आजकाे माैसम: सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ ।
आज दिउँसो: देशभर पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आज राति: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली हुनेछ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र गण्डकी तथा कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सतर्कता: मनसुन सक्रिय रहेकाले सातै प्रदेशमा भारी वर्षाको जोखिम छ । बाढी, पहिरो र डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आजकाे माैसम: मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार, देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना छ ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात सम्भाजना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पूर्वानुमान छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको विभागले बताएको छ ।
आजकाे माैसम: मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौं । देशका केही भूभागमा वर्षाको सम्भावना छ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादलको पूर्वानुमान छ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ ।
आजकाे माैसम: कहाँ–कहाँ पर्छ हाेला पानी ?
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुनेछ । बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको बताएको छ ।

