कानुन बनेर के गर्ने, पुनर्निर्माण प्राधिकरणकाका सिईओ सहभागी कार्यक्रममैं बियरका बोतल

कानुन बनेर के गर्ने, पुनर्निर्माण प्राधिकरणकाका सिईओ सहभागी कार्यक्रममैं बियरका बोतल

काठमाडौं, चैत ६ ।
घटना १ः
करिब ३ हप्ताअघि काठमाडौंस्थित एक तारे होटलमा औषधी आयातकर्ता संघको एउटा कार्यक्रम थियो। कार्यक्रम राति निकै बेर लम्बियो। प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिनुभएका स्वास्थ्य मन्त्री गगन थापा बेलुकी करिब ८ बजेतिर भाषण सकेर निस्कनुभयो। तर, आयोजकले भने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रममा पनि सरोकारवालाहरूलाई बियर तथा भोड्कासहितको डिनर चलायो। डिनरमा सरकारका उच्चपदस्थ अधिकारी र काठमाडौंस्थित जिल्ला तहका सरकारी कार्यालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

घटना २ः
१५ दिनअघि नेपाल नेत्रज्योति संघको कार्यक्रम टेकुमा चलेको थियो। सो कार्यक्रममा पनि सरकारका प्रतिनिधिकै रुपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोख्रेल प्रमुख अतिथिका रुपमा आमन्त्रित हुनुहुन्थ्यो। संघको कार्यक्रम पनि बेलुकी भएको थियो। सो कार्यक्रममा बेलुकी बियरका बोतल भरिभराउ देखिन्थे। केही समय प्रमुख अतिथिका रुपमा आउनुभएका डा. पोख्रेल भोजनमा सहभागी हुनुभयो र बाहिरिनुभयो। त्यहाँ भने निकैबेर रमझम चल्यो।

जिल्लाका विभिन्न स्थानहरूमा हुने कार्यक्रमहरूमा पनि मादक पदार्थसहितको डिनर चलिरहेको पाइन्छ। सेनाले गर्ने कार्यक्रममा होस् या अन्य सुरक्षा निकायको कार्यक्रममा पनि यसप्रकारका गतिविधि देख्ने गरिएको छ। यद्यपि सरकारले नै त्यसखालका मादक पदार्थ सेवन गर्न नमिल्ने नियम नै बनाएको छ।

सार्वजनिक क्षेत्र एवम् कार्यस्थलनजिक मदिरा उत्पादन र विक्रीवितरण गर्न नपाउने व्यवस्था ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३’ मा उल्लेख छ। सो नीति गत फागुन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको हो। यस्तै नीतिमा सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद मनोरञ्जन स्थलहरू, निश्चित धार्मिक, पुरातात्त्विकस्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानहरूलाई मदिरा, उत्पादन, विक्री, वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने उल्लेख छ। नीति बने पनि कानुन अझै बन्न सकेको छैन। कानुनी व्यवस्था छिट्टै लागू हुने स्वास्थ्य मन्त्रालयले बताएको छ।

सरकारले सार्वजनिक स्थलहरूमा धुम्रपानजन्य पदार्थ निषेध गराउने ऐन जारी गरे पनि त्यो पनि कागजमा मात्र सीमित भएको पाइएको छ। प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई नियन्त्रणमा लिएर १ सय रुपियाँदेखि १ लाख रुपियाँसम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधानसमेत छ। तर, अझै थुपै्र बालबालिकादेखि यौवनावस्थाका व्यक्तिहरू खुलेआमरुपमा धुम्रपान सेवन गरिरहेको देख्न पाइन्छ।

सार्वजनिक स्थलहरू जस्तै होटल, रेस्टुरेन्ट, धार्मिकस्थल, पसल, वृद्धाश्रम, अनाथालय, सरकारी भवन, स्वास्थ्य संस्था, शिक्षण संस्था, चलचित्र घर, उद्योग र कलकारखाना, सार्वजनिक यातायातका साधन, हाटबजार आदि स्थानहरूमा धुम्रपान निषेध गरिएको छ। सार्वजनिकस्थलमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन गरे पहिलोपटक कारबाही स्वरुप १ सय रुपियाँ जरिवाना प्रहरीले लिने गरेको छ। नियम उल्लंघन गर्ने जो–कोही पनि पहिलो चरणमा १ सय रुपियाँसम्मको जरिवानाको भागिदार हुनसक्ने प्रावधान छ। सरकारले धुम्रपान निषेध ऐन उल्लंघन गरे जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताए पनि कार्यान्वयन निकै फितलो देखिएको छ।

नियमबमोजिम धुम्रपान सेवन गर्नेलाई किन कारबाही नभएको भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी हरिदास शर्मा भन्नुहुन्छ– ‘सरकारले आफै नियम बनाउने र आफै भत्काउने त हुँदैन। मन्त्रालयका कर्मचारी वा जोसुकैले खुला स्थानमा धुम्रपान वा मादक पदार्थ सेवन गरे कानुनबमोजिम कारबाही हुन्छ। अनियमित ढंगले खाएको भेटिए कारबाही हुने र सरकारले यस विषयमा निगरानी बढाउने योजना बनाएको छ।’
Symbolic Photo

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ  । साथै, उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ। भ्रमण क्रममा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि न्युयोर्क जाँदै छन्। यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा उतैबाट न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’– उहाँले भन्नुभयो– ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरुले यो प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं ।’ आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

कांग्रेस र एमालेनिकट विद्यार्थीको झगडाले कृषि विश्वविद्यालय २१ दिनदेखि बन्द

चितवन । कांग्रेस र एमालेनिकट विद्यार्थीहरुको झगडाले कृषि तथा वन विश्वविद्यालय २१ दिनदेखि बन्द रहेको छ । सामान्य भनाभनको विषयले राजनैतिक रङ लिएपछि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृसंगठनका विद्यार्थीबीच द्वन्द्व चर्किएको मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ।  अघिल्लो साँझमा पढाइ सकेर जान लागेका साथीको बिदाइमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लियो। लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिए।  अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्का एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गर्‍यो।  भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ।  अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्।   

प्रधानमन्त्री आज न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।

लोकप्रिय