यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुनुहुने भएको छ ।

भदौ २० गते (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई सो महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निर्णय गरेको हो ।

आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले विमस्टेक कृषिमन्त्री स्तरीय र कृषि सम्बन्धि उच्च पदाधिकारीहरुको तेस्रो बैठक आगामी २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रश्ताव पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले एशीिाली विकास बैकबाट सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन करिव १५ अर्व २९ करोड सहुलियतपूर्ण ऋया सहायता स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी संचय कोषको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समितिका रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनित गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

सरकारले नेपाल इन्जिनियरिङ परिषदको रिक्त सदस्यमा विनोदबहादुर पाल सुदूरपश्चिम, अम्बिका महत कर्णाली प्रदेशबाट, लेखनाथ पाण्डेय लुम्बिनी प्रदेशबाट, डा। राममणी अधिकारी गण्डकी प्रदेशबाट, निर्जला श्रेष्ठ चौधरी बागमती प्रदेशबाट, श्यामकिशोर यादव मधेस प्रदेशबाट र लैला श्रेष्ठ कोशी प्रदेशलाई मनोनयन पनि गरेको छ ।

त्यसैगरी बाल सुधार गृह भक्तपुर, मोरङ र कास्कीको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्युनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूनिसेफबीच भएको सम्झौताको अवधि हाललाई २०८१ साल पुस मसान्तको लागि थप गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ । प्रवक्ता गुरुङले सरकारले अख्तियार दुरुपयोेग अनुसन्धान आयोगलाई ग्लोबल ओपरेशनल नेटवर्क अफ एन्टि करप्शन ल इन्फोर्समेन्ट अथोरिटिज अफ ग्लोवल नेटवर्कको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान पनि गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले लहान–सुखीपुर १३२ केभी प्रशारण लाईन आयोजना तथा आयोजना अन्तर्गत १ सय ३२ केभीको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिव ८ बिगाहा जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, नेपालगञ्ज–नानपारा १३२ केभी प्रशारण लाईन आयोजनालाई बाँके जिल्लामा प्रशारण लाईनको टावर प्याड निर्माणको लागि करिव २ बिगाहा जग्गा प्राप्ति गर्न सोही मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

संसद् बस्नुअघि विपक्षी दलहरूले साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने जानकारी गराउनुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको छ । संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको थियो । ‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ । हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भन्नुभयो, ‘राष्ट्रविरोधी क्रियापकलाहरू, देशमा आर्थिक संकट झन चर्काउनका लागि अरबौं अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रुपमा अगाडि बढाउने कोसिस पनि गरेका छौं ।’

समाजवादी मोर्चाले वृहत् अन्तरक्रिया गर्दै

काठमाडौं । चार दलको समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । यसअघि बुधबारका तय गरिएको कार्यक्रम एक दिन अघि मंगलवारका लागि सारिएको हो । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने जानकारी दिनुभयो। वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेका छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।  

आफ्नै देशमा पौरख गरौं : अध्यक्ष प्रचण्ड

तेह्रथुम, लसुने १४ माघ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्ति विदेस पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो । उहाँले भन्नुभयो -'मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ ।म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरुलाई , हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनि , आफै आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेस पठाउन हतार नगरौं ।' अध्यक्ष प्रचण्डले थप्दै भन्नुभयो-' विदेसमा पनि टुंग्गो छैन । काहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौ प्रवासीलाई विस्तापित गरिदै छ । कतिबेला हजारौ नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुंग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।' देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको  र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो ।हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत  र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं । हामी नेपाली । त्यसमा पनि कोशी प्रदेश देशको अन्य क्षेत्र भन्दा आर्थिक, र उत्पादक शक्तिको अलिक राम्रो विकास भएको ठाउँ हो ।यहाँ राजनीतिका चेतना र पहिचानको निम्ति , आत्म सम्मानको निम्ति पटकपटक संर्घष भएको ठाउँ हो र अहिले पनि यस क्षेत्रका जनताले संविधानलाई उत्पिडित जाति क्षेत्र, धर्म लिङ्गका समुदायको हक अधिकार र पहिचानलाई संविधानमा अझ राम्रोसँग स्थापित गर्न पर्यो ।आवाज उठाउने क्षेत्रको हो ।हामीले कोशिस गरेका छौं । संविधानमै भएको राम्रा व्यवस्था समेत कार्यान्वयन भएको छैन । यहाँ उठिराखेको आवाजले संविधानमा सकारात्मक संसोधन गर्न मदत गर्नेछ ।यो देश यो क्षेत्र सबै हिसाबले प्राकृतिक स्रोत र साधन, जनशक्तिले यहाँ उत्पादन हुने उत्तिस ,अमलिसो अलैचि अदुवा उत्पादन हुन्छ । हावापानी पनि राम्रो यही मिहनेत गर्यो भने विदेसमा भन्दा पनि राम्रो कमाउन सक्छौं । देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ । तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकास मार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो हामी प्रति देश र माटो प्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफै आत्मनिर्भर हुने काम गर्छ ।'  अध्यक्ष प्रचण्डले आफु भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिनुभयो  उहाँले भन्नुभयो -'तपाईहरुले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भैराखेको छु ।देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिडेको छु ।मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे ।  यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरु सबैका साझा हुन भन्ने स्थापित गर्नुभयो । यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रम मार्फत एउटा सन्देश दिन तपाईहरु माझ उभिएको छु ।'

अध्यक्ष प्रचण्ड तेह्रथुममा

तेह्रथुम । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम पुग्नुभएको छ । पार्टीका उपमहासचिव वर्षमान पुन सहित आज र भोलिका विभिन्न कार्यक्रममा सहभागी हुने गरी अध्यक्ष प्रचण्ड तेह्रथुम पुग्नुभएको हो । अध्यक्ष प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जानुहुने छ । आठराईमा अध्यक्ष प्रचण्डले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।  हाल आठराई गाउँपालिका-३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लाग्नुभएको हो । सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नुहुने छ । त्यहाँ खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

लोकप्रिय