काठमाडौंमा चिसो बढ्यो, तापक्रम ३ डिग्री सेल्सियस
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता जाडो उल्लेख्य रूपमा बढेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकामा चिसोको असर बढ्दै गएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भू–भागमा तापक्रम घटेको छ । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको विभागले जनाएको छ । तापक्रम घटेपछि बिहान र बेलुका चिसो बढ्नुका साथै कुहिरो र बादलको प्रभाव पनि देखिन थालेको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको विमानस्थल आसपास क्षेत्रमा ३.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियसमा झरेको छ । यसले उपत्यकामा चिसोको अनुभूति अझ तीव्र बनाएको छ ।
आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ । घाम नलाग्दा चिसो अझै बढेको अनुभूति हुने गरेको सर्वसाधारणले बताएका छन् । बिहान र साँझको समयमा चिसो हावासँगै जनजीवन प्रभावित हुन थालेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अनावश्यक काममा बाहिर ननिस्किन, न्यानो कपडा प्रयोग गर्न तथा आगो बाल्दा सावधानी अपनाउन सुझाव दिएको छ ।
जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरूको तुलनामा बढी स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
मौसमविद्हरूका अनुसार केही दिन अझै चिसो कायम रहने सम्भावना रहेकाले आवश्यक तयारी र सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
आजकाे माैसम: मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार, देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना छ ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात सम्भाजना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पूर्वानुमान छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको विभागले बताएको छ ।
आजकाे माैसम: मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौं । देशका केही भूभागमा वर्षाको सम्भावना छ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादलको पूर्वानुमान छ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ ।
आजकाे माैसम: कहाँ–कहाँ पर्छ हाेला पानी ?
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुनेछ । बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको बताएको छ ।

