क्लिनिकल प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

क्लिनिकल प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

काठमाडौं, चैत १३ । क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संगठन ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’ (एसिपिएन) को नयाँ अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा.शैलेस प्रधान निर्वाचित भएका छन् । डा. प्रधान काठमाडौं मेडिकल कलेज प्याथालोजी विभागका प्रमुख र नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य हुन् ।

राजधानीमा शनिबार सम्पन्न भएको एसिपिएनको नवौं राष्ट्रिय अधिवेशनले डा.प्रधानको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा डा. रुना झा, महासचिवमा डा. सुजन शर्मा, सहसचिवमा डा. राकेश पाठक र कोषाध्यक्षमा डा. करिष्मा मल्ल चुनिएका छन् । त्यसैगरि कार्यसमितिको सदस्यहरुमा डा. विदुर वस्ती, डा. निहारिका शाह, डा. रोजन घिमिरे, डा. श्रीया श्रीवास्तव, डा. रेखा मानन्धर र डा. सुमिदा तिवारी रहेका छन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसिपिएनका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले अबिर र माला गलाईदिएर सम्मान गरेका थिए ।

निर्वाचित कार्यसमितिको सम्मानमा केमिकल एण्ड मेडिकल सर्जिकल इक्युप्मेन्ट सप्लायर्सको संस्था केम्सानले शनिबार गरेको सम्मान कार्यक्रममा एसिपिएनका निवर्तमान अध्यक्ष डा. गोपी अर्यालले नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण साथ रहने जनाउदै अंकोलोजिस्ट र रेडियोलोजिस्टबिच समुन्यय गरि अगाडि बढ्न सुझाउ दिए । केम्सनका अध्यक्ष भक्त हमालले नेपाल आयात भइरहेका केमिकल र सर्जिकल उपकरणको गुणस्तर मापन र दर्ता गर्ने कानून नभएकाले समस्या देखिने गरेको बताउदै सरकारले तत्काल नीति बनाएर लागु गर्नुपर्ने माग गरे ।

संस्थाका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले प्याथोलोजीले जनताको स्वास्थ्य उपचारसंग प्रत्यक्ष सरोकार राख्ने भएका यसको विकासले जनताले गुणस्तरीय उपचार पाउने बताए । एसिपिएनका नव निर्वाचित अध्यक्ष डा. प्रधानले आफ्नो कार्यकालमा सबैपक्षलाई मिलाएर अगाडि बढ्ने दृढता व्यक्त गरे । सन् १९९० मा स्थापना भएको एसिपिएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिस्ट सदस्य छन् ।

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय