एएफसी यू–१६ च्याम्पियनसिपः जोर्डनसँग नेपालको फराकिलो हार

एएफसी यू–१६ च्याम्पियनसिपः जोर्डनसँग नेपालको फराकिलो हार

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिपमा नेपाली किशोर टिम फराकिलो हार ब्योहोरेको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० ले पराजित भयो।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमानै ५ गोल खान पुग्यो भने दोस्रो हाफमा २ गोल खाँदै समग्रमा ७ गोल खान पुग्यो। जोर्डनले खेलको १६ औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए।

१९ औं मिनेटमा अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाएका थिए। २० औं मिनेटमा अब्देल काडेर अलालेमले जोर्डनको अग्रतालाई ३–० मा पुर्‍याएका थिए। पहिलो हाफमानै रवाफिलो प्रदर्शन देखाउँने क्रममा ४२ औं मिनेटमा मोहमद खालेद अबिडाटले गोल गर्दै जोर्डनको अग्रता ४–० मा पुर्याएका थिए।

खेलको ४४ औं मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डनले पहिलो हाफमा ५–० को अग्रता बनायो। दोस्रो हाफमा नेपाल केहि समालिए पनि गोल थप दुई गोल खान पुग्यो। खेलको ४७ औं मिनेटमा अब्देलले ह्याट्रिक पुरा गर्दा जोर्डनले नेपालको पोस्टमा आधा दर्जन गोल गरेको थियो। त्यसपछि खेलको ८० औं मिनेटमा सराज मुनिरले गोल गर्दा नेपाल ७–० ले पराजित हुन पुग्यो। २०२० मा आयोजना हुने यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूहु ए मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ।

प्रतियोगिताको तेस्रो खेमला ३ असोजमा ताजकिस्तानको सामना गर्दा अन्तिम खेलमा ५ असोजमा श्रीलंकासँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय