गुल्मीमा पहिलो पटक कटुवाललाई तलव तोकियो

गुल्मीमा पहिलो पटक कटुवाललाई तलव तोकियो

गुल्मी, असोज ८ । गुल्मीको धुर्कोट गाउँपालिकाले सदियौंदेखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गरेका कटुवालहरुको तलव पहिलो पटक तोकेको छ ।

सम्मान जनक परिश्रमिक राज्यबाट पाउनु पर्नेमा उपेक्षित हुंदै मगन्तेले जस्तै गरी घर घरमा पुगेर मकैका झोंता उठाएर जिविका चलाउंदै आएका कटुवालहरुलाई धुर्कोट गाउँपालिकाले जनही ३६ सयका दरले तलव दिने निर्णय गरेको हो ।

सदियौंदेखि उकाली ओराली गर्दै गाउंवासीको सेवा गर्दै आएका कटुवालहरुलाई राज्यले उपेक्षा गरेकोले अव उनिहरुको तलवी कर्मचारीको सुरुवात गरेर देशैभर नै यसरी नै सम्वोधन गरियोस भन्ने सन्देश प्रवाह गर्न यस्तो निर्णय गरिएको धुर्कोट गाउंपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

यो वर्ष धेरै रकम नभए पनि तलव व्यवस्थाको सुरुवात मात्रै गरिएको र क्रमशः बृद्धि गरिदै जाने प्रमुख पोखरेलको भनाई छ । उनका अनुसार धुर्कोट गाउंपालिका भित्र १७ जना कटुवालहरु रहेका छन् । भुरे टाकुरे राज्य कालमा गुठी जग्गा र गाउंगावासीबाट मुठी संकलन गरी तत्कालिन स्थानिय प्रशासनले कटुवाल राख्ने प्रथाको सुरुवात गरेको थियो ।

ऐतिहांसिक धुर्कोट कोटमा वाजा बजाउनेहरुले लगाउने पुवा पाठ र विवाह बढाईमा नगरा लागाउने संस्कृतिलाई निकै महत्वका साथ लिईन्छ । कटुवाल र नगरा लगाउने ब्यक्तिहरु सुरुमा परियार जातीका भए पनिपछि अन्य जातिका दलित समुदायले समेत गर्न थालेकाथिए ।

कोट मन्दिरमा पुजा चलाउने अङ्ग मध्येका दलितहरुलाई गुठी जग्गा वितरण गर्दा कोट मन्दिर रहेको टापु र रुखो स्थानमा र अन्य जातिका मानिसहरुलाई गैरी खेत र समथलबारी वितरण गर्दा अहिले सम्म आर्थिक असमानताको खाडल समेत यि समुदायको फराकिलो रहेको छ ।

यसरी कोट मन्दिर छेउंछाउंमा कटुवाल लगायत दशैमा हात हतियार मर्मत सम्भार गर्ने बिश्वकर्मा जातीहरु अहिले पनि चरम गरिवीमा रहेका छन् । जिल्लाभर कटृुवालहरु झण्डै पांच सयको सख्यामा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

एम्वुलेन्स खर्च गाउँपालिकाले दिने
त्यस्तै धुर्कोट गाउंपालिकाकी प्रवत्ता कविता बिकका अनुसार त्यस गाउंपालिकाका विपन्न परिवारका केहि निश्चित रोगका विरामीहरुलाई अस्पताल सम्म पुराउने एम्वुलेन्स वा अन्य गाडी खर्च उपलप्ध गराउने भएको छ ।

खर्च अभावमा अस्पताल सम्म पुराउन नसकेर कैयौ सुत्केरी र अन्य विरामी अकाल मृत्युको शिकार भई रहेको तथ्यलाई मध्ये नजर गरेर क्यान्सर मुटु रोग , ब्रेन ट्युमर जस्ता विमारले थला परेका र अस्पताल सम्म जान लैजान नसक्ने अवस्था रहेका विपन्न परिवारको मुल्याङ्कन गरी ५ हजारका दरले उपलव्ध गराउने निर्णय भएको धुर्कोट गाउंपालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै दैविक प्रकोपबाट मृत्यु भएका परिवारलाई समेत किरिया खर्च स्वरुप २५ हजारका दरले धुर्कोट गाउंपालिकाले राहत वितरण गर्ने निर्णय गरेको प्रवत्ता बिकले जानकारी दिईन् । उनका अनुसार आगो लागी वा बाढि पहिरोबाट घर क्षति भएका परिवारलाई समेत १० हजारका दरले राहत उपलव्ध गराउने भएको छ ।

