जनयुद्ध गौरवमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो : प्रचण्ड
जनयुद्ध दिवसको सन्दर्भ
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट जारी गरेको सन्देशमा इतिहास, वर्तमानको चुनौती र भविष्यको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै निर्वाचनमा आफ्नो पार्टी (तारा चिन्ह) लाई पूर्ण बहुमत दिन अपील गर्नुभएको छ ।
फागुन १ गते जनयुद्ध दिवसको सन्दर्भमा रुकुम पूर्वको क्रान्तिकारी भूमिमा उभिएर प्रचण्डले सम्बोधन गर्दै भन्नुभयो, “फागुन १ केवल गौरवमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो ।” उहाँले एकात्मक सामन्ती राज्यसत्ताविरुद्ध नेपाली जनताले जगाएको ऐतिहासिक विद्रोहको मशाललाई स्मरण गर्दै जनयुद्धका महान् शहीदहरू, घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
प्रचण्डले रुकुम पूर्वलाई विशेष महत्व दिँदै यो भूमिलाई जनजाति, महिला, दलित तथा उत्पीडित समुदायको स्वतन्त्रता र पहिचानको मशाल बनेको ठाउँको रूपमा उल्लेख गर्नुभयो । चुनवाङ बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो त्यही भूमि हो जहाँबाट नेपाली जनताले वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह गरे ।”
वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै प्रचण्डले जेनजी युवाहरूको आन्दोलनमाथि गोली चलेको घटना, विध्वंस र असहज स्थिति स्मरण गर्नुभयो । पञ्चायती कालको अत्याचार र विद्रोहको इतिहास जोड्दै उहाँले वर्तमानमा संसद् अगाडि सरकार विरोध गर्न पाइने वातावरण जनताको बलिदानकै कारण बनेको बताउनुभयो ।
उहाँले शान्ति प्रक्रियामा बाँकी रहेका मुद्दाहरू, भूमिहीन सुकुम्बासीहरूलाई जग्गा वितरण, रिटर्नी तथा स्टार्टअप कार्यक्रम, औषधी उत्पादन, हिमाल समृद्धि, मेगा फूड पार्क जस्ता योजनाहरू रोकिएको गुनासो गर्नुभयो । प्रचण्डले पूर्ण बहुमत नहुँदा र यथास्थितिवादी दलहरूसँग मिलेर सरकार चलाउँदा सोचेअनुरूप काम गर्न नसकिएको अनुभव सुनाउनुभयो । भ्रष्टाचार, मीटर ब्याज, भूटानी शरणार्थी तथा बालमन्दिर जग्गा काण्डहरूको छानबिनमा अघि बढेको तर सरकार ढलेको उल्लेख गर्नुभयो ।
प्रचण्डले “नयाँ र पुरानो” को भाष्यलाई खारेज गर्दै भन्नुभयो, “यो देशमा कोही नयाँ छ भने त्यो हामी मात्रै हो । गणतन्त्र, समावेशिता, संघीयता, सुशासनका एजेन्डा हाम्रै हुन् ।” उहाँले यथास्थितिवादी शक्तिहरूले जनतामा भ्रम फैलाएको आरोप लगाउँदै आफ्नो पार्टीले कमजोरीहरूको समीक्षा गर्दै “ग्रेट लीप फरवार्ड” तर्फ अघि बढ्नुपर्ने बताउनुभयो । गरिबी शून्य, रोजगारी सिर्जना, विद्युत् उत्पादन, पर्यटन, कृषि आत्मनिर्भरता, डिजिटल प्रशासन, भ्रष्टाचार नियन्त्रण जस्ता महत्वाकांक्षी लक्ष्य राख्नुभयो ।
उहाँले परिवर्तनकामी शक्तिहरूबीच एकताको अभियान सुरु भएको र २५ भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध भएको जानकारी दिनुभयो । निर्वाचनमा पूर्ण बहुमत प्राप्त गरे मात्रै बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको ढोका खोल्न सकिने उहाँको दाबी छ ।
