चिनी धेरै खानुहुन्छ? यस्ता छन् यसका बेफाइदा
हरेक व्यत्तिलाई स्वस्थय जीवन आवश्यक पर्छ । त्यसका लागि मानिसले केहि न केही प्रयास गरिरहेको हुन्छ । यदि मानिसलाई मधुमेह, उच्च रत्तचाप, हृदयघात जस्ता समस्या छ भने उसले चिनी खान सधैंको लागि बन्देज हुन्छ । तर यस्ता समस्या नहुनेले पनि धेरै चिनी खाएमा त्यसको फाइदा भन्दा बेफाइदा धेरै छ ।
चिनीले मधुमेह रोग मात्र निम्त्याउँछ भन्ने भ्रममा हुनुहुन्छ भने एकपटक राम्रोसँग सोच्नुहोस् । चिनीका बेफाइदा धेरै छन् ।
मुटु रोगको कारण
चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । के ख्याल गर्नुहोस् भने मह र फलफूलमा प्राप्त हुने गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपार्इंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ । तसर्थ अनावश्यक गुलियो खान आजैदेखि छाडिदिनुहोस् ।
तपार्इंको दिमागलाई मदिरा र कुलतप्रति धकेल्छ
तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण होस्, डापामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।
अनावश्यक भोक बढाउँछ
बिहानको वा मध्य साँझको भोक मेट्न तपार्इंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपार्इंको गलत सोच हो । विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियो (स्वाभाविक गुलियो)ले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।
यसले तपाईंको कलेजोलाई बिगारिदिन्छ
खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।
विभिन्न प्रकारका क्यान्सर
चिनीबाट क्यान्सर लाग्ने विषय कुनै काल्पनिक भनाइ होइन । अत्यधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।
इन्सुलिनको मात्रा बढ्छ
एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।
दाँतका लागि हानिकारक
चिनी तपार्इंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपार्इंलाई कौतूहल हुन सक्छ ।
हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पु¥याउँछ ।
मोटोपन बढाउँछ
चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।
यसले तपाईंलाई बूढो देखाउँछ
तपाईंको खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै तपाईंको वास्तविक उमेरभन्दा बढी देखाउँछ ।
मधुमेहको जोखिम
बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।
swasthyakhabar.com बाट साभार
रोल्पाको जेलवाङमा निःशुल्क संयुक्त स्वास्थ्य शिविर, ३३२ जना लाभान्वित
खुमबहादुर सुनार रोल्पा । “स्वास्थ्य नै ठूलो धन हो” भन्ने नारासहित रोल्पाको दुर्गम क्षेत्र जेलवाङमा एकदिने निःशुल्क संयुक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। विकट भेगका गरिब, असहाय तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै शनिबार शिविर सञ्चालन गरिएको हो। नेपाली सेनाको सूर्यदल गण, लिबाङ ब्यारेकको अगुवाइमा स्थानीय तह तथा विभिन्न स्वास्थ्य संस्थाहरूको समन्वयमा शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। दुर्गम भौगोलिक अवस्था, विशेषज्ञ चिकित्सकको अभाव तथा सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको हो। सुनछहरी गाउँपालिका–७, जेलवाङमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सेवाग्राहीको भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको थियो। शिविरमा नेपाली सेनाको सूर्यदल गण, नं. १९ फि.ए. गुल्म दाङ, सुनछहरी गाउँपालिका, वडा नं. ७ कार्यालय, रोल्पा अस्पताल रेउघा, स्वास्थ्य कार्यालय रोल्पा, स्वास्थ्य चौकी जेलवाङ, नेपाल रेडक्रस सोसाइटी रोल्पा, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ तथा अनमोल डेण्टल क्लिनिक लिबाङको सहभागिता रहेको थियो। विशेषज्ञ चिकित्सकद्वारा आँखा, दाँत, स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। साथै मधुमेह परीक्षण, पाठेघर जाँच लगायत अन्य स्वास्थ्य सेवाहरू पनि उपलब्ध गराइएको थियो। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। सूर्यदल गणका प्रमुख सेनानी ईश्वर थापाले नेपाली सेना सधैँ जनताको सुख–दुःखमा साथमा रहने उल्लेख गर्दै दुर्गम क्षेत्रमा घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु नै शिविरको उद्देश्य रहेको बताए। स्वास्थ्य सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो। शिविरबाट कुल ३३२ जनाले सेवा लिएका छन्। दन्त सेवातर्फ ६१ जनाको परीक्षण गरिएकोमा २२ जनाको दाँत निकालिएको छ। आँखासम्बन्धी सेवामा २४४ जनाले उपचार पाएका छन् भने १६ जनामा मोतिविन्दु परीक्षण गरिएको छ। सामान्य स्वास्थ्य परीक्षणअन्तर्गत २३२ जनाले सेवा लिएका छन्। पाठेघर जाँच ५५ जना र सुगर परीक्षण ४० जनामा गरिएको छ। शिविरमा पुरुष ११५, महिला १६८ र बालबालिका ३१ जना सहभागी भएका थिए, जसले महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता देखाएको छ। यसैबीच, जनचेतनामूलक तालिमअन्तर्गत फायर फाइटिङ, बाढी–पहिरो तथा खोज तथा उद्धारसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो। उक्त तालिममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय गरी करिब ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। करिब ३५० जनाको समग्र सहभागिता रहेको आयोजकले जनाएको छ। बहुपक्षीय सहकार्यमा सम्पन्न शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीय सरोकारवालाहरूले औँल्याएका छन्।
उदयपुरमा झन्डै तीन करोडमा निर्माण भएको कोभिड अस्पताल अलपत्र
उदयपुर । कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अहिले प्रयोगविहीन बन्दै गएको छ । पर्याप्त पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण अस्पताल लथालिंग अवस्थामा पुगेको हो । स्विजरल्याण्ड सरकारको एक करोड ५० लाख रुपैयाँ र उदयपुरका आठ स्थानीय तहको एक करोड २० लाख रुपैयाँ गरी कुल २ करोड ७० लाख लागतमा निर्माण गरिएको अस्पतालमा करिब १ हजार १ सय संक्रमितको सफल उपचार गरिएको थियो । निर्माणपछि २०७७ पुस ६ गते तत्कालीन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएका थिए।अस्पतालमा एक पोर्टेबल भेन्टिलेटर, ४० बेड तथा साना–ठूला गरी ३० अक्सिजन सिलिन्डरलगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छन् । तर महामारी नियन्त्रणमा आएपछि यसको वैकल्पिक प्रयोगबारे स्पष्ट योजना नबन्दा अस्पताल प्रयोगविहीन बन्दै गएको हो । हाल अस्पताल परिसर झाडीले ढाकिन थालेको छ भने संरचना संरक्षण अभावमा क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ । हाल चौदण्डीगढी नगरपालिकाले वर्षमा एक पटक सञ्चालन गर्ने आँखा शिविर बाहेक यहाँ नियमित स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय अभावका कारण अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने पहल नहुनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । मदन भण्डारी लोकमार्गसँग जोडिएको यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सके दैनिकजसो हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर आवश्यक नीति, बजेट र निर्णय अभावले यस्तो सम्भावना व्यवहारमा आउन सकेको छैन । महामारीका बेला वरदान सावित भएको अस्पताल आज प्रयोगविहीन बन्नु सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमाथि गम्भीर प्रश्न उठेको स्थानीय अगुवा अन्जनी अधिकारी बताउँछन् । उनले भने, ‘समयमै आवश्यक निर्णय गरी अस्पताललाई नियमित स्वास्थ्य सेवासँग जोड्न नसकिए करोडौँ रुपैयाँको लगानी पूर्ण रूपमा नष्ट हुने खतरा बढ्दै गएको छ ।’ उनले स्थानीयवासीले स्पष्ट जिम्मेवारी निर्धारण गर्दै अस्पताललाई ट्रमा सेन्टर वा बहुउद्देश्यीय स्वास्थ्य केन्द्रका रूपमा तत्काल सञ्चालनमा ल्याउन माग गरेका पनि गरेका छन् । चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणीकादेवी दुलालले अहिले पालिकाकाले त्यही अस्पतालबाट आँखा शिविर लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको र अस्पतालमा भएका उपकरणहरुलाई प्रयोग गरेर दैनिक रुपमा सञ्चालनको तयारी गरिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले समय सयमा नगरप्रहरी परिचालन गरेर झाण्डीहरु पनि फडानी गरिरहेका छौँ । अस्पतालको जग्गामा विवाद छ । टुंग्याउनु पर्ने छ । त्यो नगरपालिकाको स्थायी संचरना हो । त्यसलाई हामीले जीर्ण बन्न दिने छैनौँ ।’
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने सूचना जारी गरेको हो । त्रिवि कार्यकारी परिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पताल प्रशासनले यो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ । यद्यपि बिरामीको सेवालाई ध्यान दिई ओपीडी (बहिरङ) सेवा र शल्यक्रिया सेवा भने शुक्रबार पूरै दिन र अन्य दिन पनि नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।
‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
काठमाडौँ — ‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आज विश्व मुख स्वास्थ्य दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यो दिवस हरेक वर्ष मार्च २० तारिखमा मनाइन्छ, जसको मुख्य उद्देश्य मुख स्वास्थ्यको महत्त्वबारे जनचेतना फैलाउनु हो। विश्व स्वास्थ्य सङ्गठन तथा दन्त विशेषज्ञहरूले नियमित दाँत सफा गर्ने, समय-समयमा दाँत जाँच गराउने, अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्ने सल्लाह दिएका छन्। उनीहरूका अनुसार स्वस्थ मुख नै समग्र स्वस्थ जीवनको आधार हो। विश्व दन्त महासङ्घ (FDI) को आह्वानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्थाहरूले आज देशभर दन्त स्वास्थ्य शिविर, कार्यशाला, चेतनामूलक अभियान तथा समुदायस्तरीय कार्यक्रम सञ्चालन गर्दैछन्। यो दिवस सन् २०१३ देखि मार्च २० मा मनाउन थालिएको हो। यस वर्षको विश्वव्यापी अभियान "A Happy Mouth is... A Happy Life" नारासहित जीवनका हरेक चरणमा मुख स्वास्थ्यको हेरचाह गर्नुपर्ने सन्देश दिन केन्द्रित छ। मुख स्वास्थ्य राम्रो राख्न दैनिक दुई पटक ब्रस गर्ने, फ्लस प्रयोग गर्ने र स्वस्थ आहार अपनाउने जस्ता सरल अभ्यासहरूले ठूलो फरक पार्न सक्छ।

