८५ वर्षका श्रीमानले ८० वर्षीया श्रीमतीलार्इ दिए सेक्स टोय उपहार

८५ वर्षका श्रीमानले ८० वर्षीया श्रीमतीलार्इ दिए सेक्स टोय उपहार
डा. राजन ताज्या
छाला तथा यौन रोग विशेषज्ञ
काठमाडौं, कार्तिक २१
जब ८५ वर्षका वृद्ध सेक्स टोय खरिद गर्न पुगे…

उमेर बढ्दै गएपछि यौन क्षमतामा पनि ह्रास आउँदै जान्छ । तर, एकजना ८५ वर्षका वृद्ध कण्डम हाउसमा आएपछि युवराज अचम्ममा परेका थिए ।

युवराज ती वृद्धको कथा सुनाउँछन्, ‘काठमाडौंबाटै वृद्धदम्पती मेरो पसलमा आउनुभयो । वृद्धको उमेर ८५ वर्ष र उनको श्रीमतीको उमेर ८० भन्दा कमको रहेछ । मसँग आएर ती वृद्धले भन्नुभयो, ‘हामीले पछिल्लो डेढ महिनासम्म सहज रूपमा यौनसम्पर्क गरिरहेका थियौँ ।

अचानक मेरो यौनांग उत्तेजित हुन छाड्यो । त्यसैले श्रीमतीका लागि सेक्स टोय लिन आएको ।’ उनीहरूले सेक्स टोय खरिद गरेर लगेको केही समयपछि वृद्धको त्यस्तो समस्या निको भएको कण्डम हाउसका युवराजले जानकारी दिए ।

श्रीमतीलाई सेक्स टोय उपहार

केही वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ । दिनमा औसत १५ सयले रोजगारीका लागि देश छाड्ने गरेको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीका लागि श्रीमती छाडेर जानेहरूले श्रीमतीलाई सेक्स टोय गिफ्ट दिने प्रचलन पनि बढ्न थालेको छ । मेरो सपिङका सञ्चालक भन्छन्, ‘रोजगारीका लागि विदेश जानेहरूका श्रीमतीहरूले पनि सेक्स टोय खरिद गर्ने गर्दछन् ।

कतिपयले विदेशबाटै आफ्ना श्रीमतीलाई सेक्स टोय पु¥याइदिन आग्रह गर्दछन् भने कतिले विदेश जानुपूर्व गिफ्ट दिन्छन् ।’ उनका अनुसार मध्यमवर्गीय परिवारका सदस्यले अत्यधिक मात्रमा सेक्स टोय प्रयोग गर्ने गरेका छन् । भन्छन्, ‘सम्पन्न मान्छेले त पैसाले जे पनि खरिद गर्न सक्छन् । तर, मध्यमवर्गीयका लागि असम्भव हुन्छ । अत्यधिक मध्यमवर्गीय परिवारले सेक्स टोयको प्रयोग गर्दछन् ।’

सेक्स टोयको प्रयोगकर्ता नेता र कलाकार पनि

नेता र चर्चित नायक–नायिकाले पनि सेक्स टोय प्रयोग गर्ने गरेका छन् । एक–दुईजनाले मात्र नभई दर्जनौँको संख्यामा । कतिपय हिरोइनहरू पसलमै पुगेर खरिद गर्ने गरेका छन् भने कतिपयले घरमै मगाउँछन् । युवराजका अनुसार सेक्स टोय प्रयोग गर्नेमा चर्चित हिरो, हिरोइन नै बढी छन् । भन्छन्, ‘कतिपयले त मैले सेक्स टोय प्रयोग गर्छु भनेर अन्तर्वार्ता पनि दिनुभएको छ ।’

सेक्स टोय प्रयोग गर्नेमा नेताको संख्या अझ बढी भएको युवराज बताउँछन् । भन्छन्, ‘सेक्स टोय प्रयोग गर्नेहरूमा केन्द्रीय स्तरकै नेताहरूको संख्या बढी छ ।’ हाइप्रोफाइल सेलेब्रिटीले पनि सेक्स टोय प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

श्रीमान्–श्रीमतीमै सेक्स टोय मोह

अचम्मको कुरा त के भने कतिपय दम्पती एउटै ओच्छ्यानमा सुते पनि छुट्टाछुट्टै सेक्स टोय प्रयोग गरेर यौन सन्तुष्टि लिने गर्छन् । खासगरी एक–अर्काबीचको सम्बन्ध राम्रो नभएको र खटपट भइरहने दम्पतीले यसो गर्ने गरेको युवराज बताउँछन् । उसो त यस्ता थुप्रै दम्पती आफ्ना ग्राहक भएको युवराजको दाबी छ ।

