पर्यटन क्षेत्रमा ३० वर्ष बिताएका विज्ञानका विद्यार्थी पाण्डेको टान हाँक्ने चाहना

पर्यटन क्षेत्रमा ३० वर्ष बिताएका विज्ञानका विद्यार्थी पाण्डेको टान हाँक्ने चाहना

काठमाडौँ ।गोरखा घर भई हाल काठमाडौँ बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय हुनुहुन्छ । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताउनुभएका उहाँ साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक बितेको छ ।

उहाँको अनुभवमा पर्यटन क्षेत्रले जुन गतिमा फड्को मार्नुपर्ने हो त्यो हुन नसक्दा नेपालको पर्यटन सम्भावना भएर पनि शिथिल भइरहेको छ ।

त्यसैले उहाँले यसपालि टानको नेतृत्व गरेर पर्यटन क्षेत्रको विकासमा लाग्ने सोच अघि सार्नुभएको छ । निरन्तरताका लागि पद ओगट्ने नभई साँच्चै केही गरेर देखाउने अठोटका साथ उहाँ टानको नेतृत्वमा होमिनुभएको छ ।  

देश विदेशको पर्यटन क्षेत्रको ज्ञान प्राप्त गर्नुभएका उहाँ परिवर्तित समय अनुसार पर्यटक क्षेत्रलाई अघि बढाउनका लागि राज्य र निजी क्षेत्रको सहकार्य जरुरी रहेको औँल्याउनुहुन्छ । 

पाण्डे यसरी लाग्नुभयो पर्यटन क्षेत्रमा 

गोरखाको भीमसेन गाउँपालिका ६ अस्राङका पाण्डे परिवारको कान्छो सदस्य हुन्ुहुन्छ ।  महान्यायाधिवक्ताको कार्यालमया खरदार  भएकाले बुबा काठमाडौँमा बस्नुहुन्थ्यो । त्यहाँ बेला उहाँको जन्म काठमाडौँमै भयो । उहाँका ३ दिदी छन् । विसं २०३३ सालतिर छुट्टाभिन्न भएपछि आमा गोरखा फर्कनुपर्ने भयो । काखे बालखा उहाँ आमासँगै जानुभयो ।
उहाँले सात कक्षासम्म अस्राङको चण्डी निमाविमा पढ्नुभयो । 

त्यतिबेला बोर्लांडमा प्रस्तावित मावि बनेको थियो तर उहाँ गोरखा सदरमुकाम पोखरीथोकमा रहेको शक्ति माध्यामिक विद्यालयमा ८ कक्षा भर्ना हुनुभयो । डेरा लिएर ३ वर्ष त्यहाँ पढेपछि २०४४ सालमा पहिलो डिभिजनमा पास गर्नुभयो । त्यसपछि अमृत साइन्स कलेज काठमाडौँमा २०४५ सालमा भर्ना हुनुभयो । 

त्यही बेला आमा विरामी हुँदाहुँदै पनि आइएससी सक्नुभयो । फिजिक्स पढेकाले इन्जिनियरतर्फ जाने चाहना भएकाले जुओलोजी भर्ना हुन त्रिचन्द्र गएर २०४९ सालमा विएससी सक्नुभयो । त्यसपछि कि भारत की अमेरिका जानुपर्ने अवस्था आयो । त्यो बेला नेपालमा त्यो एड्भान्स कोर्स आइसकेको थिएन । 

त्यही कारण उहाँ पर्यटक क्षेत्रसँग जोडिनुभयो । अनुभव नहुँदानहुँदै जोडिँदा उहाँसँग दुई कुराको ज्ञान भने थियो । उहाँ भन्नुहुन्छ, “एउटा पठाई साइन्स परेको र अर्को ट्रेकिङ रुटको बारेमा भौगोलिक अवस्था बारे पढाइकै सिलसिलामा जानकारी लिएकाले समस्या भएन । कहाँ कति हाइट, कहाँ डाँडा, कहाँ खोला छ? भन्ने कुरा मलाई सजिलै थाहा भयो ।” 

