विश्वकपमा निरीह अर्जेन्टिना : किन कमजोर भए मेसी ?

विश्वकपमा निरीह अर्जेन्टिना : किन कमजोर भए मेसी ?

अर्जेन्टिनाका लागि ‘अल टाइम टप गोल स्कोरर’ र युरोपेली लीगहरूमा ‘पाँच–पाँच पटक गोल्डन सू’ जित्न सफल स्टार फुटबलर लियोनेल अन्द्रेज मेसी विश्वकप शुरु हुनु अगावैदेखि चर्चाको शिखरमा थिए ।

उनको आक्रामक तर सुझबुझपूर्ण खेल हेरेका उनका प्रशंसकहरूका लागि यो विश्वकपमा समेत मेसीले कुनै जादू अवश्य गर्ने आशा थियो।

तर लीग चरण अन्तर्गत आइसल्याण्डसँगको पहिलो खेलमा मेसीले एउटा पेनाल्टी खेर फाले। खेलको ६४ औँ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीको मौकालाई मेसीले गोलमा परिणत गर्न सकेनन् । र पहिलो पटक विश्वकप लागि छनौट भएको आइसल्याण्डसँग अंक बाँड्नु पऱ्यो ।

पाँच–पाँच पटक विश्वकपको फाइनलमा पुगिसकेको र दुई चोटी उपाधि चुमिसकेको अर्जेन्टिनाको यसखालको अनपेक्षित प्रदर्शनलाई संयोग मान्न सकिने पर्याप्त कारणहरू थिए पनि।

धेरैले यसलाई मात्र संयोगको रूपमा लिए। पाँच–पाँच पटक विश्वकपको फाइनलमा पुगिसकेको र दुई चोटी उपाधि चुमिसकेको अर्जेन्टिनाको यसखालको अनपेक्षित प्रदर्शनलाई संयोग मान्न सकिने पर्याप्त कारणहरू थिए पनि।

क्रोएसियासँग टीमले तीन गोल खाँदा पनि कुनै जादू देखाउन नसकेका मेसी जब टीमले हार बेहोरेपछि ड्रेसिङ रूममा फर्किए । उनको कपाल छरस्पस्ट थियो र उनको अनुहार मलिन देखिन्थ्यो। खेल विश्लेषकहरूले जारी विश्वकपमा समेत मेसीले आफ्नो खेल कौशल देखाउने आकलन गरेका थिए ।

तर उत्कृष्ट खेलाडीको उपाधिका लागि उनका प्रतिस्पर्धी मानिएका क्रिस्टियानो रोनाल्डोले दुई खेलमा एउटा ह्याट्रिकसहित चार गोल गरिसक्दा समेत उनको खाता समेत खुल्न नसक्नुले उनका प्रशंसकहरूलाई निरास मात्र बनाएको छैन । उनको देश २००२ यता पहिलो पल्ट समूह चरणबाटै बाहिरिने खतरा बढेर गएको छ ।

मेसीको प्रदर्शन किन कमजोर भन्नेबारे आकलन हुन थालिसकेका छन् । धेरैलाई उनको उमेर ढल्किसकेको लाग्छ तर त्यसो भन्न सकिने स्थिति भने होइन। उनी आउने आइतबार अर्थात २४ जुनमा ३१ वर्षका हुँदैछन् र उमेरका हिसाबले उनी एउटा अर्को विश्वकप समेत खेल्न सक्छन् ।

उनले अर्जेन्टिनाका लागि २००८ को ओलम्पिक स्वर्ण पदक बाहेक अन्य कुनै महत्वपूर्ण उपलब्धि दिलाउन सकेका छैनन् । तर, फुटबल विशेषज्ञहरूका अनुसार उनीसँग आफ्नो देशलाई ठुलो उपाधि दिलाउने यो नै अन्तीम मौका हुन सक्छ। हालसम्म उनले अर्जेन्टिनाका लागि २००८ को ओलम्पिक स्वर्ण पदक बाहेक अन्य कुनै महत्वपूर्ण उपलब्धि दिलाउन सकेका छैनन् ।

क्लब फुटबलमा उनी बार्सिलोनाको तर्फबाट खेल्ने गर्छन् र विगतको तुलनामा उनको यस सिजनको प्रदर्शन त्यति सन्तोषजनक छैन। यहाँसम्म कि घरेलु लीग जिते पनि बार्सिलोनाले युएफा च्याम्पियन्स लीगमा लगातार तेस्रो पटक क्वाटर फाइनलबाटै फिर्ता आउनु परेको थियो ।

