त्रिशूली दुर्घटनामा घाइते भएका ३९ यात्रु, कस्को अवस्था कस्तो ? (विवरणसहित)
काठमाडौं ।धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित त्रिशूली नदीमा बुधबार बिहान बस खस्दा घाइते भएकाहरूको सनाखत भएको छ। तर मृत्यु भएका ७ जनाको भने पहिचान हुन बाँकी छ।
दुर्घटनामा घाइते ३९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो।
कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यस्तो छ घाइतेको विवरण
भारत उत्तर प्रदेश सिदार्थ नगर करोन्दा मयिनाथ मा बस्ने वर्ष ३० को टिकुरी चौधरी (टाउकोमा चोट, अवस्था मध्यम), क्यानडा बस्ने विदेशी नागरिक महिला (अवस्था मध्यम), काभ्रे पाँचखाल नगरपालिका बस्ने ३४ वर्षका सुरेश सुनार (खुट्टामा चोट,अवस्था सामान्य), सोही स्थानका २१ वर्षीय रविप्रसाद राजपुत (अवस्था मध्यम), रुपन्देहीकी ५६ वर्षीया शान्ति पौडेल (टाउको र हातमा चोट, अवस्था मध्यम) को काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।
यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ६ बस्ने वर्ष ३५ को सैयाद आमद अलि (मुख हातमा चोट अवस्था सामान्य), पोल्यान्डका ४१ वर्षीय टावेल (टाउकोमा चोट,अवस्था मध्यम), काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष ५४ को जनक बन्जारा (ढाँड काँधमा चोट, अवस्था मध्यम), रुपन्देही मधुवनी गाउँपालिका १ बस्ने वर्ष २५ को महमद आशिफ (अवस्था मध्यम), काठमाडौँ चन्द्रागिरि नगरपालिका १० बस्ने वर्ष ५१ को ध्रुव महर्जन (टाउको खुट्टा र ढाडमा चोट, अवस्था सामान्य)।
यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका १२ बस्ने वर्ष १८ का रामनिवास लोद (टाउकोमा चोट, अवस्था सामान्य(, सोही स्थानका वर्ष २२ का केदारनाथ लोद (टाउकोमा चोट, अवस्था मध्यम), वर्ष २२ का अशोक यादव (मुखमा चोट, अवस्था सामान्य) र भारत सिद्धार्थ नगर बस्ने वर्ष २७ को राकेश लोद (हातखुट्टामा चोट, अवस्था मध्यम) को पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।
यस्तै रुपन्देही गैडहवा ५ बस्ने वर्ष २८ को दिलीपकुमार चमार (बाँया हात दाहिने खुट्टामा चोट, अवस्था सामान्य), सोही स्थानका ५७ वर्षीय बाबुराम हजैम (बाँया हात दाहिने खुट्मा चोट, अवस्था सामान्य), काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २० को उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यमण, उनका बुवा वीरेन्द्रराज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यम) को धादिङको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
सोही अस्पतालमा उपचारत घाइतेहरूमा स्याङजा गल्याङ नगरपालिका २ घर भई हाल काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान वर्ष २६ का शिशिर न्यौपाने, सोही स्थानकी २८ वर्षीया कुसुम ढुङ्गाना, स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४७ को भविश्वर गैरे, प्युठान जिम्रुक ६ बस्ने वर्ष २१ को सञ्जय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ बस्ने वर्ष २६ का सोनाम डोल्मा शेर्पा छन्।
यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका बस्ने १८ वर्षका बलिराम लोद, सोही स्थानका ७ वर्षीय मुक्तिनारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, वर्ष ५ की काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिकाकी ३५ वर्षीया निर्मला नाँउ, रुपन्देही संस्कृति नगरपालिका ४ का ३१ वर्षीय अबदुल्ला मुसलमान, भारत उत्तर प्रदेश बगनाउ पत्थरावा बस्ने ३८ का अक्लेशकुमार बानियाँ, काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २९ का विराज लामा, सिन्धुपाल्चोक तातोपानी ९ बस्ने वर्ष ४७ का गगन लावाङ सेन्दुक शेर्पा, रुपन्देही गैडहवा ५ बस्ने वर्ष १८ रमेश चमार पनि घाइते छन्।
यस्तै दुर्घटनामा सामान्य घाइते भएकाहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारत रहेको प्रहरीले जनाएको छ। जसमा रुपन्देहीको सिमारी २ बस्ने वर्ष ४० का ओमप्रकाश यादव, नवलपरासी सुनवल नगरपालिका ४ का वर्ष २३ को राजु नेपाली, रुपन्देही संस्कृति नगरपालिका ६ का वर्ष ३० का अबिबुल्ला मुरुल, बुटवलका २३ वर्षका दया बानियाँ र पाल्पा रम्बादेवीका १८ वर्षीय नविन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको धरान नगरपालिका १३ स्थित सडकमा प्रदेश १–०२–००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश १–०२–०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका २० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिजयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी, हरिनगरा गाउँपालिका २ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका १ बस्ने ५० वर्षीया दुखनी देवी दासको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीकै कोशी गाउँपालिका २ साह टोलस्थित सडकमा मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मालती देवी साहको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्कबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालका १५ कोटिहवास्थित सडकमा भैरहवाबाट बुटबलतर्फ जाँदै गरेको लु.३२ प ९२९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका १३ नयाँगाउँ बस्ने ४० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका ४ ब्रह्मदेब हाइवे जिरो प्वाईन्टस्थित सडकमा म.१ प ११४५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका ५ बस्ने ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले म.२ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म.२ प ७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बस दुर्घटना हुँदा १७ जना घाइते
बारा । बारामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। मंगलबार बिहान करिब १० बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भुलहीमा बस पल्टिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । भैरहवादेखि वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिएको हो । उक्त बसमा २२ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । ७ जनाको अवस्था मध्यम र ७ जना सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको लागि बयोधा अस्पताल वीरगन्ज पठाइएको छ। बसका चालक चितवनका ३० वर्षीय सागर न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सवारी दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका १४ रातानाङला मोडस्थित सडकमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे.१ च २५६० नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार अन्य २ जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा।६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कारमा सवार मनहरी गाउँपालिका ८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपालीसमेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सहकारी अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटस्थित सडकमा गोठलापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरकोजिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने २१ वर्षीया मिना जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका १४ भाटभटेनी नजिकै सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स. ७ प ४३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदाचालक उदयपुर बेलकानगरपालिका १ बस्ने ५० वर्षीय सचितानन्द चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बाँकेको डुडुवा गाउँपालिका ४ मलई पुरूवास्थित सडकमा भे.१ त ३२३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदाचालक सोही गाउँपालिका ४ साहपुरूवा बस्ने ३८ वर्षीय नरेश खटिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपालिका १४ नहरको बाटोमा गणडकबाट बारातर्फ जाँदै गरको ना. १६प३४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीबारा परवानीपुर गाउँपालिका(५ बहुअरी टोल बस्ने ३७ वर्षीय देव कुमार पटेलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए। गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो। उनका दुई छोरा र एक छोरी छन्। मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।