उदयपुर–१ लाई समृद्ध बनाउने चौधरीको अठोट: आश्वासन होइन, परिणाम दिने प्रतिवद्धता
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बलदेव चौधरीले क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, प्राथमिकता र योजनासहित विस्तृत निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। चाैधरीले साेमबार बेल्टार बजारमा एक पत्रकार सम्मेन गरी उक्त पत्र सार्वजानिक गरेका हुन् ।
विस्तृत रूपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा चौधरीले विगतका दशकहरूमा विकासका अनेकौं आश्वासन प्राप्त भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब योजनाबद्ध, वैज्ञानिक र परिणाममुखी विकासमार्फत उदयपुर–१ लाई समृद्ध, आधुनिक र आत्मनिर्भर क्षेत्रका रूपमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन्।
उनले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, स्वरोजगार, विपद् व्यवस्थापन, भूमिहीन समस्या समाधान तथा सुशासन जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्।
जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू जनताको सेवकका रूपमा काम गर्ने र चुनावी वाचा मात्र नभई परिणाम दिने उद्देश्यसहित मैदानमा उत्रिएको बताएका छन्।
उनले विगतमा धेरै वाचा गरिए पनि जनताले अपेक्षा गरेअनुसार विकास हुन नसकेको उल्लेख गर्दै अब जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने गरी योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्।
चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा छापमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्दै जनताको साथ र समर्थनबाट उदयपुर–१ लाई विकासको नमुना क्षेत्र बनाउने विश्वास व्यक्त गरेका छन्।
तीन नगरपालिकालाई तीन विकास केन्द्रका रूपमा अघि बढाउने योजना
प्रतिबद्धता पत्रमा “समृद्ध उदयपुर, सुखी जनता” को मूल लक्ष्यसहित क्षेत्रगत विशेषताका आधारमा तीनवटै नगरपालिकाको विशेषीकृत विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
यसअन्तर्गत बेलका नगरपालिकालाई कृषि तथा पर्यटन केन्द्र, चौदण्डीगढी नगरपालिकालाई औद्योगिक केन्द्र तथा त्रियुगा नगरपालिकालाई शैक्षिक तथा सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
यसले क्षेत्रीय सन्तुलित विकासलाई सुनिश्चित गर्दै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सडक, पुल र यातायात सञ्जाल विस्तारमा विशेष जोड
पूर्वाधार विकासलाई समग्र विकासको आधार मान्दै चौधरीले सडक, पुल र यातायात विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन्।
उनले मदन भण्डारी राजमार्ग र कोशी करिडोर सडक निर्माणलाई तीव्रता दिने, मैनामैनीदेखि मयंखुसम्म सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा स्थानीय बजार र बस्तीहरूलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि सारेका छन्।
त्यस्तै गाईघाट, फत्तेपुर, पुरन्दह र रामपुर सडक कालोपत्रे गर्ने, गाईघाट–फत्तेपुर सडकखण्डका २२ वटा खोलामा पुल निर्माण सम्पन्न गर्ने तथा ग्रामीण सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने प्रतिबद्धता पनि जनाइएको छ।
आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण, तीनवटै नगरपालिकामा रिङरोड निर्माणको सम्भाव्यता अध्ययन तथा एसियन हाइवे विस्तारका लागि पहल गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ।
यसैगरी जोगीदहस्थित सगरमाथा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य पनि चौधरीले लिएका छन्।
कृषि आधुनिकीकरण र सिँचाइ विस्तारमार्फत आर्थिक समृद्धि
कृषि क्षेत्रलाई क्षेत्रीय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्ने लक्ष्यसहित लिफ्ट सिँचाइ आयोजना सञ्चालन, भूमिगत सिँचाइ विस्तार तथा सिँचाइको मास्टर प्लान तयार गर्ने योजना प्रस्तुत गरिएको छ।
केरा, बेसार, अम्रिसो, अदुवा, अकबरे खोर्सानी, दलहन तथा पशुपालनलाई पकेट क्षेत्रका रूपमा विकास गरी उत्पादन वृद्धि तथा किसानको आय वृद्धि गर्ने योजना पनि अघि सारिएको छ।