अन्त्यमा प्रचण्डले रुकुम पूर्वबाट अपील गर्दै भन्नुभयो, “इतिहासलाई सम्झनुहोस्, वर्तमानलाई बुझ्नुहोस् र भविष्यको जिम्मेवारी लिनुहोस् । तारा चिन्हमा मत दिएर परिवर्तन, अग्रगमन र स्वाधीन, समृद्ध, समावेशी तथा न्यायपूर्ण नेपाल निर्माणमा लागौं ।” यो सन्देशले जनयुद्धको विरासतलाई निर्वाचनसँग जोडेर नयाँ ऊर्जा र एकताको सन्देश दिएको छ ।
हेर्नुस् प्रचण्डको सन्देशको पूर्णपाठ
आदरणीय बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु
आज फागुन १ गते
फागुन १ केवल गौरबमय अतीतको स्मरण होइन,
वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो।
आजको दिन एकात्मक सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता समानता र न्यायका पक्षमा नेपाली जनताले एतिहासिक विद्रोहको मशाल जगाए।
सर्वप्रथम म जनयुद्ध तथा बिभिन्न कालखण्ड भए गरेका नेपाली जनताका आन्दोलनका महान सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते अपाग वेपत्ता योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।
म अहिले नेपालको इतिहासमा क्रान्ति र शान्तिको साक्षी रुकुम पूर्वबाट यहाँहरुलाई सम्बोधन गर्दैछु । यो त्यही भूमि हो जहाँबाट नेपाली जनताले वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह गरे । घुम्टो फाल्दै दुधे बच्चा पिठ्यूँमा राखेर महिलाहरुले स्वतन्त्रताका आवाज घन्काए । यो जनजाति समुदायको रगत पोखिएको त्यही ठाउँ हो, जहाँबाट आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानको मशाल जगाए । दलितहरुले युगौंदेखिको जातीय उत्पीडनविरुद्ध स्वाभिमानका गीत गाए ।
र यो त्यही भूमि हो जहाँ चुनवाङमा बसेको तत्कालिन नेकपा माआवादीको बैठकले निर्णय गरेबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुल्यो ।
अहिले हामी जटिल परिस्थितमा हुन गइरहेको निर्वाचनको संघारमा छौं। गत भदौ २३ गते जेनजी युवाहरुले सामाजिक सञ्जालमा लेख्न पाउनुपर्छ, बोल्न पाउनुपर्छ भनेर उठेका आवाजहरुमाथि गोली चले । दर्जनबढी युवाहरुकव् सहादत भयो । युवाहरूको आक्रोशलाई व्यवस्था विरोधी तत्वहरूले २४ गते विध्वंसमा रूपान्तरण गरे । देशमा असहज परिस्थिति निर्माण भयो ।
यो सन्दर्भमा कुरा गर्दा अहिले म यो भूमिमा उभिएर पञ्चायती कालरात्री विरुद्ध यहाँका जनताको संघर्ष स्मरण गरिरहेको छु । निरंकुशताविरुद्ध बोलेकै भरमा किलो शेरा टुका नाममा यहाँका गाउँवस्ती जलाइएपछि, जनतामाथि चरम अत्याचार र उत्पीडनले सीमा नाघेपछि जनताले विद्रोह गरेका थिए । हाम्रा टाउकाहरुको मोल तोकिएको थियो । र पनि हामीले स्वतन्त्रता र विद्रोहका गीत गाउन छोडेनौ ।
र, त्यही विद्रोहकै कारण, हजारौं जनताको बलिदानकै कारण अहिले संसद भवन अगाडि नै खुलेआम सरकारको विरोध गर्ने वातावरण निर्माण भएको छ । त्यसअर्थमा यहाँका जनताको महानतालाई कुनै पनि मूल्यमा अवमूल्यन गर्न मिल्दैन । इतिहासलाई वर्तमानसँग जोडेर मात्रै भविष्य निर्माण गर्न सकिन्छ ।
आदरणीय जनसमुदाय,
हाम्रो संघर्ष समाप्त भएको छैन । जेन जी पुस्ताहरुले उठाएका मागहरु यही संघर्षको निरन्तरता हो । शान्ति प्रक्रियाको चरणमा हामीले उठाएका तर शक्ति सन्तुलनका कारण पुरा हुन नसकेका मुद्दाहरुकै निरन्तरता हो ।
मुद्दाहरु बाँकी छन् । सपनाहरुको हिसाब अझै भएको छैन । हामीले त्यो बिर्सेका छैनौं।
संविधान जारी भएपछिको यो एक दशकमा हामीले यसका लागि प्रयास पनि गर्यौं ।
सरकारमा रहँदा एक वर्षमा ५ लाख भूमिहीन सुकुम्वासीहरुलाइ जग्गा प्रदान गर्ने नीति र बजेट ल्याएका थियौं । कानुनहरु पनि संशोधन गर्यौं । तर त्यो काम हामी बाहिरिएसँगै रोकियो ।
विदेशबाट ज्ञान सीप र अनुभव बोकेर स्वदेश फर्केका रिटर्नीहरुका लागि हामीले सुरु गरेको उद्यमशीलता कार्यक्रमले गति लिन सकेको छैन । स्टार्ट अप कार्यक्रम पनि कार्यकर्ता पोस्ने किसिमले अघि बढाइयो । अहिले अर्थतन्त्रको मुख्य उत्प्रेरक शक्ति बन्न सक्छ स्टार्टअप । आइटी, पर्यटन, कृषि लगायतका बिभिन्न क्षेत्रमा हामीले लाखौ रोजगारी सिर्जना गर्न सक्छौं । यसबाट आगामी ५ वर्षमा हामी २० लाख बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सक्छौं ।
गर्नुपर्ने धेरै छ । गर्न सकिने पनि धेरै छ । अत्यावश्यक औषधीहरु सरकारी स्तरबाटै उत्पादन गर्ने हाम्रो योजना रोकिएको छ । हिमाल समृद्धि कार्यक्रम ठप्प बनाइएको छ । अघिल्लो सरकार छँदा बिभिन्न स्थानमा प्रस्तावित मेगा फूड पार्कहरु कमिशनका माध्यम बने। इको टुरिज्म, हिल स्टेशन अनि गण्डकी त्रिभुज परियोजना त नामै सुन्न खोजिएन ।
पाँच वर्षसम्म ढुक्कले सरकार चलाउन नपाउँदा जतिसुकै राम्रा कार्यक्रम अघि सारेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुने अनुभव मेरो छ । नत्र हामीले त दोहोरो जिम्मेवारी भएका बिभिन्न निकायहरु मर्ज गर्ने भनेका थियौं । कपाल काट्ने तालिम पनि संघकै मन्त्रालयले गर्ने परिपाटी भत्काउन खोजेका थियौं । संघको नीति तथा कार्यक्रम र बजेटको कर्मकाण्ड भत्काउन विधेयक नै जारी गरेका थियौं ।
निजामति र शिक्षा विधेयकको नियती त यहाँहरुलाई थाहै छ । त्यति महत्वका साथ सदनमा दर्ता गरेका थियौं । तर हामीसँग पर्याप्त बहुमत थिएन । अझ भनौं हामी त तेश्रो पार्टी थियौं । र, पनि संविधान कार्यान्वयन र समृद्धिका लागि महत्वाकांक्षी योजना र कार्यक्रम ल्याइरहेका थियौं । मीटर ब्याजलाई अपराध घोषणा गरेर धमाधम न्यायका फाइलहरु अघि बढेका थिए । भूटानी शरणार्थीदेखि बालमन्दिर र त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा विचौलियाहरु अत्तालिएर सरकार नै ढलेको दृष्टान्त तपाई हाम्रा सामु छ । कुशासनका चांगहरु चुलिँदै जाँदा जनताको विष्फोटले व्यवस्था नै संकटमा पर्न सक्छ है भनेर मैले बारम्बार चेतावनी दिँदा समेत नचेतपछि अहिलेको परिस्थिति सिर्जना भयो ।
आदरणीय जनसमुदाय,
अहिले एकथरिले नयाँ र पुरानोको भाष्य निर्माण गरेका छन् । हामी नयाँ, उनीहरु पुरानो भन्ने यो भाष्यले नेपाली जनतामा फेरी ठूलो भ्रम सिर्जना गरिरहेको छ । तर ध्यान दिनैपर्ने कुरा के हो भने यो देशमा कोही नयाँ छ भने त्यो हामी मात्रै हो । हामीले मात्रै दुई सय पचास वर्षदेखि मक्किएको राजतन्त्र र सामन्तवादको अन्त्य गर्न गणतन्त्रको नयाँ विचार ल्याएका हौं । एउटा जाति, भाषा र वर्गको हालीमुहाली चलेको देशमा दलित, महिला, जनजाति, थारु, मधेसी, मुस्लिम लगायत उत्पीडित वर्ग र समुदायको पनि हिस्सेदारी हुनुपर्छ भनेर समावेशिताको नयाँ विचार हाम्रै हो । संघीयता हाम्रै हो । सुशासनको एजेण्डा हाम्रै हो । एजेण्डा, विचार, नीति र पहल हाम्रै हुने अनि हामी चाहिँ कसरी पुरानो ?
