काे हुन् सुपरस्टार मेस्सीलाई घर फर्काउने १९ वर्षीय अम्बापे ?

काे हुन् सुपरस्टार मेस्सीलाई घर फर्काउने १९ वर्षीय अम्बापे ?

यस विश्वकपमा लियोनेल मेस्सी, क्रिस्चियानो रोनाल्डो र नेइमार सुरुदेखि नै चर्चामा थिए तर उनीहरूको दुर्भाग्य नै भन्नु पर्छ यी मध्ये दुई सुपर स्टार: मेस्सी र रोनाल्डो विश्वकपबाट बाहिरिई सकेका छन् ।

र नेइमारले विश्वकपका आउँदा म्याचहरूखेल्ने या नखेल्ने भन्ने कुराको टुंगो भोलि साँझ ८ बजेबाट ब्राजिलले मेक्सिकोसँगहुने खेलको नतिजाले निर्धारित गर्नेछ।

तर यस विश्वकपमा मेस्सीको टीम विरुद्ध ५ मिनेटकै अन्तरमा दुई गोलगरेरअचानक चर्चामा आएका छन् फ्रेन्च टीमका सदस्य किलियन अम्बापे।

अम्बापेकै यस प्रदर्शनका कारण फ्रान्स अर्जेन्टिनालाई ४-३ ले स्तब्ध पार्दै आठौँ चोटी विश्वकप फुटबलको क्वाटर फाइनलमा पुग्न सफल भएको छ ।

र उनी कम उमेरमा विश्वकपको नकआउट चरणमा दोहोरो गोल गर्ने दोस्रो २० वर्ष मुनिको खेलाडी भएका छन् ।पेलेले १९५८ मा दोहोरो गोल गर्दा उनी मात्र १७ वर्षका थिए ।

१९ वर्षीय युवा अम्बापेयो म्याच लियोनेल मेस्सीको टीम विरुद्ध खेलिराखेका थिए जससँग ४-४ वटा विश्वकप खेलेको अनुभव थियो । धेरैलाई यस खेलको नतिजाले अनुभवी मेस्सी र यस प्रकारको प्रतियोगितामा नयाँ अम्बापेबीच तुलना गर्ने अवसर प्रदान गरिदिएको छ ।

धेरैले भनेका छन् जे अनुभवी मेस्सीले एकपल्ट पनि गर्न सकेनन् यी युवाले दुई-दुई पल्ट गरेर देखाइदिए ।

सम्भवत: आफ्नो अन्तिम विश्वकप खेलिरहेका ३१ वर्षीय मेस्सी र पहिलो विश्वकपको अनुभव लिइरहेका अम्बापेकोप्रदर्शनहेरेर धेरैले मेस्सीकोउत्तराधिकारीको रूपमा हेर्न थालेका छन् ।

यस विश्वकपमा मेस्सीले लीग चरणमा नाइजेरिया विरुद्ध १ गोल मात्र गर्न भ्याए त्यहीं यी युवाले लीग चरणमा एक र नक-आउट चरणमा २ गरेर ३ गोल गरिसकेका छन्।

अम्बापेको विशेषता उनको गति र चपलता हो । उनको खेलमा टिप्पणी गर्ने क्रममा ‘द टेलिग्राफ’ लेख्छ,”उनको खुट्टामा बल आउनासाथ अर्जेन्टिनी रक्षा-पंक्तिका छरिता खेलाडी सुस्त र सुस्त खेलाडीहरू लोसे जस्तै देखिए ।”

फ्रान्सकैटोलीका अर्का सदस्य पाउल पोग्बालेडेलिमेलसँगको अन्तर्वार्तामा अम्बापे साह्रै गतिवान भएको र उनीसँग अरू कसैको तुलना हुन नसक्ने बताएका छन्।

यस विश्वकपमा अम्बापेको त्यति चर्चा भएन तर धेरैलाई थाहा नहुन सक्छ उनी नेइमारसँगैएउटै टीमबाट लीग फुटबल खेल्ने गर्दछन् र उनी नेइमारपछिका सर्वाधिक महँगा खेलाडी पनि हुन् ।

उनलाई पेरिस सेन्ट-जर्माइन फुटबल क्लबले १२८ मिलियन पाउण्डमा खरिद गरेको थियो जुन रकम सर्वाधिक महँगा खेलाडी नेइमारको १९८ मिलियन पाउण्डपछि दोस्रो बढी हो । उनी सबैभन्दा महँगोमा अनुबन्धित भएका किशोर पनि हुन् ।

डिसेम्बर १९९८ मा जन्मिएका अम्बापेका पिता फुटबल प्रशिक्षक थिए भने उनकी आमा ह्यान्डबल खेलाडी थिइन् । सानैदेखि फुटबलमा रुचि राख्ने अम्बापे क्रिस्चियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गर्दछन् ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय