ओमानलाई १४ रनले हराउँदै जिम्बावे विश्वकप नजिक
काठमाडौं । घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा ओमानलाई १४ रनले हराउँदै विश्वकप नजिक पुगेको छ । आफ्नो उच्च लयलाई निरन्तरता दिँदै लगातार पाँच जित निकालेपछि जिम्बावे आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप नजिक पुगेको हो ।
जितको लागि ३ सय ३३ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १८ रन बनायो । ओमानका युवा ओपनर कश्याप प्रजापतिले ९७ बलमा १२ चौका र १ छक्कासहित १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् ।
उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनी टेस्ट टोलीविरुद्ध शतक हान्ने पहिलो ओमानी ब्याटर हुन् । प्रजापति आउट हुँदा ओमान ३४.५ ओभरमा १९०.३ को अवस्थामा थियो । एक समय ओमान ४२ ओभरमा २३७.४ को अवस्थामा थियो । जितको लागि ४८ बलमा ९६ रन चाहिँएको थियो । लगातार विकेट गुमाएपछि ओमान दबाबमा परेको थियो ।
कप्तान जिशान मकसुद खुट्टामा समस्याको कारण केहि समय मैदान बाहिरि जानु अर्को घातक बन्यो । मकसुद ४० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । राम्रो अन्त्य गर्न नसक्दा पराजित हुन पुग्यो । ओपनर जतिन्दर सिंह २ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि प्रजापति र अकिब इलियासले ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
अकिब ६१ बलमा ५ चौकासहित ४५, शोएब खान ११, नसिम खुशी १२ र फैयाज बट १० रनमा आउट भए । आयन खान ४३ बलमा ५ चौकासहित ४७ आउट भए । मोहम्मद नदिम १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनमा नट आउट रहे । जिम्बावेका सिकन्दर राजाले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । टेन्डाई चतराले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । रिचर्ड नगारावा ९ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानीले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली जिम्बावले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रन बनाएको थियो । जिम्बावेको जितमा अनुभवी ब्याटर सन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले ।
यस प्रतियोगितामात्रै उनको यो तेस्रो शतक हो । लगातार दोस्रो शतक हो । उनले समूह चरणमा अमेरिकाविरुद्ध १ सय ७४ र नेपालविरुद्ध १ सय २ रनको शतकीय इनिङ खेलेका स्टार अलराउन्डर सिकन्दर राजा ४९ बलमा ६ चौकासहित ४२, जोयलोर्ड गुम्बी २१, क्रेग इर्विन २५, रायन बर्ल १३ र वेस्ली ममेभेरे २३ रनमा आउट भए ।
तल्लोक्रमका ल्यूक जोंगवे २८ बलमा ४ चौकासहित ४३ रनमा नट आउट रहे । ओमानका तीव्र गतिका बलर फैयाज बटले १० ओभरमा ७९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले समान एक विकेट लिए । जिम्बावे ३ खेलमा ६ अंकका साथ सुपर सिक्समा शीर्ष स्थानमा छ । जिम्बावे आइतबार श्रीलंका र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
बाँकी दुई मध्य एक खेलमा विजयी भएमा जिम्बावे विश्वकपमा पुग्ने समिकरण देखिन्छ । सुपर सिक्समा श्रीलंका २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंकाले शुक्रबार नेदरल्यान्ड्स, आइतबार जिम्बावे र शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । अंक विहीन बनेको वेस्टइन्डिजको भने विश्वकप यात्रा निकै कठिन छ ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