जनतामा छाएको वितृष्णा र निराशालाई विचार र सिद्धान्तविहिन अराजक तत्वले नयाँ भन्दै झुक्याउने अवस्थालाई हामीले चिर्नैपर्छ । आज यो क्रान्ति र शान्तिको भूमिबाट मैले इतिहास, वर्तमान र भविष्यलाई जोडन चाहन्छु । यो भूमि साक्षी छ नेपालका हरेक राजनीतिक परिवर्तनको । यो भूमिले देखेको छ नयाँ के हो र पुरानो के हो भन्ने कुरा ? नयाँको रटान गर्दैमा कोही नयाँ हुँदैन । यो भ्रममा कोही पनि पर्नुहुन्न ।
हामी नयाँ थियौं, नयाँ छौं र नयाँ नै हुनेछौं । किनभने इतिहासले हामीलाई यथास्थितिमा बस्ने छूट दिएको छैन । मैले यो कुरा बारम्बार भन्दै आएँको पनि हो । हामीले यथास्थिति चिर्न खोजेको पनि हो । यसक्रममा कैयन कमजोरी पनि भएकै हुन । यो कुराको गम्भीर समिक्षा गर्दै नेपाललाई ग्रेट लीप फरवार्डको दिशामा नगई सुखै छैन । हामीले पाँच वर्षमा गरिबीको दर आधामा झार्नु छ र दश वर्षमा शून्य गरिबी, शून्य भोकको अवस्थामा पुग्नु छ । हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्नु छ । विद्युत उत्पादनमा कायापलट गर्नुछ । हाम्रा पर्यटकीय सम्भावनाहरुलाई उच्चतम रुपमा विकास गर्नु छ । सिँगो प्रशासन र सार्वजनिक सेवा प्रणालीलाई डिजिटल गर्दै नागरिकले व्यहोर्नुपरेको झंझट हटाउनु छ । भ्रष्टाचारको मुहानका रुपमा रहेको अहिलेको निर्वाचन प्रणाली भत्काउनु छ । महिलाहरुको राज्यसत्तामा हिस्सेदारी ३३ प्रतिशतबाट बढाएर पुरुस सरह बनाउँदै लानु छ । कृषिमा उत्पादन र उत्पादकत्व बढाएर लाखौं रोजगारी सिर्जना गर्दै खाद्यमा आत्मनिर्भर बन्नु छ । अर्थतन्त्रलाई डबल डिजिटमा पुर्याएर स्वाभिमानी देश निर्माण गर्नु छ । भ्रष्टाचारका सबै काण्डहरुको निर्ममतापूर्वक छानवीन गर्नुछ ।
मैले माथि पनि भनेँ, हामीलाई यथास्थितिमा रुमल्लिने कदापी छूट छैन । कतिपयले यसो भन्दा के हेरेर बसेको त अहिलेसम्म भनेर पनि नभन्ने होइनन् । तर मैले भनेजस्तै संविधान जारी हुँदा हामीले अघि सारेका फरक मतहरु त्यतिबेलै सम्बोधन गरिएको भए, अनि संघीयताको मर्म अनुरुप संविधान कार्यान्वयन गरिएको भए यो अवस्था आउने थिएन । हामीले पहल नगरेको होइन । तथ्यमा टेकेर हेर्दा हामी सरकारमा गएको बेला ऐन तर्जुमादेखि सुशासनका पक्षमा र्दढतापूर्वक काम गर्न नखोजिको होइन । तर स्पष्ट बहुमत नहुँदा र एकल सरकार सञ्चालन गर्न नसक्दा यथास्थितिवादी दलहरुसँगै मिलेर सरकार बनाउनुपर्दा सोचे अनुरुप काम गर्न नसकिएकै हो । अलि बल गर्दा सरकार नै ढलेको हो । यो तथ्यलाई समेत गम्भीरतापूर्वक विचार गर्न म अपील गर्न चाहन्छु ।
आज म पूर्वी रुकुम आइपुगेको छु । हिजो युद्धकालको रुकुम र आजको रुकुम उस्तै छैन । हिजो हामी पुलिस प्रशासनसँग लुकामारी गर्दै, भीरपाखा छिचोल्दै गाउँबस्तीमा चेतनाको सन्देश फैलाउँथ्यौं । आज रुकुम विकासका दृष्टिले, चेतनाका दृष्टिले निकै फरक छ । यही रुकुम, रोल्पा लगायत गाउँवस्तीको त्याग र संघर्षकै कारण आज काठमाडौंमा व्यवस्थाविरुद्धको आक्रोस खुलारुपमा व्यक्त गर्न पाइएको छ । महिला, दलित, जनजाति लगायतका वर्ग र समुदायको राज्यसत्तामा हिस्सेदारी सम्भव बनेको छ । काठमाडौंका अधिकार गाउँमा पुगेको छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेशमा आफ्नो सरकार बनाउने अवस्था बनेको छ । त्यस अर्थमा हामीले केही नगरेको या नेपालमा केही नभएको होइन । तर रुकुमले या रोल्पाले या हजारौं वीर शहीदहरुले यति मात्रै खोजेका थिएनन् । यो कुरा हामीले संविधान निर्माण र त्यसपछि पनि कार्यान्वयनका क्रममा बारम्बार भन्दै आएका पनि हौं ।
देशले जे खोजेको छ, जनताले जस्तो नेपाल चाहेका छन्, त्यो पनि हाम्रो विचार र नीतिले मात्रै सम्भव छ । आज सुकुम्वासी वस्तीमा डोजर लगाउनेहरु नयाँ नेपाल बनाउने कुरा गर्दैछन् । कबाड जम्मा गरेर जीविका चलाउने, साइकलमा फेरी लगाउँदै सामान बेच्ने गरीब मधेशका प्रवासी जनतालाई लखेट्नेहरु मधेसको स्वाभिमान र पहिचानको कुरा गर्दैछन् । राजधानीका सुकिला महलहरुमा बसेर गाउँको मुहार फेर्ने कुरा गर्दैछन् । यो भ्रममा नपर्न अनुरोध गर्दछु ।
हामीले गम्भीर समीक्षा गरेर परिवर्तनकामी शक्तिहरुबीच एकताको महा अभियान सुरु गरेका छौं । यो अभियानमा २५ भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनु भएको छ । यसले हामीलाई नेपाली समाजलाई अग्रगामी रुपान्तरण गर्ने ठूलो प्रेरणा दिएको छ ।
म यो निर्वाचनमा परिवर्तनका पक्षमा नेपालि कम्युनिष्ट पार्टीलाई पूर्ण बहुमत दिन अपील गर्दछु । हामीले पूर्ण बहुमतको सरकार बनाउन सके मात्रै इतिहासका बाँकी कार्यभार पुरा गर्दै हामी समाजवादी क्रान्तिको ढोका खोल्न सक्छै । त्यसैले तारा चिन्हमा मत दिइ निरन्तर क्रान्तिको यो अभियानमा लामवद्ध बनौं ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
यो क्रान्ति र शान्तिको भूमिबाट म तपाईंहरूसँग अपील गर्न चाहन्छु —
इतिहासलाई सम्झनुहोस्, वर्तमानलाई बुझ्नुहोस् र भविष्यको जिम्मेवारी लिनुहोस्।
हामीले सुरु गरेको परिवर्तनलाई अधुरो छोड्ने होइन, पूरा गर्ने हो।
हामीले बनाएको गणतन्त्रलाई कमजोर बनाउने होइन, अझ मजबुत र उन्नत गणतन्त्र बनाउने हो।
हामीले देखेको समृद्ध नेपालको सपना साकार पार्ने हो।
यो क्रान्ति र शान्तिको भूमिबाट म तपाईंहरूसँग अपील गर्न चाहन्छु —
यो निर्वाचन हामीले कित्ता स्पष्ट गर्ने समय पनि हो । हामी गणतन्त्रका पक्षमा हुने कि नहुने, हामी दलित समुदायमाथि विभेदका विरुद्ध उभिने कि नउभिने, हामी महिलाहरूको पूर्ण स्वतन्त्रता र समाज हिस्सेदारीका पक्षमा उभिने कि नउभिने भनेर फैसला गर्ने समय हो। हाम्रो एक मत कसका पक्षमा — हाम्रा उपलब्धिहरू रक्षा गर्ने पक्षमा या इतिहासको रथ उल्ट्याउन खोज्नेहरूको पक्षमा? हामी मधेश, मुस्लिम, थारु, जनजातिहरूको स्वाभिमान र पहिचानका पक्षमा उभिन्छौँ। म गम्भीर भएर के भन्न चाहन्छु भने, नेकपाको चुनाव चिन्ह तारामा मत दिएर मात्रै हामी परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा हाम्रो पक्ष स्पष्ट गर्न सक्छौँ। त्यसैले हाम्रो एक मत स्वाधीन, समृद्ध, समावेशी र न्यायपूर्ण नेपालको स्थापनाका लागि हुन म सबैमा अपील गर्दछु।
आउनुहोस्, फेरि एकपटक परिवर्तनको यात्रामा हातेमालो गरौँ।
नयाँ भ्रम होइन, वास्तविक परिवर्तनको पक्षमा उभिऔँ।
संघर्ष, त्याग र बलिदानले बनेको यो देशलाई समृद्ध र स्वाभिमानी बनाउने अभियानमा जुटौँ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

