चीनमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति

चीनमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति

काठमाडौं । बृहत् अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, उच्च व्यापक गुणस्तर, उत्कृष्ट नेतृत्व र बहुसांस्कृतिक पृष्ठभूमिका साथ विश्वव्यापी शासन प्रतिभाहरूलाई प्रशिक्षित गर्न  चिनिया छात्रवृत्ति परिषदले "यूथ अफ एक्सीलेन्स"  योजना लागु गरेको नेपालस्थित चिनिया दुतावासले जनाएको छ ।

यस योजना अन्तर्गत सन् २०२४ को सेप्टेम्बर महिनाबाट अङ्रेजी भाषामा स्नातोकोत्तर कार्यक्रम अन्तर्गतका अध्ययन सुरु हुनेछ ! यस कार्यक्रममा नेपालबाट मात्र २०० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न पाउनेछन् । ४५ वर्षभन्दा कम उमेरका आवेदकले स्नातक तह उत्तृण हुनुका साथै मानसिक र शाररिक रुपमा स्वस्थ हुनुपर्दछ । यस स्नातोकोत्तर कार्यक्रमको अवधी एकदेखी दुई बर्षको हुनेछ जसमा सम्बन्धित बिषयमा आर्जित ब्यवसायिक अनुभवलाई विशेष प्राथमिकता दिइने उल्लेख छ । उत्कृष्ठ आवेदकको छनौटको लागि चिनिया छात्रबृत्ति परिषदको बिग्य समुहले अन्तर्वार्ता लिन सक्नेछ ।

आवेदकले सम्पुर्ण कागजात तयार गरी www.campuschina.org मा आफ्नो निजि खाता रजिष्टर गरी अपृल १५ तारिखभन्दा अघि आवेदन दिन सक्नेछन् । यस कार्यक्रममा चीनका ३५ वटा भन्दा बढी बिश्वबिध्यालय सहभागी रहेका छन्  ।

यससम्बन्धि पुर्ण जानकारी
http://np.china-embassy.gov.cn/eng/News/202401/t20240103_11216206.htm प्राप्त गर्न सकिन्छ ।

जसपाले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं ।अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । काठमाडौँको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराह्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिएका छन् । जसपा केही दिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हेर्नुहोस्, बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल वैशाख २७ गते बिहीबार सन् २०२४ मे ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

वाग्मतीसहित यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही कोसी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

लोकप्रिय