घर आंसिक क्षति भएका धुर्कोटवासीले ५ हजारका दरले राहत पाउने भएका छन् । गोठ क्षति भएकाहरुले २ हजारका दरले र घाईते भएकाहरुले पनि २ हजारका दरले राहत पाउने भएका छन् । दशैभर शान्ति सुरक्षमा खटिने धुर्कोट गाउंपालिका भित्र रहेका प्रहरी चौकीलाई समेत तेत खर्च स्वरुप ५ हजारका दरले उपलव्ध गराउने निर्णय गरिएको छ ।

त्यस्तै ऐतिहांसिक धुर्कोट कोटको सराएं नचा संरक्षण व्यवस्थापनका लागि १० हजार छुटाएको प्रवत्ता बिकले बताईन् । उनका अनुृसार धुर्कोटका अन्य मठ मन्दिरमा हुने सराएं नाच व्यवस्थापनका लागि पनि ५ हजारका दरले रकम विनियोजन गरिएको छ ।

दशै तिहारमा मदिरा नियन्त्रण गर्नका लागि सांझ ६ वजे देखि ९ वजे सम्म मात्रै विक्रि वितरण गर्न पाउने अन्यता कार्वाही गर्ने निर्णय भएको छ । धुर्कोट गाउंपालिका भित्र भुस्याह कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाउने कार्यक्रम पनि अगाडी सारिएको छ ।

५५ वर्ष शहिद शम्सेरबहादुरको सम्मान

प्रजातन्त्रका लागि राज्यलाई टाउंको सुम्पेका गुल्मी धुर्कोटका शहित सम्शेरबहादुर खत्रीको सरकारी निकायबाट झण्डै ५५ वर्ष पछि सांचो अर्थमा सम्मान भएको छ ।

२०१९ सालमा नेपाली कांग्रेसबाट प्रजातान्त्रिक आन्दोलनमा उत्रिएका धुुर्कोटरजस्थल निवासी शम्शेरबहादुर खत्रीलाई तत्कालिन निरङकुस सरकारले अमरपुरमा अर्धभुमिगत भएका खत्रीलाई पक्राउन गरी उनको टाउंको काटेर प्रहरीले झुण्डाउंदै सदरमुकाम तम्घासमा ल्याएर प्रर्दशन गरेको थियो ।

उनको सांचो अर्धमा सम्मान सरकारी निकायबाट नभएको भन्दै धुर्कोट गाउंपालिकाले ५० हाजर धनाराशीको शहित सम्शेरबहादुर स्मृति पुरस्कारको स्थापना गरेर सम्मान गरेको हो । उक्त पुरस्कार हरेक वर्षको गणतन्त्र दिवसको दिन समाजका विभन्न क्षेत्रका व्यक्तिहरुलाई वितरण गरिने भएको धुर्कोट गाउंपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

त्यस्तै २५ हजार राशीको शहिद खिमविक्रम शैक्षिक वर्ष पुरस्कार ,१५ हजार राशीको जेदुराम भण्डारी कृषि वर्ष पुरस्कार र शहिद विष्णु बस्नेत पशुपालन वर्ष पुरस्कार पनि स्थापना गरिएको छ ।

स्मरण रहोस् ५५ वर्ष अघि प्रजान्त्रिक आन्दोलनमान राज्यलाई टाउंको बुझाएका शहिद यशम्शेरबहादुरका नाती शिवबहादुर खत्रीलाई धुर्कोटवासीले स्थानिय तहको निर्वाचनमा धुर्कोटको उपप्रमुखमा विजयी बनाएका थिए ।

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

ग्रामथान (मोरङ) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’ गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उहाँले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताउनुभयो । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ’– ‘उहाँले भन्नुभयो– ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’ उहाँले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उहाँले गराउनुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो । देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’– उहाँले भन्नुभयो– ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।  आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दैे– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि ग¥यौं ।’ आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’ सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो । ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’ उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’ गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आउनुभएको हो ।

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु (तस्विरहरु)

ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ ।  नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो ।  सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।  २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आउनुभएको हो । 

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

लोकप्रिय