शुरुमा काम गर्दागर्दै पर्यटन व्यवसायीकै रुपमा प्रवेश गर्नुभयो । पाटनरसीपमा ३ वर्ष काम गर्नुभयो । त्यसपछि साथीहरुसँग स्वभाव मिलेन । संस्थागत विकास भए दीगो हुन्छ भन्ने चाहना उहाँको थियो । त्यसपछि सन् १९९८ मा हिमालयन ग्लासियर ट्रेकिङ भनेर शुरु गर्नुभयो । व्यापार सम्बन्ध बनाउँदै अघि बढ्दा २००३ मा होटल इन्काउन्टर खोल्नुभयो ।

मान्छेलाई खाने र बस्ने त अपरिहार्य हो, चाहे महँगोमा या सस्तोमा खाओस्÷सुतोस् भन्ने सोचले उहाँ होटलमा प्रवेश गर्नुभएको हो । फुपुको छोराले पनि पर्यटन र एकाउन्टेन्ट पढेको हुनाले उसँगै कम्पनी चन्दै आयो । अहिले २४ वर्ष भइसकेको छ होटल र हस्पिटालिटीको विकास गरेर सेवा दिन थाल्नुभयो । 

कोभिडपछि मान्छे निरास थिए । पर्यटन क्षेत्रमा लगानी ठिक होइन भन्नेमा थिए । “मलाई अवसरहरु क्राइसिसमै हुन्छ, हामीले देख्ने या नदेख्ने भन्ने चाहिँ ठुलो हो, सोचाई फरक हुनसक्छ, तर हामीले केही गर्न सकिन्छ भन्ने सोचपछि ठमेलमा पुरानो बिजनेश थियो । म्यानेजमेन्ट हुन सकेको थिएन मैले  टेकअप गरेर काठमाडौँ ग्रिल रेष्टुरेन्ट एण्ड वाइन बार भनेर फष्ट क्लासको रेष्टुरेन्ट शुरु गरेको हुँ”, उहाँले अनुभव सुनाउनुभयो । त्यसमा कोठाहरु पनि १५, १६ वटा छ । यसरी हेर्दा उहाँले ३० वर्ष पर्यटन क्षेत्रमा बिताइसक्नुभएको छ । 

टान नेतृत्वमा किन ?

अहिले चनुावको कुरा हेर्दा ट्रेकिङ व्यवसायीहरको छाता संगठन हो टान । १५ सय जति सक्रिय सदस्यहरु नै भएको संस्था हो । यी संस्थाहरुको हकहितका लागि सबै व्यवसायीको साझा आवश्यकता र समस्यालाई कसरी आफ्नो तर्फबाट र राज्यसँग जोडिएका प्रश्नको समाधान गर्न सकिन्छ भन्नका लागि संस्था खुलेको हो । 

उहाँका अनुसार समय जसरी परिवर्तन भएको छ, व्यापारको मोडालिटी, उपभोक्ताको बानी बेहोरा रुचि, ट्राभल गर्ने तरिकाहरु परिवर्तन भएको छ । नेपालमा नीतिहरु समय सापेक्ष परिवर्तन नहुँदा समअनुकुल प्रतिफल दिने अवस्था नरहेको उहाँ सुनाउनुहुन्छ । 

उहाँ विगतमा सन् २०१३–१५ को महासचिव भएर काम गर्नुभयो । सन् २०१५ को अध्यक्षको प्रतिष्पर्धी पनि हुनुहुन्थ्यो ।

पछिल्लो सममयमा उद्योगको एक हिसाबले गार्जेनसिपमा आइसकेको हुनाले आफूले प्राप्त गरेको ज्ञान सिप र अनुभवका कारण नेतृत्वमा जाउँ भन्ने सोच पलाएको उहाँ बताउनुहुन्छ ।
धेरै उद्योगीहरुको भनाइमा अहिलेसम्म हेर्दा टानको नेतृत्वको निरन्तरता मात्रै भयो भन्ने आइरहेको पनि छ । उहाँ भन्नुहुन्छ, “मेरो व्यक्तिगत रुपमा टानका पुर्वअध्यक्षहरुले केही पनि गर्नुभएन भन्ने होइन । तर पछिल्लो समयमा राज्यले पनि आर्थिक अवस्थालाई माथि लैजान पर्यटनको विकास गर्नुपर्छ भन्ने अवधारणा पनि जवरजस्त उठेको छ ।” 