बिबिसीका बेन सदरल्याण्ड र फर्नांडो डुआर्टेले यस सिजनमा मेसीको प्रदर्शनमा किन ब्रेक देखियो भन्नेबारे केही कारणहरू देखाएका छन्ः

मेसीको प्रदर्शनमा किन ब्रेक ? यस्ता छन् कारण 

१. शारीरिक थकान
मेसीले २०१७(१८ मा युरोपेली लीगमा ५४ म्याच खेले । फुटबल तथ्यांक उपलब्ध गराउने जर्मन वेबसाइट ट्रांस्फारमार्कका अनुसार उनले ४ हजार ४ सय ६८ मिनेट खेले । उनी औसतमा ८२।७ मिनेट मैदानमा रहे र बार्सिलोनाको लागि ४५ गोल गरे साथै १८ गोल गर्न सघाए । उनको यो प्रदर्शनले पर्याप्त शारीरिक थकान दिएको हुन सक्ने कतिपय विश्लेषक हरू बताउँछन् ।

२. चोटले हैरान
अर्जेन्टिनाको दैनिक समाचारपत्र क्लारिनले अप्रिल २०१८ मा सूत्रहरूलाई उद्धृत गर्दै मेसीको दाहिने गोडामा चोट लागेको समाचार लेखेको थियो । समाचारपत्रका अनुसार उक्त चोटले हैरान मेसीलाई दौडिन र गति परिवर्तन गर्न गाह्रो हुने गरेको छ ।
उनको यो समस्या अर्जेन्टिनाले स्पेन र इटली विरुद्ध मैत्री खेलमा हार बेहोर्नु परेपछि सार्वजनिक भएको थियो । स्पेन विरुद्धकोप खेलमा त उनले बेन्चमा बसेर नै आफ्नो टीमले १-६ को हारको सामना गरेको हेर्नु परेको थियो ।

३. टीमकै फितलो प्रदर्शन
यस विश्वकपको लागि दक्षिण अमेरिकामा भएको क्वालिफायर म्याचहरूमा पनि अर्जेन्टिनाको प्रदर्शन गतिलो थिएन । जेनतेन छनौट हुँदासम्म यसमा सर्वाधिक मेसीकै योगदान रह्यो । उनी एक्लैले यस टुर्नामेन्टमा ७ गोल गरे ।

अर्जेन्टिना २०१४ विश्वकपको उपविजेता हो । उक्त विश्वकपमा अतिरिक्त समयमा उसलाई जर्मनीले पराजित गरेको हो । उसले पछिल्लो विश्वकप १९८६ मा खेलेको थियो । तर १९९३ को कोपा अमेरिकाबाहेक उसले कुनै पनियो महत्वपूर्ण उपाधि जित्न सकेको छैन । हो, २००४ र २००८ मा लगातार दुई ओलम्पिक स्वर्ण पदकहरूले उसको घाउमा मलम लगाउने काम भने गरेका छन् ।

४. रोनाल्डोको प्रदर्शनले झस्कायो
मेसी आफ्नै प्रदर्शन त खराब छ नै उनका प्रतिद्वन्दी मानिने क्रिस्टियानो रोनाल्डोको प्रदर्शनले समेत उनलाई झस्काएको हुन सक्छ । रोनाल्डो यस विश्वकपमा दुई खेलमा एउटा ह्याट्रिक सहित चार गोल गरिसकेका छन् र उनको ह्याट्रिक २०१० को विश्वविजेता स्पेनका विरुद्ध थियो ।

सुरूमा, अन्डरडगुका रूपमा चित्रित गरिएको पोर्चुगल रोनाल्डोको उत्कृष्ट लयले विजयी भएर निस्कियो । उनले ह्याट्रिक गर्ने क्रममा फ्री किकबाट गरेको गोल लामो समयसम्म मानिसहरूको स्मृतिमा रहिरहने छ ।

एकातिर रोनाल्डो लयमा छन् भने उता मेसी आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरेर आलोचित भइरहेका छन् । हुन त यस विश्वकपमा अझै अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना बाँकी छ तर, त्यो विशुद्ध गणितीय सम्भावना मात्र हो ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय