विश्वकप विशेषः कसको सपना पूरा होला ? क्वाटरफाइनलमा भिड्ने ८ टिम यी हुन्, सूचिसहित

विश्वकप विशेषः कसको सपना पूरा होला ? क्वाटरफाइनलमा भिड्ने ८ टिम यी हुन्, सूचिसहित

काठमाडौं, असार २० । रसियामा जारी विश्वकप फुटबलमा अन्तिम ८ मा पुग्ने टिमको छिनोफानो भइसकेको छ । अब सबैको चाँसो अन्तिम ४ मा को-को टिम प्रवेश गर्न सक्लान् ? यो पटक अन्तिम ८ को यात्रामा अनुमान कम गरिएका टिमले पनि प्रवेश पाएका छन् । यसले गर्दा आगामी खेल निकै रोमाञ्चक हुने अपेक्षा छ ।


यो संस्करणमा उपाधीका दाबेदार मानिएका अर्जेन्टिना, जर्मनी, प्रोर्चुगल, स्पेनलगायतका टिम अन्तिम आठमा छैनन् । पटकपटकका विश्वकप विजेता टिम अन्तिम आठमा नहुँदा यो पटक नयाँ टिमले उपाधी जित्ने सम्भावना अत्यधिक छ ।


अन्तिम आठमा पुग्न सफल टिमध्ये ब्राजिल, उरुग्वे, फ्रान्स, इंग्ल्याण्डले मात्रै विश्वकपको उपाधी प्राप्त गर्न सफल भएका छन् । बाँकि चार टिम स्वीडेन, बेल्जियम, रुस र क्रोएसियाले उपाधी जित्न सकेका छैनन् । के यी ४ टिमले यो पटक उपाधी जितेर नयाँ इतिहास कोलार्न ? यो प्रश्नको जवाफ पर्खन अब धेरै दिन छैन ।


विश्कप जित्न ठूलै सपना देख्नुपर्छ । त्यहि सपना बोकेर रुसमा प्रवेश गरेका ३२ मिट मध्ये अहिलेसम्म ८ टिम मात्रै बाँकि छन् । बाँकि टिम जन्मभूमिको यात्रा गरिसकेका छन् ।
क्वाटर फाइनलमा पुग्न यी ८ टिमको संघर्षपूर्ण यात्र खूब रोचक छ । रोचक हुनुको प्रमुख कारण अहिलेका स्टार खेलाडीको टिमलाई हराउनु ।

क्वाटरफाइनलमा प्रवेश गर्ने टिम मध्ये उरुग्वे एक हो । उसले अन्तिम आठमा पुग्नका लागि रोनाल्डोको पोर्चुगललाई हराएको हो । महान् खेलाडी रोनाल्डोको सपना ध्वस्त पार्न सकेकोमा उरुग्वे विश्वकप जित्ने ठूलो विश्वास पालेर बसेको छ ।


यस्तै, फ्रान्सले अर्का महान् खेलाडी मेसीको टिम अर्जेन्टिलाई हराउँदै अन्तिम ८ को स्थान सुरक्षित गरेको हो । अर्का स्टार खेलाडी नेइमारको टिम भने अघि बढ्न सफल भयो । ब्राजिलले मेक्सिकोलाई अन्तिम १६ मा २-० ले पन्छाउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । यो जितले यो समयका स्टार खेलाडी मध्ये एक नेइमार रुस विश्वकपमा बाँकी रहे ।
यस्तै, एसियाली देश जापानको क्वाटरफाइनल सपना चकनाचुर पार्दै युरोपेली देश र यो विश्वकपमा राम्रो गरिरहेको बेल्जियम अन्तिम ८ मा आएको छ । बेल्जियमले जापानलाई ३–२ ले पाखा लगाएको हो । 
यता विश्वकप खेल्ने ३२ देश मध्ये बरियतामा सबैभन्दा पुछारमा रहेको आयोजक रुसले जारी विश्वकपमा सबैलाई चकित पार्दै आएको छ । अन्तिम १६ मा उसले ८ वर्षअघिको विश्व विजेता स्पेनलाई पाखा लगायो । निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा रुसले स्पेनलाई ४-३ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।


यसैगरी क्रोएसिया र डेनमार्कबिचको खेलमा पनि टाइब्रेकरबाटै निर्णय लिनु पर्‍यो । निर्धारित र अतिरिक्त समयको खेलमा १-१ को बराबरी भएपछि पेनाल्टी सुटआउट भयो । त्यसमा क्रोएसियाले डेनमार्कको चुनौती ३-२ ले पार गर्‍यो । स्वीट्जरल्याण्डलाई १-० ले स्तब्ध पार्दै स्वीडेनले पनि अन्तिम ८ मा स्थान बनाएको छ । यसैगरी दक्षिण अमेरिकी देश कोलम्बियाको सपना युरोपेली देश इंग्ल्याण्डले चकनाचुर पारेको छ । निर्धारित र थप गरिएको समयमा १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।


त्यसमा ग्यारेथ साउथ गेटको टिमले चार वर्षअघिका सर्वाधिक गोलकर्ता जेम्स रोड्रिग्वेज रहेको टिम कोलम्बियालाई ४-३ ले हरायो । चोटका कारण रोड्रिग्वेज मंगलबार राति भएको इंग्ल्याण्डसँगको खेलमा मैदानमा थिएनन् ।

क्वाटरफाइनलमा कसको भिडन्त कोसँग ?
उरुग्वे भर्सेस फ्रान्स असार २२- गते, बेलुका पौने ८ बजे
ब्राजिल भर्सेस बेल्जियम असार- २२ गते, राति पौने १२ बजे

स्वीडेन भर्सेस इंग्ल्याण्ड असार- २३ गते, बेलुका पौने ८ बजे 
रुस भर्सेस क्रोएसिया असार- २३ गते, राति पौने १२ बजे

-एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय