हिमपातले कतै बिजोग, कतै यस्तो छ रमाइलो– चन्द्रागिरिमा हिउँ खेल्दै (फोटो फिचर)

हिमपातले कतै बिजोग, कतै यस्तो छ रमाइलो– चन्द्रागिरिमा हिउँ खेल्दै (फोटो फिचर)

काठमाडौं । बिहीबार रातीदेखि नै परेको हिमपात र पानीले देशभरको जनजीवन प्रभावित बन्न पुगेको छ। पहाडी र हिमाली क्षेत्रका डाँडाकाँडाहरु सेतै फुलेका छन् भने तराई खोंचतिर पानी पर्नुका साथै चिसो ह्वात्तै बढेको छ।

हिमपातले अधिकांश ठाउँमा हवाई सेवासमेत अवरुद्ध बनेको छ भने सडक नै हिउँले पुरिएर उच्च पहाडी जिल्ला र हिमाली जिल्लाको सवारी आवागमनसमेत अवरुद्ध बनेको छ। हिउँले कतै हैरानी खेप्नु परेको छ भने कतै भने आन्तरिक पर्यटनलाई प्रवद्र्धन नै गरिदिएको छ। सधैं हिउँ नदेख्ने सर्वसाधारण हिउँ कता परेको छ भन्दै बिहानदेखि नै नजिकका डाँडाकाँडातिर रमाउन दौडिएका छन्।

यही सिलसिलामा काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ खेल्न जानेहरुको भीड नै लागेको छ।

हेर्नुस् चन्द्रागिरिमा परेको हिउँ र हिउँ खेल्न निस्किएका सर्वसाधारणको मस्ती, राससका फोटो पत्रकार प्रदीपराज वन्तले खिचेका केही तस्बिरहरु- 

लोकप्रिय