सीपीएलः पहिलो खेलमै सन्दीपआवद्ध बार्बाडाेस पराजित

सीपीएलः पहिलो खेलमै सन्दीपआवद्ध बार्बाडाेस पराजित

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्राइडेन्ट्स गुयाना एमाजन वारियर्सविरुद्ध ४७ रनले पराजित भएको छ ।

१८१ रनको लक्ष्य पछ्याएको सन्दीपको टिमले १६.४ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । उसका लागि एश्ले नर्सले सर्बाधिक ४० रन बनाए । बलिङमा गुयानाका रिमारियो सेफर्डले सर्बाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि चन्द्रपउल हेमराजले ३ छक्का र ६ चौकाको मद्दतमा सर्बाधिक ६३ रन बनाए ।

यस्तै, निकोलश पूरन ६१ र शेरफन रदरफोर्ड ३२ रनमा नट आउट रहे । बलिङमा बार्बाडोसका रोशन प्रिमअसले २, रयोमन रेफिर कप्तान जसन होल्डरले एक–एक विकेट लिए ।

सन्दीपलाई एक ओभर मात्र मौका
बार्बाडोस ट्राइडेन्ट्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गुयाना एमाजन वारियर्स विरुद्धको पहिलो खेलमा एक ओभर मात्र बलिङ गर्न पाए । किफायती बलिङका बाजुत सन्दीपले पूरा ओभर बलिङ गर्न नपाएका हुन् ।

उनले आफ्नो पहिलो ओभरमा बिनाविकेट ५ रन दिए । त्यसक्रममा सन्दीपले एक चौका र सिंगल रन खर्चिएका थिए । उनले पाँचौ ओभर बलिङ गरेका थिए । त्यसपछि भने सन्दीपलाई बलिङको मौका दिइएन ।

सन्दीप आबद्ध बार्बाडोसले पहलिो खेलमा टस जितेर बलिङ रोजेको छ । उनको टिममा जसन होल्डर, एलेक्स हेल्स, जेपी डुमीनि, वाहब रियाज, इमाद वासिम, जन्सन चार्ल्सलगायत छन्। गुयानामा सोयब मलिक, सिमरन हेटमेयर, ब्रान्डन किङ, किमो पल, सदाब खानलगायत खेलाडी छन्।

प्रतियोगितामा सन्दीपको यो दोस्रो सहभागिता हो। इन्डियन प्रिमियर लिग (आइपीएल) मा सहभागितासँगै चम्किँएका सन्दीपलाई गत वर्ष सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सले सीपिएलमा उतारेको थियो। त्यतिबेला सन्दीपले सात विकेट लिएका थिए। प्रतियोगिता बीचमै छाडेर फर्कनुअघि सन्दीपले बलियो छाप छाडेका थिए। त्यस संस्करणमा सन्दीप आबद्ध सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स तेस्रो भएको थियो।

यसपटक सन्दीपलाई ट्राइडेन्ट्सले आबद्ध गर्‍यो। सन् २०१४ मा उपाधि र लगत्तै अर्को वर्ष उपविजेता बनेको यो टोली त्यसयता विजेता बन्न सकेको छैन। पछिल्ला दुई संस्करणमा क्रमश पाँचौँ र छैटौँ भएको थियो।

सन् २०१८ को सुरुवातमा आईपीएलमा आबद्ध भएपछि सन्दीपको चर्चा आकाशिएको थियो। यो प्रतियोगिता कुनै पनि नेपाली क्रिकेटर सहभागी पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट प्रतियोगिता थियो। यसबीचमा सन्दीपले विश्वका सबै ठूला व्यवसायिक क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।  

लोकप्रिय