६८ स्थानको नतिजा सार्वजनिक (सूचिसहित)

६८ स्थानको नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौं, मंसिर २३ ।  वाम गठबन्धनले हालसम्म प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ३२ स्थानमा विजय भएको छ । लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ३ स्थानमा विजय भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले २१ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले ६२ स्थानामा र माओवादी केन्द्रले २८ स्थानमा अग्रता लिएको छ ।

हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले

म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत

मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-

मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)

मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत

बझाङ -भैरवबहादुर सिंह(एमाले)

डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१

बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८

दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८

बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७

ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९

ललितपुर- कृष्णलाल महर्जन -२७७१३

धादिङ १ -भूमी त्रिपाठी (४९१२१)

काठमाडौं३: कृष्णबहादुर राई -१९१६९

मोरङ ३: भानुभक्त ढकाल- ४२४१३

मोरङ ६: लालबाबु पण्डित-३३९४१

काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)

अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)

सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)

मोरङ १:धनश्याम खतिवडा(३७५२४)

काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)

धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)

माओवादी केन्द्र

पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत

रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२

बागलुङ २: देवेन्द्र पौडेल- २८८२७

सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)

ललितपुर ३: पम्फा भुसाल(२४०३७)
अन्य

हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)

रसुवाः मोहन आचार्य- १४४५३

काठमाडौं ४-गगनकुमार थापा (२१५५१)

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८

म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)

मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)

मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)

हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)

कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)

जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)

ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८

धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२

डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०

बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११

बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६

बाजुरा १ क -बलदेव रेग्मी (एमाले) ९८४०

जाजरकोट १ ख- करविर शाह(१५१८५)

धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)

ताप्लेजुङ- बलबहादुर साम्सोहाङ- १५४१७

बागलुङ- इन्द्रलाल सापकोटा- १७९१३

सोलुखुम्बु क: उत्तम बस्नेत -१०६६८

सोलुखुम्बु ख:बुद्धीकुमार राजभण्डारी -१०३७८

भोजपुर १ ख: शेरधनराई (२०३२२)

माओवादी केन्द्र

म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)

पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)

पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)

पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)

धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२

धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)

डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माओवादी)

पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी) १८६६०

बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)

जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)

ताप्लेजुङः टंक आङवुहाङग लिम्वु- १२१९८

बझाङः देवकी मल्ल (थापा)- १६७४३

नेपाली कांग्रेस

हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत

रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)

मनाङ -चिन्तबहादुर घले (कांग्रेस) ९९८

अन्य

मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)

बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४

बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)-१४३७३

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।  बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ । 

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

लोकप्रिय