धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिर)

धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिर)

रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोपेका छन् ।प्रधानमन्त्री प्रचण्डले चितवन स्थित रत्ननगरमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा धान नयाँ प्रविधि अनुसार धान रोपेका हुन् ।

धान रोप्नु अघि २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताएका थिए ।
 

nullnullnullnullnull

राष्ट्रपतिसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिरहेका छन् ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिनेबारे विश्वासको मत फिर्ता भएको अवस्थामा निर्णय गर्ने मंगलबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ।

विश्वासको मत कायमै छ, तत्काल केही निर्णय लिन परेन : माओवादी केन्द्र

काठमाडौं ।नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक सम्पन्न भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चापछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटरमा पदाधिकारी बैठक बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सरकारलाई दिएको विश्वासको मत कायम रहेकाले तत्काललाई केही निर्णय नगर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई विश्वासको मत दिएका पार्टीले विश्वासको मत फिर्ता नलिएको अवस्थामा केही निर्णय गर्न नपर्ने राय पदाधिकारीले राखेका छन्  । सरकारप्रति विश्वासको मत रहेका कारण माओवादी तत्काललाई केही निर्णय नगरेको ती नेताले बताए । यद्यपी संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चा चलेसँगै सरकारमा सहभागी अन्य दलसँग नयाँ परिस्थितिमा एकमत कायम गर्न  माओवादी केन्द्र र प्रधानमन्त्रीले छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे। पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पूरक परीक्षा असार २३ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।

लोकप्रिय