बिदा स्वीकृत नगराई अनुपस्थित कृषि मन्त्रालयका सहसचिव बर्खास्त

बिदा स्वीकृत नगराई अनुपस्थित कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । 

मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ–  बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ । 

संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको बताएको छ ।  मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो। मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन्।  बैठकमा बजेट अधिवेशनको प्रभावकारिता र वैशाख १५ मा सम्पन्न उपनिर्वाचनबारे समेत समीक्षा भएको बताइएको छ ।

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा बोल्दै मन्त्री भण्डारीले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए । “स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ । बजेजमा उद्योग क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी अर्थमन्त्रीसँग छलफल गर्नेछौँ,” मन्त्री भण्डारीले भने, “स्वदेशी सामान गरिद गर्न परिसंघले आग्रह गर्दै आएको छ । त्यसमा सरकार सकारात्मक छ ।” जिडिपीमा उद्योगको योगदान बढाउन सरकार तयार रहेको पनि मन्त्री भण्डारीले बताए । “उद्योग क्षेत्रको योगदान जिडिपीमा घट्दै गएको छ,” मन्त्री भण्डारीले भने, “जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन ठूलो परिवर्तन आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।” अहिलेका रूग्न उद्योग सरकारले चलाउने हो वा के गर्ने भनेर बहस आवश्यक रहेको उनले बताए । सरकारले उद्योगलाई सहजीकरण गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । अहिले कानुन उद्योगमैत्री बन्दै गएको बताए ।

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।  सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए ।  अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।  अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए । 

सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । सोमबार निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो । आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन भएर नयाँ दल दर्ता भएको हो । 

लोकप्रिय