निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी  (जुनियरतर्फ) ले जितेका छन् ।

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फस्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर्सअप, दिबिया कोङ्ग्रेनले थर्ड रनर्सअप तथा छिरिङ लामाले फोर्थ रनर्सअपको उपाधि जितेका छन् ।

प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन् भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते ।

प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन् ।

प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोस्ट क्यूट, आर्या कोइरालाले बेस्ट वाक, डेनिषा श्रेष्ठले बेस्ट स्माइल, अदिति बाह्रकोटीले बेस्ट स्पिच, मिरन श्रेष्ठले बेस्ट सिंगर, छिरिङ लामाले मोस्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोस्ट हेण्डसम, दिबिया कोङ्ग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोस्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल भए ।

प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सबित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा रहेका थिए ।

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ। आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ। वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ। यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ। गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ। १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ। वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ।

संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको कार्यक्षेत्राधिकार ‘टीओआर’मा गृहमन्त्री रवि लामिछानेको नाम अनिवार्य गर्न सुझाव दिएको छ ।  आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय पदाधिकारी बैठकले संसदीय समितिको ‘टीओआर’ निर्माण समितिका सदस्य जीवन परियारलाई लामिछानेको नाम नराख्दासम्म सहमति नजनाउन सुझाव दिएको हो ।

नेपाल र चीनबीचको टिपताला नाकामा नेपालतर्फबाट गाडी पुग्यो

काठमाडौं । नेपाल र चीनबीचको टिपताला नाकासम्म नेपालतर्फबाट पनि गाडी पुगेका छन्। टिपताला नाका पाँच हजार एक सय मिटरको उचाइमा रहेको ताप्लेजुङस्थित नेपाल र चीनको सीमाक्षेत्र हो। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा रहेको टिपताला नाकासम्मको सडक चौडा गरिएपछि शुक्रबार एक्स्काभेटर र ट्रयाक्टरनाकासम्म पुर्‍याइएको छ। चीनतर्फबाट भने पाँच वर्षअघि नै टिपताला नाकासम्म गाडी आउने गरेका थिए। फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले भने पहिले नाकाबाट बोकेर सामान ल्याइन्थ्यो । यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो । अब त गाडीमा ल्याउन पाइने भयो । त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस् । गत चैतमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलासम्म गाडी पुगेपछि तमोर करिडोर आयोजनाले टिपताला नाकासम्मको २४ किलोमिटर सडक स्तरोन्नति (पहिरो हटाउने, सडक चौडा गर्ने) काम गरेको हो। सडक स्तरोन्नति गरिरहेको एलाइट जेभी कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेका अनुसार तमोरको किनार भएर टिपताला गाडी पुगेका हुन्। ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको २४ किलोमिटर सडक तीन करोड खर्चेर चार वर्ष घि नै ट्र्याक खुलेको थियो। नाका बन्द हुनु (कोभिड)अघि तिब्बतको रिगुबाट गाडीमा ल्याएको खाद्यान्नलगायतका सामग्री टिपताला नाका झारिन्थ्यो। त्यसपछि भने चौँरी र भरियामार्फत बोकेर ओलाङचुङगोलासम्म ल्याएर स्थानीयले उपभोग गर्दथे। तर, अहिले गाडी टिपताला नाकासम्मै पुगे पनि नाका भने खुलेको छैन।  अब चीनसँगको नाका खुलेपछि स्थानीयलाई सहज हुने फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। ‘पहिलो नाकाबाट बोकेर सामान ल्याइन्थ्यो। यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो,’ उनले भने, ‘अब त गाडीमा ल्याउन पाइने भयो। त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस्।’ चीन र भारतसँग जोड्ने तमोर करिडोरअन्तर्गतको टिपताला नाका रणनीतिक महत्वको नाका हो। टिपतालाबाट विराटनगरस्थित रानी भन्सारको दूरी करिब दुई सय ९२ किलोमिटर छ।

गृहमन्त्रीको जवाफ संसदमा सुन्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो। गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले जनाएको छ । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए। सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन्। कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

लोकप्रिय