हैट ! नेइमार…

हैट ! नेइमार…

यस विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घर फर्किसकेपछि प्रतियोगिता सुरु हुनुअघि खुबै चर्चामा रहेका तीन सुपरस्टारहरूमध्ये नेइमारको टीम मात्र प्रतियोगिताको अगिल्लो खेल खेल्न रुसमा बसिराखेको छ।

प्रतियोगिता सुरु हुनुभन्दा अगाडि विश्वकै सर्वाधिक महँगा फुटबलर नेइमार निकै चर्चित थिए।  तर लीग चरणमा स्फूर्तिका पर्याय मानिने नेइमार केहि सुस्त देखिए। नकआउट चरणमा पुग्दापुग्दा नेइमार लयमा फर्किए र उनले मेक्सिको विरुद्ध एक गोल गरे र अर्को गोल गर्न सघाए।

तर अहिले नेइमार यस जीतका साथसाथै एउटा अर्को कारणले पनि चर्चित रहेका छन्।

ब्राजिलको दैनिक समाचारपत्र ‘ग्लोबो’ले लेखेको छ’ “नेइमारले ब्राजिललाई खुसी पारे तर सारा संसारलाई रुष्ट पारिदिए।” नेइमार, अर्थात यस्तो फुटबलर जसले एउटै खेलमा उत्कृष्ट फुटबल प्रतिभारा वाहियात नौटंकी सँगसँगै प्रस्तुत गरे।

प्रसंशा पनि आलोचना पनि सँगसँगै

सोमवार राउण्ड-सिक्सटीनमा मेक्सिको विरुद्ध खेल्ने क्रममा नेइमार साँच्चिकै नेइमार अवतारमा प्रकट भए। ब्राजिलको बेल्जियम विरुद्ध २-० को जीतमा उनको निर्णायक भूमिका रह्यो।

तर उनी मैदानमा गोल गर्नु भन्दा अन्य कारणले पनि चर्चामा रहे। उनी खेल अवधिभरि कुनै न कुनै रूपमा दर्शकहरूको ध्यान आकर्षणका केन्द्र बनिरहे। उनी घरि कुनै खेलाडीसँग भिड्ने गर्थे भने कहिले गम्भीर चोट लागेको नाटक गरेर लड्थे। यसले बेलाबेला मैदानमा ठुलै दुर्घटना भएको जस्तै लाग्थ्यो।

मैदानमा चटक

उनका तटस्थ समर्थकहरूले उनको खेलको प्रसंशा त गर्दछन् साथै उनको यस बानीको आलोचना समेत हुने गर्दछ।

ब्राजिल र मेक्सिकोबीचको खेलमा पनि खेल समाप्त हुनुभन्दा २० मिनेट पहिले नेइमारकै कारण केही मिनेट खेल रोक्नुपर्ने स्थिति आयो।

भएको के थियो भने मेक्सिकन खेलाडी मिगुअल लायुनको गोडा नेइमारको गोलीगाँठामा पऱ्यो। नेइमार असह्य पीडा भएजस्तै जोरजोरले कराउन थाले।

यो देखेर मेक्सिकोका खेलाडी, रेफ्री र अन्य अधिकारीहरू तुरन्त त्यहाँ पुगे। एकछिन् मैदानमा विवाद नै होला जस्तो लाग्यो।

म्याच सिद्धिएपछि लायुनसँग सम्बन्धित प्रश्नमा उनका म्यानेजर टाइटेले भने, “लायुनले नेइमारमाथि नराम्ररी टेकेका थिए, मैले आफैँ स्क्रीनमा देखेको।”

त्यसमा नेइमारले गजबको प्रतिक्रिया दिए, “हेर्नुस् मलाई लाग्छ यो सब मलाई होच्याउन गरिएको थियो।”

“मलाई प्रसंशा या आलोचनाको कुनै पर्वाह छैन, किन भने यस्ता कुराले तपाईंको प्रवृत्तिलाई नै प्रभावित गर्न सक्छन्। पछिल्ला दुई म्याचहरूमा मैले ‘प्रेस’सँग कुरा गरेन किनभने म कुरा गर्न चाहन्नथे।” नेइमार भन्छन्, “मैले खेल्नुपर्छ, आफ्नो टीमको लागि र साथीहरुका लागि।”

कस्तो छ अरुको प्रतिक्रिया

एस्टर भिल्लाका पूर्व स्ट्राइकर डियोन डब्लिन भन्छन्, “म नेइमारको यस नौटंकीप्रति लज्जित छु।”

उनी भन्छन्, “उनी संसारका महान खेलाडी हुन्, तर जब उनी मैदानमा यसरी गुल्टिन्छन् साँच्चै दुःख लाग्छ। अचम्मको कुरा तपाईं फुटबल खेल्नुस् न त्योभन्दा राम्रो गर्न सक्नुहुन्छ।”

दोहोरो लोकप्रियता

सकारात्मक होउन् या नकारात्मक तर नेइमारका बारेमा प्रतिक्रियाहरू भने थुप्रै आउने गर्दछन्। इन्स्टाग्राममा उनका १० करोड फलोअर छन्। उनले पछिल्लोपल्ट गरेको पोस्टमा १५ मिनेटभित्र १० लाख लाइक आएका थिए।

ट्विटरमा उनको एउटा अर्को तस्बिर सेयर भैराखेको छ जसमा उनी स्विट्जरल्याण्ड विरुद्धको म्याचमा लडेका छन्।

यो तस्बिर र यससँग सम्बन्धित भिडियो, मेमे र जिफहरू सामाजिक संजालमा भाइरल हुन बेर लागेन। एउटा पोस्टमा र फरक-फरक तरिकाले पीडाले कराइरहेका आठ तस्बिर राखिएका छन् र सँगै प्रश्न समेत गरिएको छ- तपाईंलाई कति दुःखिराखेको छ?

कोस्टारिकासँगको म्याचमा समेत नेइमारसँग एउटा घट्ना घटेको थियो। उक्त म्याचमा रेफ्रीले तनाव कम गर्ने उद्देश्ले नेइमारको पाखुरामा हातले छोएका थिए, नेइमारले तुरन्त उनको हात हटाइदिए, र भने “मलाई नछोऊ!”

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय