केपी ओली प्रधानमन्त्री चारपटक होइन, चालीस पटक भए पनि देश यस्तै हुने हो : किराती
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली चारपटक त के चालीस पटक वा पटकपटक प्रधानमन्त्री बनाइए पनि देशले निकास पाउन नसक्नै नागरिक पहिलो अभियान आन्दोलन परिचालन केन्द्रीय कार्यदलका संयोजक तथा युवा नेता मिलन कान्छा किरातीले बत्ताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् । किरातीले सत्ता समीकरणको गणितीय गतिविधीले जनतामा आशाभन्दा कैयौँगुणा धेरै निराशा मात्र पैदा गरेको उल्लेख गरेका छन् ।
उनले यस्तो लेखेका छनः विद्यमान प्रमुख तीन दलका प्रमुखहरुले संसदभित्र गरेका सत्ता समीकरणको गणितीय गतिविधीले जनतामा आशाभन्दा कैयौँगुणा धेरै निराशा नै थप्छ । थपिरहेको छ । यद्दपि, चौथो पटक नवनियुक्त प्रम ओलीलाई हार्दिक बधाई !
देशले नयाँ विकल्पको शक्ति नपाएसम्म जनताले घीनलाग्दो खेल टुलुटुलु हेर्न बाहेक अर्को कुनै उपाय छैन । विकल्पको नयाँ शक्तिको दावी गर्नेहरु पनि हाउसमा त जनताले पु¥याएकै हुन । तर के नयाँ नै रहेछन ? पुरानाभन्दा फरक ÷असल के कति रहेछन ? टिकाटिप्पणीको आम जनआवाज आइरहेकै छ । यसले नागरिकको आशा अपेक्षा र आवश्यक्तालाई सम्बोधन गर्न अहिलेका दलहरुको फोहरी दलदलको विकल्प सामर्थ्य राख्ने एक नयाँ राष्टिय शक्ति त खड्किरहेकै महशुस हुन्छ ।
सत्य कुरा सबैलाई थाहा छ, ओलीलाई चौथो पटक होइन, चालिस पटक वा पटकपटक प्रम बनाए पनि देशको अवस्था त यस्तै हुने हो । अझ बिग्रने हो । यसको क्रम सङ्ख्यमा देउबा, प्रचण्ड क्रमशः लामिछने पनि थपिन पुगेका छन ।
यि सबै माथि उल्लेखित भनाईको तात्पर्य के मात्रै होभने यो देशमा बिगार्ने, भत्काउने, निराशा पैदा गर्ने बुढो रुख मात्र छैनन् । देश बनाउने नयाँ पालुवा पनि पलाई सकेको छ । कही न कहिं यसले राज्यसत्तामा चौतर्फी हस्तक्षेप गर्दैछ ।
नयाँ पालुवाले देश –राज्यबाट राष्ट्र बनाउदैछ । सबैको स्वभिमान, सबैको समृद्वि ल्याउदैछ । मेरो अनुरोध एउटा केभने अहिले मेरो कुरा पत्त्याई नहाल्नु होला । मात्र हेक्का राख्नुहोला । नोट गर्नुहोला । सके साथ दिनुहोला नसके शान्त रहनुहोला । अँ विरोध पनि गर्न पाइन्छ । किनकि, नाममात्रको भए पनि तपाई हामीले नै लडेर ल्याएको लोकतन्त्रको व्यवस्था हो यो । जय नेपाल !
(पार्टीको होइन, देशको जय नेपाल ! )धन्यवाद ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।