कृषकहरूले उत्पादन गरेको वस्तु सुरक्षित राख्न हडिया, सिद्धिपुर लगायत क्षेत्रमा आधुनिक शीत भण्डार स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
यसका साथै कृषि, पशुपालन, वन, उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्यम प्रवर्द्धन गरी ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य चौधरीले लिएका छन्।
पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्ने योजना
उदयपुर क्षेत्रका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
ऐतिहासिक चौदण्डीगढी दरबारको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय स्थलहरूको पूर्वाधार विकास तथा प्रचार–प्रसार गर्ने योजना पनि समावेश गरिएको छ।
ग्रामीण पर्यटन विस्तारका लागि होमस्टे सञ्चालनमा युवाहरूलाई तालिम र सहुलियत ऋण उपलब्ध गराई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।
शिक्षा सुधार र मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता
शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, प्राविधिक शिक्षाको विस्तार तथा प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने योजना अघि सारिएको छ।
यसका साथै शिक्षकका जायज माग सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्वास्थ्य क्षेत्रमा नगर अस्पतालहरूलाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, एम्बुलेन्स र स्वास्थ्य चौकीलाई स्रोत–साधन सम्पन्न बनाउने तथा त्रियुगा नगरपालिका–वगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने पहल गर्ने प्रतिबद्धता चौधरीले व्यक्त गरेका छन्।
भ्रष्टाचार नियन्त्रण र युवा स्वरोजगारमा विशेष ध्यान
सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै पारदर्शिता, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने योजना प्रतिबद्धता पत्रमा समावेश गरिएको छ।
युवाहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराई कृषि, पशुपालन तथा साना उद्योगमा जोड्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै स्वरोजगारमा जोड्ने योजना पनि अघि सारिएको छ।
यसले बेरोजगारी घटाउने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास लिइएको छ।
विपद् व्यवस्थापन, वातावरण संरक्षण र नदी नियन्त्रण
वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, लुहाले, गिदेरी, लामाखोला लगायत खोलाहरूमा तटबन्ध निर्माण गर्ने तथा खहरे खोलाहरूको दीर्घकालीन नियन्त्रणका लागि योजना लागू गर्ने प्रतिबद्धता जनाइएको छ।
वन संरक्षण, वृक्षरोपण तथा वनमा आधारित उद्योग प्रवर्द्धनमार्फत वातावरण संरक्षण र आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
भूमिहीन, सुकुम्बासी र उद्योग विकासमा विशेष पहल
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दै लालपुर्जा वितरण सुनिश्चित गर्ने तथा कानुनी रूपमा स्वामित्व अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
सहकारी संस्थाहरूलाई उत्पादनमुखी बनाउने, साना तथा घरेलु उद्योग प्रवर्द्धन गर्ने तथा उदयपुर सिमेन्ट उद्योगलाई वैज्ञानिक ढंगले सञ्चालनमा ल्याउने योजना पनि अघि सारिएको छ।
जनताको मतले उदयपुरको भविष्य बदल्ने विश्वास
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू जनताको विश्वास, सहयोग र समर्थनबाट उदयपुर–१ लाई समृद्ध, विकसित र आत्मनिर्भर क्षेत्र बनाउने अठोट व्यक्त गरेका छन्।
उनले जनताको एउटा मतले क्षेत्रको भविष्य परिवर्तन गर्न सक्ने उल्लेख गर्दै विकास, समृद्धि र जनताको जीवनस्तर सुधार आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन्।
“उदयपुरे जनताको सुख, वैज्ञानिक विकास र आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो,” उनले उल्लेख गर्दै जनताको मतमार्फत विकासको नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।
यस्ताे छ प्रतिवद्धता पत्र
प्रतिवद्धता पत्र
प्रिय उदयपुर क्षेत्र नं. १ का मतदाताहरू,
आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू !
हाम्रो क्षेत्र विगतका दशकहरूमा पटक–पटक आश्वासन पाए पनि अपेक्षित विकास हुन सकेको छैन। धुलाम्य सडक, पुल अभाव, स्वास्थ्य र शिक्षको पहुँच कमजोर, युवाहरूको रोजगारी अभाव र कृषकहरूको समस्या जस्ता मुद्दाहरूले जनतालाई आजित बनाएका छन्। विगतमा दिइएका
धेरै वाचा पूरा नभए पनि म तपाईंहरूको सेवक बनेर आएको छु। यो प्रतिबद्धता पत्र मेरो कार्यकालमा प्राथमिकताका साथ पूरा गर्ने मेरो लिखित वाचा हो । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उदयपुर निर्वाचन क्षेत्र १ का लागि प्रतिनिधिसभा
सदस्यको उम्मेदवारको रुपमा खडा भइरहँदा म बलदेव चौधरी चुनावी वाचा मात्र होइन् काम गर्ने वाचासहित यो प्रतिवद्धता पत्र जारी गर्दछु । आसा छ तपाईहरुले मेरो पार्टी र मप्रति देखाउँदै आउनु भएको असीम माया र मप्रतिको विश्वासलाई फागुन २१ गते हुने चुनावमा तारा छापमा मतदान
गरी मलाई निर्वाचीत गराउनुहुनेछ । समृद्ध उदयपुर, सुखी जनताका निमित्त बेलका नगरपालिकालाई कृषि तथा पर्यटन,
चौदन्डीगढी नगरपालिकालाई औद्योगिक र त्रियुगा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि सार्ने
मूल प्रतिवद्धताका साथ “विकासको आधारः पूर्वाधार, कृषि र स्वरोजगार“को नारालाई अघि सारेको छु ।
१. पूर्वाधार र यातायात (कनेक्टिभिटी)
-राष्ट्रिय राजमार्ग र मदन भण्डारी राजमार्ग ः मैले पहलगरी सुरुगरेको (म–म) मैनामैनी देखि
मयँखुसम्मको कोशीकोरीेरको सडक निर्माणलाई उच्च प्राथमिकताको साथ अघि बढाउने ।
- अन्तरपालिकाको सडक संजाल विस्तार गर्ने ।
- मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिई यस क्षेत्रका बजारहरूलाई राष्ट्रिय सञ्जालसँग
प्रभावकारी रूपमा जोड्ने ।
- गाईघाट, फत्तेपुर, पुरन्दह, रामपुर सडकलाई पिच गर्नुका साथै खोला र खहरेहरुमा पुलहरु
निर्माणका गर्ने ।
- एसियन हाइवेलाई तपेश्वरीबाट लैजाने कार्यको पहल गर्ने ।
-गाईघाट–फत्तेपुर, सडक खण्डका बाँकी २२ वटा साना–ठूला खोलामा पुल निर्माण सम्पन्न गर्ने ।
- ग्रामीण सडक स्तरोन्नतिः बेलका, चौदन्डीगढी र त्रियुगाका भित्री सडकहरूलाई डि.पि.आर. गरी
बाह्रै महिना चल्ने गरी कालोपत्रे वा स्तरोन्नति गर्ने ।
- पुल निर्माणः त्रियुगा, कङ्, लुहाले
, गिदेरी खोला लगायतका साना–ठूला खोलाहरूमा पुल तथा
अधुरा रहेका पुलहरूको निर्माण तत्काल सम्पन्न गर्ने
।
- बस्ती भएका आवश्यक ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गर्ने ।
-उदयपुर क्षेत्र नं. १ को तिनैवटा पालिकाहरु (बेलका, चौदण्डीगढी र त्रियुगा) को रिङरोडको
सम्भाव्यता अध्ययान गरी सडक संजाल विस्तार गर्ने ।
-सगरमाथा एयरपोर्ट, जोगीदहलाई पुर्णता प्रधान गर्ने ।
२. कृषि र सिँचाइ (आर्थिक मेरुदण्ड)
- लिफ्ट सिँचाइ आयोजनाः पहाडी तथा सुख्खा भेगमा सिँचाइको समस्या समाधान गर्न साना र
ठूला लिफ्ट तथा भुमिगत सिँचाइ आयोजनाहरू सञ्चालन गर्ने ।
- पशु तथा कृषि पकेट क्षेत्र ः पशुजन्य उत्पादन र केरा, बेसार, अम्रीसो, अदुवा अकबरे खोर्सानी
दाल जस्ता उत्पादनको हब बनाउन विशेष अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने ।
- कोल्ड स्टोर (शीत भण्डार) ः कृषकका उत्पादन बिग्रन नदिन हडिया, सिद्धिपुर र आसपासका
क्षेत्रमा आधुनिक शीत भण्डारको स्थापना गर्ने
।
-उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण सिचाँइ आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है मास सिचाँइ
संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने ।
- उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण स्वच्छ खानेपानी आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है
मास स्वच्छ खानेपानी संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने ।
- खानी,कृषी, पशु र वन ः उद्योग, व्यापार, पर्यटन उदयपुरको धन शिर्षक अन्तरगत उदयपुर क्षेत्र
नं. १ मा भ्ब्त् ९भ्लभचनथ, ब्नचष्अगतिगचभ, त्यगचष्कm० अभियान संचालन गरी पचाँस हजार
भन्दा बढीलाई स्वोरोजगार बनाउन महत्वपुर्ण भुमिका खेल्ने ।
३. पर्यटन प्रवद्र्धन (पहिचान र आम्दानी)
