छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो । 
जाजरकोटको जुनिचाँदे गाउँपालिका ६ रामेलास्थित सडकमा भे।२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

संखुवासभाको चिचिला गाउँपालिका २ छ्याकुटीस्थित सडकमा चिचिलाबाट खाँदवारीतर्फ जाँदै गरेको प्र.१.०२.००३  त १८८३ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक चिचिला गाउँपालिका २ बस्ने ३२ वर्षीय दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । 

चितवनको भरतपुर महानगरपालिका३ बेलचोक नजिक बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना.६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका ११ गणेस्थान बस्ने ६० वर्षीय कुमार गुरूङको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री शिवराज नगरपालिका ८ पतपर बस्ने ४० वर्षीय राजाराम पासीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

डडेल्धुराको अमरगढी नगरपालिका ७ भमाडीस्थित सडकमा बेलापुरबाट सदरमुकाम डडेल्धुरातर्फ जाँदै गरेको से.१ च २०६७ नम्बरको कार अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अमरगढी नगरपालिका ७ बस्ने ५० वर्षीय केशब भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ । 

दैलेखको आठबिस नगरपालिका ३ धौलाकोटस्थित सडकमा भे.६ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका ४ स्यालागाउँ बस्ने २२ वर्षीय दिपेन्द्र शाहीको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल सुर्खेतमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सर्लाहीको बरहथवा नगरपालिका १५ हरपुर्वास्थित सडकमा हरपुर्वाबाट पिपराभित्तातर्फ जाँदै गरेको अ.प.अ. १०३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बरहथवा नगरपालिका ५ बस्ने १७ वर्षीय राज कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । 
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुनसरीको धरान नगरपालिका १३ स्थित सडकमा प्रदेश १–०२–००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश १–०२–०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका २० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिजयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसैगरी सुनसरी, हरिनगरा गाउँपालिका २ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका १ बस्ने ५० वर्षीया दुखनी देवी दासको बुधबार बेलुकी मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसैगरी सुनसरीकै कोशी गाउँपालिका २ साह टोलस्थित सडकमा मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मालती देवी साहको बुधबार बेलुकी मृत्यु भएको छ ।  ठक्कबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रूपन्देहीको तिलोत्तमा नगरपालका १५ कोटिहवास्थित सडकमा भैरहवाबाट बुटबलतर्फ जाँदै गरेको लु.३२ प ९२९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका १३ नयाँगाउँ बस्ने ४० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।  कञ्चनपुरको भिमदत्त नगरपालिका ४ ब्रह्मदेब हाइवे जिरो प्वाईन्टस्थित सडकमा म.१ प ११४५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका ५ बस्ने ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले म.२ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका म.२ प ७२७१ नम्बरको  मोटरसाइकल चालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बस दुर्घटना हुँदा १७ जना घाइते

बारा । बारामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। मंगलबार बिहान करिब १० बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भुलहीमा बस पल्टिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । भैरहवादेखि वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिएको हो । उक्त बसमा २२ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । ७ जनाको अवस्था मध्यम र ७ जना सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको लागि बयोधा अस्पताल वीरगन्‍ज पठाइएको छ। बसका चालक चितवनका ३० वर्षीय सागर न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु  भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुर्खेतको बिरेन्द्रनगर नगरपालिका १४ रातानाङला मोडस्थित सडकमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे.१ च २५६० नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार अन्य २ जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।  मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा।६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कारमा सवार मनहरी गाउँपालिका ८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपालीसमेत ३ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सहकारी अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटस्थित सडकमा गोठलापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरकोजिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने २१ वर्षीया मिना जोशीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका १४ भाटभटेनी नजिकै सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स. ७ प ४३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदाचालक उदयपुर बेलकानगरपालिका १ बस्ने ५० वर्षीय सचितानन्द चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बाँकेको डुडुवा गाउँपालिका ४ मलई पुरूवास्थित सडकमा भे.१ त ३२३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदाचालक सोही गाउँपालिका ४ साहपुरूवा बस्ने ३८ वर्षीय नरेश खटिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  पर्साको वीरगंज महानगरपालिका १४ नहरको बाटोमा गणडकबाट बारातर्फ जाँदै गरको ना. १६प३४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीबारा परवानीपुर गाउँपालिका(५ बहुअरी टोल बस्ने ३७ वर्षीय देव कुमार पटेलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको  प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए। गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो। उनका दुई छोरा र एक छोरी छन्। मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।

लोकप्रिय