संविधान कार्यान्वयनको एेतिहासिक निर्वाचनकाे अन्तिम चरण बिहीबार

संविधान कार्यान्वयनको एेतिहासिक निर्वाचनकाे अन्तिम चरण बिहीबार

काठमाडौं, मंसिर २० । संसदीय, स्थानीय तह वा निकायका निर्वाचन पटकपटक भएकै हुन् तर संविधानसभाबाट संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन सम्पन्न हुनाका साथै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिहीबार हुँदैछ ।

नेपालको इतिहासमा एकै वर्ष स्थानीय तह, प्रदेशसभा/प्रतिनिधिसभा निर्वाचन भएकाले २०७४ साल निर्वाचनै निर्वाचनको वर्ष बनेको हो । इतिहासमा अहिलेसम्म एकै वर्ष यति धेरै निर्वाचन भएको थिएन । एक वर्ष संसदीय र अर्को वर्ष स्थानीय निर्वाचन गरेर वर्षौंपिच्छे निर्वाचन भए पनि एकै वर्ष तीन तहको निर्वाचन भएको यो पहिलो अवसर हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि संविधान कार्यान्वयनका लागि संघीय संरचनाअनुसार पहिलो पटक स्थानीय निकायको निर्वचन सम्पन्न हुनाका साथै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुन लागेको छ ।

पहिलो चरणमा मंसिर १० गते हिमाली एवं उच्च पहाडी क्षेत्रका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा सदस्यका लागि निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा बिहीबार तराई र पहाडका ४५ जिल्लाका १२८ प्रतिनिधिसभा सदस्य र २५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

अहिलेको अवस्थामा आइपुग्न बालिग मताधिकारका आधारमा  २००७ सालको राजनीतिक परिवर्तन पछि विसं २०१५ फागुन ७ गते नेपालमा पहिलो संसदीय निर्वाचन भएको थियो । निर्वाचनमा नौ राजनीतिक दल सहभागी थिए । १०९ निर्वाचन क्षेत्र भएको सो निर्वाचनमा नेपाली काँग्रेस ७४ स्थानमा विजयी भई दुई तिहाइ बहुमत प्राप्त गरेको जानकारी दिनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती ।

विसं २००७ फागुन ७ गते राजा त्रिभुवनबाट संविधानसभाको निर्वाचन तत्काल गर्ने घोषणा भएपनि आठ वर्षसम्म कुनै पनि निर्वाचन हुन सकेन । अन्त्यमा संसद्का लागि निर्वाचन गर्ने सहमतिअनुसार पहिलो पटक सो निर्वाचन भएको थियो ।

विसं २०१७ पुस १ गतेको शाही कू पछि विसं २०३७ सम्म कुनै पनि खालका निर्वाचन भएनन् । विसं २०३७ मा सम्पन्न राष्ट्रिय जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाले जितेपछि पहिलोपटक २०३८ सालमा र दोस्रो पटक २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन भएको थियो ।

विसं २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापना भएपछि २०४८ सालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन भएकामा नेपाली काँग्रेसको बहुमतको सरकारले विसं २०५१ मा मध्यावधि निर्वाचनको घोषणा ग¥यो ।

उक्त निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत पाएनन् ।अल्पमतको सरकार र पटक–पटक संयुक्त सरकार गठन हुँदैं २०५६ सालमामा पुनः प्रतिनिधिसभा सदस्यको निर्वाचन भयो ।

विसं २०५९ साल जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको सिफारिस भयो । माओवादीको सशस्त्र युद्धका कारण यो निर्वाचन हुन सकेन । राजाको शासनकालमा स्थानीय निकाय निर्वाचन गरे पनि जनसहभागिता जुटेन ।

राजाको शासनविरुद्ध संसद्वादी दल र विद्रोही माओवादी १२ बुँदे समझदारीमा पुगे । समझदारीअनुरुप निरंकुश शासन अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने भन्दै ं २०६२ फागुनबाट संयुक्त आन्दोलन शुरु भयो । आन्दोलनले २०६३ साल वैशाख ११ गते मूर्तरूप लिइ विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेर दलहरुको मार्गचित्रबमोजिम संविधानसभा निर्वाचनका लागि मार्ग प्रशस्त ग¥यो ।

पुनःस्थापित संसद्ले राजाका अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । विसं २०६४ चैत २८ गते पहिलो पटक संविधानसभाको निर्वाचन भयो तर त्योे संविधानसभाले संविधान बनाउन सकेन र विघटन भयो ।

दोस्रो संविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गैरदलीय मन्त्रिपरिषद् गठन गरियो ।उक्त मन्त्रिपरिषद्ले २०७० साल मंसिर ४ गते पुनः दोस्रो पटक संविधानसभाको निर्वाचन गरेपछि त्यसबाट विसं २०७२ असोज ३ मा संविधान जारी भयो ।

यही संविधान कार्यान्वयनका लागि विसं २०७४ माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसद् गरी तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानले तीन चरणमा स्थानीय तहको निर्वाचन हुनाका साथै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनले मूर्तरूप लिँदै छ ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि दोस्रो चरणका लागि भोलि ४५ जिल्लामा हुने निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् भने सो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्दैछन् ।

बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी पाँच हजार १८४ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि १२८, प्रदेशसभासदस्यका लागि २५६ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । समानुपातिकतर्फ भने पहिलो चरण र दोस्रो चरण दुवै निर्वाचनबाट प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० गरी ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

निर्वाचनमा दुई लाख ७२ हजार सुरक्षाकर्मी खटाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् । सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो र तेस्रो घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । सबै मतदान केन्द्रमा तयारी पूरा भएको उनको भनइ छ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय