विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह

विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह

गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्। 


साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

null
 

फेसबुकबाट हटेको बालेनको स्टाटस रिकभर

काठमाडौं । एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्वीरसहित काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमा राखेको स्टाटस रिकभर भएको छ ।  बालेनको सो तस्वीरसहितको स्टाटस नेगेटिभ रिपोर्टपछि फेसबुकले हटाइदिएको थियो । तर, फेसबुकले नै सो स्टाटस शुक्रबार रिकभर गरिदिएको हो ।  एमाले समर्थकहरूको रिपोर्टमा फेसबुकले सो स्टाटस हटाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज अनफलो अभियान नै चलाइएको थियो । यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए। । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् । बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।

अखिल क्रान्तिकारी नवलपरासीको अध्यक्षमा मानस बिक्रम क्षेत्री

नवलपरासी। नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी नवलपरासी जिल्लाको १७ औं जिल्ला सम्मेलनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले मानस बिक्रम क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुशील प्रसाद पन्थी, नेहा कुमारी हरिजन, सचिव दयानन्द हरिजन , सहसचिव सितमती हरिजन  मुकेश गुप्ता र कोषाध्यक्ष ऋषि खनाल निर्वाचित हुनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्दबारे सामान्य प्रशासन मन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गर्नुभएको छ । बिहीबार (आज) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाउनुभएको छ । राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै सांसद राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ माग गर्नुभएको हो ।  संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरिएको थियो । यूएसडएडको कार्यक्रममा भाग लिन एक दर्जन अधिकारी अमेरिका जाने कार्यक्रम तय भएको थियो।

एक महिना लामो गुँला पर्व आज सकियो

काठमाडौं । एक महिना लामो गुँला पर्व आज(बुधबार)विधिवत रुपमा सम्पन्न भएको छ ।गुँला पर्व कै अवसरमा लक्ष्य चैत्य निमार्ण गरेर गरिनै बौद्ध पूजा समेत सम्पन्न भएको छ । महिनाभर कालो माटोलाई साँचोमा ढालेर बनाएका हजारौं मूर्तिहरु लक्ष्य चैत्य बनाएर पूजापाठ गरिसकेपछि नदी खोलामा विर्सजन गरेर समापन गरिएको हो । मानन्धर समुदायको कन्या खुवाउने गुथीले पनि २५ हजार भन्दा बढी मूर्ति र चैत्यहरु बनाएर विशेष पूजापाठ पछि लाजिम्पाटको नीलसरस्वती मन्दिर नजिकको टुकुचा खोलामा साँस्कृतिक वाजागाजाका साथ विधिवत रुपमा विर्सजन गरेको हो । विशेषगरि बौद्ध धर्मावलम्वीहरुले गुंला पर्वमा महिनाभर सात्विक भोजन गरि विहान सवैरै उठेर मूर्तिहरु बनाई महायान र वज्रयान बौद्ध परम्परा अनुसार पूजापाठ गर्ने परम्परा रहेको छ । परिवारका सदस्यहरु लगायत गुथीका सदस्यहरु मिलेर मूर्ति बनाउने गरिन्छ । तथागत बुद्ध, बौद्ध चैत्य, लोकेश्वर, वोधिसत्व र तारा लगायतका मूर्ति समेत हरेक दिन बनाएर पूजा गर्ने परम्परा रहेकोछ । लक्ष्य चैत्य नदीमा विर्सजन गर्नु अघि घरमा बौद्ध पाठ र भजनहरु समेत गाउने गरिन्छ । यसरी मूर्ति बनाउने परम्परालाई नेपाल भाषामा ‘द्यो थायगु चिवा थायगु’ भनिन्छ । महिना भर बौद्ध विहार, बहा बहीहरुमा प्रज्ञापारमिता र नामसंंगीति पाठहरु समेत गरिन्छ ।

लोकप्रिय