-धार्मिक तथा प्राकृतिक पर्यटनः बेलका, चौदण्डीगढी र त्रियुगाका विभिन्न गाउँठाउँको पर्यटकीय
स्थलको प्रचार प्रसार र पूर्वाधार विकास गर्ने ।
-एैतीहासीक चौदण्डीगढी दरवारको संरक्षण र प्रवर्धन गरी पर्यटकहरुलाई आकर्षक गराउने ।
- होमस्टे (घरबास)ः स्थानीय संस्कृति र खानपानलाई समेटेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टे
सञ्चालनका लागि युवाहरूलाई तालिम र सहुलियत ऋण दिने ।
४. शिक्षा र स्वास्थ्य (आधारभूत अधिकार)
-गुणस्तरीय शिक्षाः सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने र प्राविधिक शिक्षा
ख्यअबतष्यलब ित्चबष्लष्लन) मा जोड दिने ।
- स्वास्थ्य सेवामा पहुँच ः तिनैवटा पालिकाको
नगर अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ सेवा थप
गर्ने र ’एम्बुलेन्स सेवा’ र ’ हेल्थ पोष्ट’ लाई साधन–स्रोत सम्पन्न बनाइ सुविधा युक्त सेवा प्रदान
गर्ने ।
-त्रियुगा नगर पालिकाको वगाहा क्षेत्रमा मेडीकल कलेज स्थापना गर्ने ।
-शिक्षक आन्दोलनका जायज मागहरुलाई सम्बोधन गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्ने वताबरण
बनाउने ।
- प्रत्येक वडालाई पुस्तकालय मैत्री वडा वनाउने ।
५. सुशासन र युवा स्वरोजगार
-भ्रष्टाचार मुक्त प्रशासनः सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै ढिलासुस्ती सेवा र भ्रष्टाचारको
अन्त्य गर्ने ।
-युवा उद्यमशीलताः वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरूलाई लक्षित गरी कृषि,
पशुपालन र साना उद्योगमा बिना धितो वा सहुलियतपूर्ण ऋणको व्यवस्था गरी उद्यमशील
बनाउने ।
६. विपद् व्यवस्थापन र वातावरण
-नदी नियन्त्रणः वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, द्वार, लुहाले,
गिदेरी, लामाखोला, कालीखोला, सेतीखोला, सिवाई खोला, हडिया खोला, घेर खोला, कङ्ग खोला
लगायतका खोलाहरुमा व्यवस्थित तटबन्धन गर्ने । सबैजसो खोला किनारमा सौन्दर्यकरण गर्ने ।
-उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण खहरे खोलाहरुको डि.पि.आर तया पारी दिर्घकालीन रुपमा
नियण्त्रण प्रकृया अघि बडाउने ।
-वन संरक्षण ःवृक्षरोपण गरी सामुदायिक वनको संरक्षण गर्दै वन पैदावारमा आधारित उद्योगहरु
सँग जोडदै व्यवसायीक उद्यमहरू सञ्चालन गर्ने ।
७. भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको हितमा पुर्जा वितरणको प्रकृयामा ढिला सुस्ती भएको बाधा फुकाई तयारी पुर्जा विरण गर्ने वातावरण श्रृजना गर्दै जसको जोत उसैको पोत अनुसारको समस्या समाधानको लागी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने ।
- सुकुमवासीको पहिचान गरी वासस्थान प्रदान गर्दै यथा सिघ्र लाल पुर्जा प्रदान गर्ने ।
८. उद्योघ गैर सरकारी तथा वितिय संस्था ः उदयपुर क्षेत्र नं. १ को सहकारी संस्थाहरुलाई उत्पादनमा लगानी मैत्री
बनाउने ।
- उदयपुर सिमेट उद्योग कारखानालाई नयाँ र बैज्ञानीक ढंगले व्यवस्थीत गरी संचालन गर्ने ।
- गैर सरकारी संघ संस्थाहरुलाई सामाजिक रुपमा जिम्मेवार बनाउने ।
- साना तथा घरेलु उद्योग स्थापना, संचालन तथा बजारीकरणको बातावरण श्रृजना गरी
आर्थीक रुपमा स्तर उन्नती गराउने ।
९ युवा तथा खेलकुद: एक पालिका एक रंगशाला निर्माण गर्दै आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने ।
अन्त्यमा अव युवाहरुले जेनजी आन्दाेलनकाे क्रममा उठाएका मुद्धाहरु र नवयुवाहरुकाे भावना अनुसार संविधान संशाेधन गरी कानुन बनाउने कुराेमा लागि पर्ने छू ।
मेरो प्रतिबद्धता ः म केबल आश्वासन मात्र होइन, काम र नतिजामा विश्वास गर्दछु। तपाईँको एउटा
मत, उदयपुर क्षेत्र नं. १ को उज्ज्वल भविष्यको लागि हुनेछ ।
आसा छ ताराछापमा
मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनु हुनेछ ।
तपाईंको सेवक, बलदेव चौधरी
उमेद्वार, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, उदयपुर
सम्पर्कः ९८५११५२६७५
“उदयपुरे जनताको सुख बैज्ञानीक विकास र आथीृक समृद्धि, मेरो प्रतिबद्धता”
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

