यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य, यस्ता छन् विषेशता

यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य, यस्ता छन् विषेशता

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरपतुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ । भ्रमण वर्षमा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरू यस प्रकार छन् ।

१. मेघौली

null

चितवन राष्ट्रिय निकुञ्ज र दुई ठुला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको सुन्दर पर्यटकीय नगरी मेघौली नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुवात गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार हो । भरतपुर चौबीसकोठीदेखि २५ कि.मी. पश्चिमतर्फ वडा नं. २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो । चार वटा सामुदायिक वनमा पाइने दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ्ग, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्तीसयर, डुङ्गा सयर, मचान स्टे, जङ्गलवाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् । हवाइमार्ग, स्थलमार्ग तथा जलमार्गबाट सजिलै पुग्न सकिने मनोरम पर्यटकीय स्थल मेघौली सर्वप्रथम हात्तीपोलो खेलिने स्थानको रूपमा संसारभरि नै परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज, गोलाघाट, भोजबाबा आदि नजिकैका महत्वपूर्ण गन्तव्यहरू हुन् । समुद्री सतहदेखि २२५ मी. उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टेदेखि सुविधा सम्पन्न आरामदायी होटलको व्यवस्था छ ।

२. पटिहानी

null

भरतपुर-कसरा मार्गमा वडा नं २२ स्थित कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरूले पर्यटकलाई भरपूर आनन्द प्रदान गर्दछन् । गोही प्रजनन केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरू यसका नजिकै रहेका आकर्षण हुन् । सुविधासम्पन्न होटल स्थापना भएको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक तथा सांस्कृतिक आनन्द प्राप्त गर्न सक्दछन् । नेपाल सरकारद्वारा १०० औँ गन्तव्यमा सूचीकृत पटिहानी पर्यटन क्षेत्रमा निर्मित अम्ब्रेला टावर मानवनिर्मित थप आकर्षण भएको छ ।  निर्माणाधीन अम्ब्रेला स्ट्रिट अन्तर्गत करिब ४५० ओटा फाइवरका छातामुनिबाट १२० मिटर पैदल यात्रा गर्दा पर्यटकहरूले फरक अनुभूति प्राप्त गर्दछन् । भ्युपोइन्ट, सेल्फीगेट, रेस्टुरेण्ट, शौचालय, पार्किङ्ग, आवास लगायतका सेवाहरू उपलब्ध यस गन्तव्यमा पर्यटकहरूले प्राकृतिक वातावरणमा मनोरम  आनन्द प्राप्त गर्दछन् ।

३. देवघाटधाम

null

भरतपुरदेखि ६ कि.मी. उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम धार्मिक महिमा बोकेको पवित्र स्थल हो । समुद्री सतहबाट २०० मी. देखि ५७५ मी. सम्मको उचाइमा अवस्थित देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहूँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् । वशिष्ठ ऋषि, राजा मणि मुकुन्द सेन, प्रताप शाह, लेखनाथ पौड्याल, सिद्ध गलेश्वरबाबा जस्ता हस्तीहरूले जपतप गरी सिद्धि प्राप्त गरेको यस पुण्यभूमिको बारेमा हिमवत्खण्ड नेपाल माहात्म्यमा महादेव शङ्कर आफ्ना गणहरूका साथ यसै क्षेत्र बसेको कुरा उल्लेख छ ।

४. ज्ञानेश्वर ब्लक

null

ज्ञानेश्वर, सेतीदेवी, मझुवा र सिद्धिगणेश गरी ४ वटा सामुदायिक वन रहेको ज्ञानेश्वर ब्लक भरतपुरदेखि १० कि.मी. पश्चिममा अवस्थित छ । नारायणगढबाट १ घण्टामा डुङ्गा सयर गरेर पुग्न सकिने रमणीय क्षेत्र ज्ञानेश्वर ब्लक नारायणी नदीको किनारमा स्वच्छ एवम् शान्त रूपमा पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसेको छ । ¥याफ्टिङ्ग, जङ्गल वाक, जिप ड्राइभ, मचान स्टे, पिकनिक स्पोट, वन्यजन्तु उद्धार केन्द्रमा संरक्षित मृग, अजिङ्गर, दुम्सी, बाँदर, गिनिपिग, अस्ट्रिज, लाटोकोसेरोसहितको सानो चिडियाखाना तथा स्थानीय संस्कृति अवलोकन यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मयुर, गिद्ध आदि विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिने यो क्षेत्र खुला चिडियाखानाको रूपमा विकास भैरहेको छ । यसै गरी निकटमै रहेको तीर्थस्थल शिवघाटमा रहेको शिव मन्दिर पाल्पाली राजा मुकुन्दसेन प्रथमले स्थापना गरेका थिए जहाँ पशुपतिनाथ, महादेव, सीताराम आदि मन्दिर रहेका छन् । यहाँ महाशिवरात्रीमा भक्तजनको विशेष घुइँचो लाग्दछ ।

५. बीसहजार ताल

null

भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ कि.मी. पूर्व­दक्षिणमा अवस्थित बीसहजार ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण निर्माण भएको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकोले यसको बीसहजार ताल नामकरण गरिएको हो । विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । सौराहाको टिकौली सामुदायिक वनबाट जिप सफारी होस् वा वरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरू अवलोकन गर्न बीसहजार ताल क्षेत्र आकर्षण गन्तव्यको रूपमा परिचित छ । वन्यजन्तु कोरीडोर अन्तर्गत बरण्डाभार क्षेत्रमा पर्ने बीसहजार ताल क्षेत्र साल प्रजातिका विशाल वृक्षहरूका लागि प्रख्यात छ । चारभाइ साल, बेतघारी फरक फरक आकृतिका तालहरू, विभिन्न प्रजातिका वनस्पति, पुतली तथा माछाहरू, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् । पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचना केन्द्र निर्माण भैसकेको यस क्षेत्रमा सत्रहजार तालदेखि वाइसहजार ताल, रातमाटेताल, अठ्ठाइसहजारताल, मयुरताल, किङ्गफिसर ताल, दक्षिणकाली ताल, लक्ष्मीताल, बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन, जङ्गल वाक, बोटिङ्ग, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति अवलोकन गर्न सकिन्छ ।

६. नारायणी बिच क्षेत्र

null

नारायणी पुलदेखि गौरेश्वर मन्दिरसम्मको धार्मिक क्षेत्र, जोर कुसुम, नारायणी नदी तथा बालुवामा हुने समुद्री खेलहरू, दियालो बङ्गाला, महोत्सव स्थल यहाँका थप आकर्षण हुन् । महानगरद्वारा प्रस्तावित Water Park River Safari सहितको नारायणी बिच मोडलले मनोरञ्जनतर्फ उन्मुख पर्यटनका पारखीहरूलाई भरपूर आनन्द प्रदान गर्दछ । भरतपुर महानगरपालिका वडा नं. ३ कार्यालय नजिक निर्माण गरिएको सस्पेन्सन ब्रिज, आइलैण्ड, पिकनिक स्पोट, गैंडा, हरिणलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, बोटिङ्ग  यहाँका प्रमुख आर्कषण हुन् । काठमाण्डौ–पोखरादेखि हवाइमार्ग, मुग्लिङ वा त्रिवेणीधामदेखि जलमार्ग तथा सडकमार्गबाट सहजै पहुँच भएको यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई बसोवासका लागि भरतपुर तथा नारायणगढ बजारमा पर्याप्त आरामदायी होटलहरू रहेका छन् ।

७. चौकीडाँडा/कविलासगढी

null

भरतपुर महानगरपालिकाको नारायणगढ बजारबाट १८ किलोमिटर पूर्वमा रहको भोर्लेबाट करिब आधा घण्टा उकालोको पैदल यात्रापछि समुद्री सतहबाट ११०० मिटरको उचाइमा रहेको चौकीडाँडा पुग्न सकिन्छ । साथै पात्लेबास हुँदै पदमार्गको मध्मबाट चौकीडाँडा पुग्न सकिन्छ । यो मार्गबाट ६ किलोमिटर छ । यो महानगरपालिकाको २९ औँ वडा हो । भरतपुर महानगरको २९ वडा यस्तो ठाँउ हो जहाँ लालीगुँरास, सुनाखरी, सुनगाभा फुल्ने गर्दछन्। महानरपालिकाले चौकी डाँडालाई हिल स्टेशनको रुपमा प्रर्वधन गर्दैछ । राजसी हिमाली श्रंखलाका मनोरम चुचुराहरु, नारायणी नदीको घुमाउरो नागबेली र समथल मैदान हेर्ने स्थलको रुपमा चौकीडाँडा विकास भएको छ । यसै वर्षदेखि चौकी डाँडामा साहसी खेल प्यारा ग्लाइडिङको सुरुवात पनि गरिएको छ । यस साहासिक खेलको माध्यमले पनि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । भरतपुर महानगरपालिकाको ऐतिहासिक स्थल कविलासगढी चौकीडाँडाबाट पश्चिमतर्फ २ दशमलव ५ किलोमिटर दूरीमा पर्छ ।  कविलासगढीबाट सुन्दर र मनोरम स्थल दृश्यको रुपमा  भरतपुर बजार क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो ठाँउ गुरुङ जातिको घाटु नाँचको लागि प्रख्यात छ । लोप उन्मुख चेपाङ जातिको बासस्थन रहेको यस ठाँउमा चेपाङ संस्कृति पनि हेर्न सकिन्छ ।

यस्तै, महानगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यसँगै अन्य गन्तव्यहरु जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन् । त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र रहेको छ ।

माघी पर्व श्रम संस्कृतिबाट ओतप्रोत छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी पर्व श्रम संस्कृतिबाट ओतप्रोत रहेको बताएका छन् ।सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । सम्बोधन गर्दै प्रधानमन्त्रीले भने -‘नेपालका भूमिपुत्र थारू समुदायको आफ्नो मौलिक भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास छ, जुन इतिहास र संस्कृति प्राचीन उत्पादन सम्बन्धमा आधारित र श्रम संस्कृतिद्वारा ओतप्रोत मानिन्छ । अन्यन्तै कर्मठ र इमानदार जातिका रूपमा तपाईहरूले बनाउनुभएको छवि र पहिचानले नेपालका अन्य जाति जनजातिहरूलाई पनि श्रम संस्कृति र राष्ट्र निर्माणको पक्षमा सकारात्मक प्रेरणा र उर्जा प्रदान गर्दै आएको छ ।’ नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने उनले बताए । प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराए । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ।’’ सम्बोधनको पूर्णपाठ सर्वप्रथम थारू समुदायको मौलिक प्राकृतिक एवं सांस्कृतिक पर्व माघीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका थारू समुदाय लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका भूमिपुत्र थारू समुदायको आफ्नो मौलिक भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास छ, जुन इतिहास र संस्कृति प्राचीन उत्पादन सम्बन्धमा आधारित र श्रम संस्कृतिद्वारा ओतप्रोत मानिन्छ । अन्यन्तै कर्मठ र इमानदार जातिका रूपमा तपाईहरूले बनाउनुभएको छवि र पहिचानले नेपालका अन्य जाति जनजातिहरूलाई पनि श्रम संस्कृति र राष्ट्र निर्माणको पक्षमा सकारात्मक प्रेरणा र उर्जा प्रदान गर्दै आएको छ ।   तपाईहरूको संस्कृति र परम्परा कृषि एवं श्रम संस्कृतिमा आधारित रहँदै आएको छ, जसबाट देशको उर्भर भूमि अपार सम्भावनामा परिणत भएको छ । त्यसकारण पनि तपाईहरूको मेहेनत र परिश्रम सिङ्गो देश निर्माणको महत्वपूर्ण आधारशीला रहिआएको छ । त्यही संस्कृतिको प्रवर्धन र विकासको रूपमा आज हामी माघी पर्व मनाउँदैछौँ, जुन तपाईहरूको सबैभन्दा ठूलो पर्वसमेत हो । यस पर्वले तपाईहरूबीच संस्कृतिको प्रवर्धन, समुदायको उत्थान र विकास एवं सामाजिक र पारिवारिक एकता र पुनर्मिलनको राम्रो अवसर मात्रै जुराएको छैन, सिङ्गो देशलाई एकताको सुत्रमा बाँध्न, एक–अर्काको संस्कृतिप्रति सम्मान व्यक्त गर्न एवं आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीन र समृद्ध नेपाल निर्माणका निम्तिसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वमा प्रधानमन्त्री प्रचण्ड नेपालको राजनीतिक आन्दोलनमा थारू समुदायको महत्वपूर्ण योगदान रहँदै आएको छ । देशमा प्रजातन्त्रको स्थापना, निरंकुश एकदलीय पञ्चायती व्यवस्थाको अन्त्यका निम्ति मात्रै होइन, निरंकुश एवं सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा तपाईहरूको ठूलो सङ्घर्ष र बलिदान छ । सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि पनि आफ्नो पहिचान र अधिकारका निम्ति तपाईहरूले गर्नुभएको आन्दोलनले २०७२ सालमा जारी नयाँ संविधानलाई प्रगतिशील चरित्रको बनाउन बल पुगेको छ । तसर्थ, म यस ऐतिहासिक सन्दर्भमा लोकतन्त्र प्राप्तिको आन्दोलन, पञ्चायतविरोधी सङ्घर्ष, महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, थरूहट आन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । अधिकार प्राप्तिको आन्दोलनका सम्पूर्ण योद्धाहरूमा सम्मान प्रकट गर्दछु । नेपालको संविधानको भाग २७ को धारा २६३ मा संवैधानिक थारू आयोगको व्यवस्था गरी सोहीमुताबिक आयोग गठन भई आयोगले आफ्नो कार्यसम्पादन समेत गरिरहेको छ । थारू आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका शर्तहरू र आयोगको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्नका लागि व्यवस्थापिका संसदले थारू आयोग ऐन, २०७४ लागू गरिएको छ । ऐनको प्रस्तावनामा थारू समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नका लागि ऐन बनाइएको प्रष्ट रूपमा उल्लेख गरिएको छ । यो आफैमा महत्वपूर्ण उपलब्धी हो । थारू आयोगले थारूसम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा संचालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिरहेको छ । नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ । आजको यस ऐतिहासिक सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा व्यवस्था गरिएका अधिकारहरूको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक ढंगले प्रस्तुत हुन पनि म यहाँहरूमा अपील गर्दछु । अन्त्यमा, माघी पर्व २०८० ले थारू समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय सङ्कल्प र प्राथमिकतामा केन्द्रित हुन थप उत्प्रेरणा मिल्नेछ भन्ने विश्वासका साथ फेरि एकपटक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन (फोटोफिचर)

काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीको सम्बोधन चलिरहेको छ । राष्ट्रपति भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’ राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिएकी छन्। उनले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताएकी छन्। सरकारका नीति तथा कार्यक्रम सहि ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले नागरिकको सरकारका उदेश्य प्राप्तिमा सहयोग हुने विश्वास व्यक्त गरिन् । फोटोफिचर तस्बिर : प्रदीपराज वन्त (प्रधानमन्त्री सचिवालय)

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना (तस्विरहरू)

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावी रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू  

यसरी भयो मेलम्ची सुरुङको ब्रेक थ्रू, फोटोफिचर

मेलम्ची, चैत्र २९ । बुहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज अन्तिम ब्रेक थ्रू भएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको विशेष समारोहका बीचमा उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर विधिवत रुपमा सुरुङको बे्रक थ्रू भयोको हो । समारोहमा खानेपानी मन्त्री बीना मगरसहित मन्त्रालयका उच्च अधिकारी, अायाेजना प्रमुखसहित ठूलाे संख्यामा स्थानीयकाे पनि उपस्थिति थियाे। उपराष्ट्रपति पुन रिबन काटेर ९ किलोमिटर लामो सुरुङको बीच भागसम्म पुगेका छन् । माओवादी नेत्री बीना मगरले खानेपानी मन्त्रालयकोे जिम्मेवारी समालेपछि चैत्र ६ गते आयोजनाको स्थलगत भ्रमण गरी २५ दिनभित्र सुरुङ निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको थियो । त्यसपछि मन्त्री मगरले निरन्तर रुपमा फलोअप गरेपछि चार दिन अगाडि चैत्र २७ गते राति नै सुरुङको अन्तिम ब्रेक थ्रू भएको थियो । सुरुङको ब्रेक थ्रू भएपनि सुरुङ निर्माणको कार्य सक्न कम्तिमा चार महिना लाग्ने बताइएको छ । तर खानेपानी मन्त्री मगर भने कम्तीमा पनि दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंबासीको घारामा पुर्याउने लक्ष्यमा सक्रिय रुपमा लाग्नु भएको छ ।

लोकप्रिय