उहाँका अनुसार आम नागरिकले पनि बुझेको अवस्था छ पछिल्लो समयमा नेपाली पनि पर्यटकका रुपमा बाहिर धेरै जाने गरेका छन् । त्यसकारण समय सापेक्ष जुनरुपमा प्रतिफल पाउनुपर्ने हो पाउन नसकिएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार चुनौती टान एक्लैले सामना गर्न सक्ने होइन । उहाँको चाहना भने पर्यटन क्षेत्रमा लागेका सबै संघसंस्थालाई एक ठाउँमा ल्याउने र त्यसको नेतृत्व टानले गर्ने अनि समस्या सधानका लागि राज्यलाई झक्झक्याएर पूरा गर्न राज्यलाई बाध्य पार्ने रहेको छ । त्यसकारण यो चुनावमा समग्र पर्यटन विकास र व्यवसायमा जोडिएका समस्या समाधान गर्न ढिला गर्न नहुने उहाँ बताउनुहुन्छ ।

राष्ट्रिय एयरलाइन्सलाई सुधार गर्नैपर्छ 

उहाँका अनुसार अर्काे कुरा कुनै पनि पर्यटन विकासको आधारभूत विषय भनेको त्यो देशको राष्ट्रिय एयरलाइन्स हो । नेपालको सन्दर्भमा नेपाल एयरलाइन्स हो । आज हाम्रो एयसलाइन्को अवस्था के छ ? “नयाँ मन्त्री आयो एयरलाईन्सले यती फाइदा गर्यो । यो स्थापना एक दुई अर्ब फाइदाका लागि हो की समग्र पर्यटन विकासका लागि अघि बढाउन भएको हो । भने आज स्थापना ५० वर्ष बढी भइसकेको छ । विकास राम्ररी हुन सकेको छैन । त्यसैले यसको विकास नभई पर्यटन विकास सम्भव छैन”, उहाँले भन्नुभयो । 

अर्काे राज्यको पनि समस्या हो । हामी हतियार उत्पादन गर्दैनौँ, सफ्वेयर छैन । कृषिमा पराश्रित छौँ सबै हेर्दा राज्य आर्थिक रुपमा पछि परेको  उहाँको बुझाइ छ । त्यसकारण वर्षमा ३० लाख पर्यटक भित्र्याउन के गर्ने भनेर लाग्न जरुरी छ । त्यसका लागि उहाँको बुझाइ नेपाल एयरलाईन्सको व्यवस्थापमा आमूल परिवर्तन गर्न जरुरी छ ।
जुन रुपमा एयरलाइन्सको विकास भएको छैन त्यहाँ पक्कै समस्या छ । थाइ र नेपाल एयरलाइन्स एकै समयमा स्थापना भएको हो । थाई कहाँ पुग्यो । त्यसकारण प्राइभेट सेक्टरको राज्यलाई दवाव दिनै जरुरी छ । नेपाल एयरलाईसनको व्यवस्थापन पुनसंरचना गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँ अब विश्वको ख्यातीप्राप्त एयरलाईसनको म्यानेजमेन्टलाई निश्चित वर्षरम्म जिम्मेवारी दिन जरुरी छ भन्नुहुन्छ । अब पोखरा, भैरहवा विमानस्थल बन्यो । अन्तरराष्ट्रिय प्mलाइट आएको छैन । भारतले कति बोइङ अडर गरेको छ एयरबस मागेको छ । अब न्युयोर्कबाट काठमाडौँमा अवतरण गर्ने बेला हो नी त । धेरै कुरा छ त्यसैले समय सापेक्ष काम गर्न सकिएको छैन । यी यावत कुराहरु डिल गर्न लिडरसिप प्रमुख कुरा भएको उहाँले सुनाउनुभयो । पाण्डेले थप्नुभयो, “त्यसका लागि अहिले आफूलाई उभ्याएको छु । सबै कुरा हेर्दा लिडरसिपको क्षमता भिजन, डिलिङ क्षमता पनि हुन्छ । ती कुरा महत्वपूर्ण हो पदीय जिम्मेवारी मात्रै ठूलो कुार होइन । संस्थालाई समय दिनुपर्ने पनि हुन्छ । यी सबै कुराको व्यवस्थापन गर्दै आफूले यो अभियानमा उभ्याएको छु । साथीहरुले त्यो बुझ्नुभएको छ र स्वविवेक प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ ।”

नयाँ पुस्तालाई के सुझाव छ ?

उहाँ आफ्नो सफलता भनेको परिवार र आफैँलाई दिनुहुन्छ । क्रियाशिलता सिर्जनशिलता नै सफताको कारण हो । असजिलो अवस्थामा नआत्तिने र सफलता प्राप्त गर्दा नमात्तिने स्वभावका पाण्डे सफलताको सुत्र मान्नुहुन्छ । व्यापारमा सबैभन्दा ठूलो कुरा इमान्दारिकता भएको उहाँ बताउनुहुन्छ । 

उहाँ भोलि पर्यटन क्षेत्रमा आउने पुस्तालाई पर्यटनका धेरै आयाम भएकाले जसरी विकास हुनुपर्ने हो नुहँदा युवा पुस्ता फ्रष्टेड भइसकेका बताउनुहुन्छ। ती समस्या समाधान गर्न सके ठूलो संख्यामा लाभ पाउने अवस्था रहेको तर अहिले भारत चीनबाट पर्यटक आउने अवस्था धेरै रहेको छ । अब हामीले गर्नुपर्ने दुई कुरा छन् । एउटा प्राकृतिक कुराको संरक्षण गर्दै हस्पिटालिटीको नयाँ आयम खोज्ने र अर्काे कृत्रिम सम्भावनाहरु पनि खोजनुपर्ने हुन्छ । 

उहाँ पर्यटकको आआफ्नै चाहना छ । अबको क्रस बोर्डर पर्यटन भनेको हस्पिटालिटी पर्यटन हो भन्नुहुन्छ । नाइट लाइफ । ४, ५ घण्टामा पटनाबाट आइपुग्छ । २ रात बस्छ, घुम्छ, स्टे, बार क्यासिनो गर्छ । 

“न्युयोर्क मान्छे किन जान्छ ? त्यही टाइम्स स्क्वायरको फोटो खिच्न, लिवर्टी आइल्याण्ड घुम्न जाने होइन । अब हाम्रो तराइको त्यत्रो भाग खाली छ । त्यहाँ हामीले सुन्दर टाउनको कम्पना गरौँ त । नमूना बनाऔँ न, पर्यटक आइहाल्छन् नी । अहिलेसम्म प्राकृतिक आफैँमा राम्रो छ । तर सबै त्यसका लागि मात्रै आउँदैनन् ।”

त्यसैले पर्यटक विकासमा नयाँ आयाम छ । राज्यले निजी क्षेत्रलाई लगानी गर्ने वातारण बनाइदिनुपर्छ । नेपालमा जग्गाको मूल्यका कारणले लगानी गर्न गाह्रो छ । न्युयोर्क र यहाँको जग्गा हेर्ने हो भने यहाँ ३ गुण बढी महँगो रहेको उहाँले बताउनुभयो । 

पर्यटन क्षेत्रमा सामाजिक सञ्जाल

उहाँका अनुसार अहिले ज्ञान र प्रविधि विश्यव्यापी छ । अब हामीले त्यसबाट लाभ लिने पर्छ । परिवर्तन गर्न गाह्रो छैन । 

जसरी सामाजिक जीवनमा सोसल मिडिया वा डिजिटल मार्केटको प्रभाव छ । पर्यटन क्षेत्रमा झन् बढी छ । मान्छेको जीवन नै स्मार्ट फममा गैसक्यो । लेख पढ्न पर्यो भने पत्रिका पढ्ने हो समाचारका लागि पत्रिका किन पढ्नुपर्यो ।

रियल टाइममा समाचार आउँछ । अहिले त एआई आइसक्यो । हामी हिजोकै मोडालिटीमा विजनेश मार्केटिङ गर्छु भनेर त सम्भव नहुने उहाँ बताउनुहुन्छ ।
 

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवस–२०८३: गणतन्त्रको रक्षा, सामाजिक न्याय र समृद्धिका लागि प्रचण्डद्वारा एकतामा जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएकाे छ ।  गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएकाे छ ।  उहाँले संविधानले सुनिश्चित गरेको गणतान्त्रिक व्यवस्था कुनै व्यक्ति वा राजनीतिक दलको मात्र नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताउनु भएकाे छ । संविधानको मूल मर्मबाट पछि हट्ने वा लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले परिवर्तनका उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा विद्यमान परम्परागत परिपाटी तथा स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाेएकाे छ । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ छ। सन्देशमा उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा दोहोर्‍याउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धितर्फ अग्रसर गराउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताउनु भएकाे छ।  राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउनु भएकाे छ।  उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली जनतामा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ। 

लोकप्रिय