जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै स्थानबाट उनीहरु पक्राउ परेका हुन् । 

काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका २ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका ६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका ८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला

पाँचखाल। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा रहेको एक रुखमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको बताए । शवको अझै पनि पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठले अनुमान गरे । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा तालिमप्राप्त कुकुर सहित प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । युके पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  युके पठाउने भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका ७ बस्ने ३० वर्षीय बिधान कार्की रहेका छन् ।  सोमबार प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।   उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

कैलालीको सुधारगृहमा युवकको मृत्यु

कैलाली । कैलालीको एक सुधारगृहमा युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा राखिएका घोडाघोडी नगरपालिका २ का २५ वर्षीय सुनील शाहीको मृत्यु भएको हो। भाग्ने क्रममा बुधबार बिहान साढे ३ बजे सुधारगृहको छतबाट खसेर शाहीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्। उनका अनुसार छतबाट खसेर घाइते भएका शाहीलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव अहिले घोडाघोडी अस्पतालमा नै राखिएको छ।  मृतकका परिवारका अनुसार शाहीको निधार, कम्मर, गर्धन र हातमा चोट लागेको छ । शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए । मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली गौरीगंगा नगरपालिका २ घर भई ललितपुर, ललितपुर महानगरपालिका ७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।  चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्या एकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुर्यााई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको प्रहरीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

लोकप्रिय