ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवा पक्राउ गरिएकोमा बिरोध
काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो ।
कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि ओली र देउवाले मञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए । सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरेर थुनिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहकै वेला सहभागी युवाहरूले विरोधमा नाराबाजी गरेका थिए । काठमाडौं महानगर प्रमुख बालेन शाहको पक्षमा हुटिङ गर्दै युवाहरूले ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए । कतिपय युवाले एमालेबाट किनारामा पारिएका नेता भीम रावलको मञ्चमा प्रवेश हुने वेला ‘वी वान्ट भीम रावल’ भन्दै चर्काे नाराबाजी गरेका थिए ।
लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज पोखरा जिल्ला अदालतमा मुद्धा दर्ता गर्न लागिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने ९० दिन देखि हिरासतमा रहेका छन् । गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक (एमडी) लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ परेका छन्।
संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै
काठमाडौं । शुक्रबार (आज)संघीय संसद्का ४ वटा समितिको बैठक बस्दैछ । सबै समितिको बैठक, सिंहदरबारस्थित कार्यालयमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ, जुन बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ, जसका लागि बिहान ११ः०० बजे बैठक बोलाइएको छ । उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न १२ः३० बजे बोलाइएको छ । जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिका सदस्यहरूले विभिन्न स्थानमा गरेका स्थलगत अनुगमन प्रतिवेदन माथि र समितिको आगामी कार्यक्रम सम्बन्धमामा छलफल गर्नका लागि बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।
रवि लामिछानेमाथि सरकारको व्यवहार लज्जास्पद : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको बताउनुभएको छ । लामिछानेमाथि सरकारले गरेको व्यवहार लज्जाजनक भएको भन्दै उनले क्षोभ व्यक्त गरिन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हिरासतमा राखेका लामिछानेलाई २(२ दिनमा अदालत बदल्दै हिँडाउनु र राति सुतिरहेको वेला उठाएर हिँडाउनु पनि मानवीयता नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘एउटा मान्छेलाई २(२ दिनमा अदालत परिवर्तन गराइरहेको छ। हाजिर गराइरहेको छ एउटै मान्छेलाई। त्यो मान्छेको मानवअधिकार कहाँ गयोरु प्रत्येक दिन कहिले राति उठाएर निद्रामै कुदाएको छ कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ‚ कुदाएको छ। यो अड्डामा हाजिर गराको छ‚ त्यो अड्डामा हाजिर गरा छ।’ सरकारले लामिछानेको मानवअधिकार हनन हुने गरी काम गरिरहेको पनि स्पष्ट बताउनुभयो।अदालतमा मुद्दा नआइपुग्दासम्म अदालतले केही गर्न नमिल्ने पनि उहाँको तर्क थियो। न्यायालयले उचित न्याय दिने उनको कथन छ। अपवादमा कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले न्याय दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो‚ ‘तर सरकारले के गर्या छ ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो‚ कति महिना कुदिरा छ। त्यो त अति भयो। हेर्दाखेरी हामीलाई पनि लाज शरम आउन थाल्यो। यो त हदै भयो।’ अहिलेको संविधान खराब भन्नु जनतालाई गालि गर्नु भएको बताउँदै उहाँले आफु संविधान संसोधनको विरोधि नभएको बताउनुभयो । तर अहिले सरकारमा बसेका मान्छेहरु आफ्ना अर्कमन्यता लुकाउनको लागि संविधान संसोधनको नाटक गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्ड कपिलवस्तुमा
कपिलवस्तु। प्रमुख प्रतिपक्षि दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कपिलबस्तु आउनुभएको छ । हिजो अपरान्ह कपिलवस्तु आउँनुभएका उहाँले आज रुपन्देहीको तिलोत्तमाको डाइबर टोलमा ११ बजे हुने एक कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ता साथै विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेस गराउने कार्यक्रम रहेको छ । त्यसअघि अध्यक्ष प्रचण्डले बुद्धको जन्म स्थल लुम्बिनिमा मोर्निङ वल्क गर्नुभएको थियो ।