपटक आफू विश्वकप फुटबलमा वर्तमान समयकै उत्कृष्ट स्ट्राइकर रहेको प्रमाणित गरेका छन् ।

समूह बीको खेलमा हारनजिक पुगेको पोर्चुगललाई रोनाल्डोले सञ्जीवनी बुटी दिलाउँदै एक अंक दिलाए । यति मात्र होइन, रोनाल्डोले स्पेनजस्तो पूर्वविश्वकप र दुईपटकको युरोकप च्याम्पियन टोलीविरुद्ध ह्याट्रिकसमेत लगाए । त्यो ह्याट्रिक उनको करिअरकै ५१औँ रह्यो ।

रोनाल्डोको ह्याट्रिकको मद्दतमा सन् २०१६ को युरोकप विजेता पोर्चुगलले स्पेनलाई ३–३को बराबरीमा रोक्न सफल भयो । खेलको ८८औँ मिनेटमा रोनाल्डोले २२ यार्ड टाढाबाट पहिलो बारमा सनसनी फ्रिकिक गोल गर्दा स्पेनका गोलरक्षक डेभिड डी जियाले मेसो नै पाउन सकेनन् ।

विश्वकपमा रोनाल्डोको रेकर्ड

रोनाल्डो विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । स्पेनविरुद्धको ह्याट्रिक पूरा गर्दा उनी ३३ वर्ष १ सय ३० दिनका थिए । यसअघि नेदरल्यान्डका रोव रेनसेनव्रिन्कको नाममा सो रेकर्ड थियो ।

रोवले १९७८ को संस्करणमा इरानविरुद्ध ह्याट्रिक लगाउँदा ३० वर्ष ३ सय ३५ दिनका थिए । रोनाल्डोले शुक्रबार गरेको ह्याट्रिक विश्वकपको इतिहासकै ५१औँ ह्याट्रिक हो । विश्वकपको पहिलो संस्करणमै पहिलो ह्याट्रिक बनेको थियो ।

पोर्चुगलका कप्तान रोनाल्डो सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकप संस्करणमा गोल गर्न सफल रहे

चार विश्वकपमा गोल

रोनाल्डोले सन् २००४ मा पोर्चुगलले नै आयोजना गरेको युरोकपमा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पोर्चुगलका प्ले मेकर लुइस फिगोको प्रदर्शनमा रोनाल्डो छायामा परे ।

फिगोको सन्न्यासपछि पोर्चुगल फुटबलमा रोनाल्डोले एकछत्र राज गरिरहेका छन् । यद्यपि, ३३ वर्ष भए पनि रोनाल्डोले गोल गर्न छाडेका छैनन् । विश्वकपको चार संस्करणमा गोल गर्ने रोनाल्डो चौथो खेलाडी बनेका छन् ।

रोनाल्डोले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकप संस्करणमा गोल गर्न सफल रहे । विश्वकपमा पेले, सेलेर तथा मिरोस्लाभ क्लोजले पनि चारवटा विश्वकपमा गोल गरेका छन् । रोनाल्डोले १ सय ५१ खेलमा ८१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

एउटा ठूलो उपलब्धि

रोनाल्डोले विश्वकपमा आफ्नो व्यक्तिगत पहिलो ह्याट्रिक लगाउन पाउँदा फरक अनुभव गरेको बताएका छन् । ‘स्पेनसँगको प्रतिस्पर्धा स्मरणीय छ, मैले विश्वकपमा ह्याट्रिक लगाएँ,’ रोनाल्डो भन्छन्, ‘कठिन अवस्थामा गोल गर्नुका साथै ह्याट्रिक गर्नुको मजा फरक हुँदो रहेछ ।’ विश्व फुटबलकै बलियो राष्ट्रसँग त्यही स्तरमा प्रतिस्पर्धा गर्नु कठिन रहेको उनको भनाइ छ । ‘स्पेन विश्वकप दाबेदार राष्ट्र हो, यो नतिजा सोचेजस्तो हो,’ उनले भने ।

दुईपटकको अग्रता

पोर्चुगलले स्पेनविरुद्ध दुईपटक अग्रता लिएको थियो । दुवैपटक स्पेनले अग्रता रक्षा गर्न नसक्दा खेलमा ३–२ले पछि प(यो । चौथो मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गरे । नाचोले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

डिएगो कोस्टाले कोस्टाले २४औँ मिनेटमा १–१ को बराबरीमा स्पेनलाई पुर्याए । रोनाल्डेले ४४औँ मिनेटमा पोर्चुगलका लागि २–१ को अग्रता दिलाए । ५५ औँ मिनेटमा कोस्टाले स्पेनलाई २–२ को बराबरीमा पु(याए ।

खेलको ५८औँ मिनेटमा नाचोले स्पेनलाई ३–२ को अग्रता दिलाए । स्पेनले विश्वकप इतिहासमा पछिल्लो १३ समूहचरणको पहिलो खेलमा दुई खेलमा मात्र जित निकालेको छ । एजेन्सीको सहयाेगबाट

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय