विश्वकप फुटबलः आज पनि दुई खेल, कुन-कुन टिमबीच हुँदैछ भिडन्त ?

विश्वकप फुटबलः आज पनि दुई खेल, कुन-कुन टिमबीच हुँदैछ भिडन्त ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज (आइतबार) पनि नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् ।

आइतबारको पहिलो खेलमा बेलुका पौने ८ बजे मस्कोमा आयोजक रुस र स्पेनबिचको खेल हुनेछ । स्पेन समूह बी को विजेता तथा रुस समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । पहिलो खेलमा साउदी अरेबियालाई ५-० तथा दोस्रो खेलमा इजिप्टलाई ३-१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३-० ले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा पोर्चुगलसँग ३-३ को बराबरी गरेको स्पेनले दोस्रो खेलमा इरानलाई १-० ले हरायो । उसले तेस्रो खेलमा मोरक्कोसँग २-२ को बराबरी गरेको थियो । प्रतियोगिता सुरु हुनुअघिसम्म कमजोर मानिएको रुसले घरेलु मैदानको आत्मबल लिएको जस्तो देखिएको छ ।

यसले गर्दा आइबारको खेल स्पेनका लागि सजिलो नहुने देखिन्छ । यस्तै आइतबार हुने अर्को खेलमा राति पौने १२ बजे क्रोएसिया र डेनमार्कले निज्हनी नोभ्गोरोडमा हुनेछ । क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा पेरुलाई १-० ले हराएको डेनमार्कले दोस्रो खेलमा अस्ट्रेलियासँग १-१ को बराबरी खेलेको थियो । यस्तै उसले तेस्रो खेलमा फ्रान्ससँग गोल रहित बराबरी खेलेको थियो । क्रोएसियाले भने पहिलो खेलमा नाइजेरियालाई २-० तथा दोस्रो खेलमा अर्जेन्टिनलाई ३-० ले हराएको थियो । उसले तेस्रो खेलमा आइसल्याण्डमाथि २-१ को जित निकालेको थियो । यसअघि शनिबार राति भएका खेलमा जित निकाल्दै उरुग्वे र फ्रान्सले अन्तिम ८ मा स्थान बनाएका छन् । -एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय