यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताएका छन्। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उनले प्रष्ट पारे।

“अहिले हामी मलको राम्रो तयारीमा छौँ। अभाव हुन दिन्नौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “गत वर्ष मलको अभाव थिएन। यो वर्ष पनि मलको अभाव हुँदैन।” 

उनले दूध किसानको भुक्तानी दिने प्रकृया अगाडि बढाइसकेको जानकारी दिँदै यसमा गम्भीर रहेको उल्लेख गरे। ‘‘दूध किसानले बाँकी भुक्तानी चाँडै हुन्छ। यो विषयमा सरकार गम्भीर छ’, उनले भने

केरा किसानको विषयमासमेत मन्त्रालयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका छन्। “किसानको केरा खेतीमा भएको क्षतिका बारेमा पनि मन्त्रालयमा छलफल भइरहेको छ। समस्या समाधानका लागि सरकारले गम्भीर पहल गरिरहेकै छ”, उनले भने। उनले किसानको समस्या समाधानमा छिटो भन्दा छिटो हुने प्रष्ट पारे।

प्रधानमन्त्री प्रचण्डले एक अर्को प्रसंगमा अहिले वाम एकता वा पार्टी एकीकरण नहुने पनि स्पष्ट पारे।  

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् ।  भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले  एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ

काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो  इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।

प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै

काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।

लोकप्रिय