‘श्रीमान्–श्रीमतीको आ–आफ्नै अर्कै सेक्स पार्टनर भएको र खटपट परेकाले आफ्नो पार्टनरको अभावमा सेक्स टोय प्रयोग गर्ने मेरा थुप्रै ग्राहक हुनुहुन्छ’, उनी भन्छन् । प्रायः ४० वर्षभन्दा माथि उमेर समूहका दम्पतीले यसरी सेक्स टोय प्रयोग गर्छन् । युवराजका अनुसार सेक्स टोय प्रयोगकर्तामध्येका १५ प्रतिशत दम्पती यस्ता छन् ।

तेस्रोलिंगीको मोह

तेस्रोलिंगी र समलिंगीले पनि सेक्स टोयको प्रयोग गर्ने गरेका छन् । यस्ता खालका थुप्रै ग्राहक युवराजको सम्पर्कमा छन् । समलिंगीको स्वभाव भएका, तर बुवाआमाको दबाबमा विपरीत लिंगीसँग बिहे गरेकाहरूले पनि सेक्स टोय प्रयोग गरेको पाइन्छ । युवराज भन्छन्, ‘यौनकर्मीहरू सेक्स टोय खरिद गर्न आउँदैनन् । तर, तेस्रोलिंगी र समलिंगी सेक्स टोय प्रयोग कर्ताको संख्या भने ठूलै छ ।’ कतिपयले बुब्सहरू पनि खरिद गर्ने गरेको युवराज बताउँछन् ।कति हुन्छ खपत, कस्ता हुन्छन् सेक्स टोय

काठमाडौंमा पाँचवटा सेक्स टोयका पसल छन् । तर, उनीहरूले सेक्स टोयको मात्र व्यापारचाहिँ गर्दैनन् । उनीहरूले यौनसम्पर्कका लागि अन्य अस्थायी साधनको सँगै व्यापार गर्ने गर्दछन् । कन्डम हाउसको मात्र काठमाडौंमा तीनवटा शाखा छन् । गोंगबु, चाबहिल र सुन्धारा । केही समयअघि काठमाडौंमा स्विट सेक्रेट नामक सेक्स टोयको व्यापार गरे पनि पछिल्लो समय उक्त पसल बन्द भइसकेको छ ।

काठमाडौंमा दैनिक औसत ८÷९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको छ । व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको सेक्स टोय अत्यधिक बिक्री हुने व्यवसायी बताउँछन् । देशभर भने नौवटाभन्दा बढी सेक्स टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ । युवराज भन्छन्, ‘हामीले सबै प्रकारका सेक्स टोय राखेका थियौँ । तर, त्यस्ता प्रकृतिको सेक्स टोय बिक्री नभएपछि अहिले हामीकहाँ छैन ।’ काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका सेक्स खेलौना उपलब्ध छन् ।

कहाँबाट आउँछ सेक्स टोय ?

नेपालमा कन्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएको छ । कन्डम हाउसबाटै काठमाडौंबाहिर पनि सेक्स टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ ।

अनलाइनबाट पनि किनमेल

अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि सेक्स टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा सेक्स टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले सेक्स टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । भन्छन्, ‘उहाँहरूले साथी वा आफन्तलाई चाहिएको उल्लेख गर्नुहुन्छ र आफ्नो नाम पनि बताउनुहुन्छ ।’ नेपालका प्रायः सेक्स टोय पसलेले होम डेलिभरी नगरे पनि मेरो सपिङको विशेषता भने होम डेलिभरी नै हो ।

सेक्स टोयको इतिहास

सेक्स टोयलाई अहिले पनि सामाजिक रूपमा बहिष्कार गरिँदै आएको छ । यस विषयमा खुलेर बहस गर्ने परिस्थिति अझै पनि निर्माण भइसकेको पाइँदैन । तर, सेक्स टोयको इतिहास भने जोकोहीको सोचाइसँग मेल नखान सक्छ । प्राचीन समयमा पनि विभिन्न प्रकारका यौनोत्तेजक तथा कृत्रिम यौन सामग्री (सेक्स टोय)को प्रयोग हुने गरेको पाइएको थियो । प्राचीन रोम तथा ग्रिस सभ्यतामा सेक्स टोयका रूपमा विभिन्न सामग्री प्रयोग हुने गरेको पाइएको छ ।

जर्मनीस्थित तुबियान विश्वविद्यालयमा प्राग इतिहास तथा पारिस्थितिक प्रणाली विषयका प्राध्यापक निकोलस कोनार्डले पुरुषको यौनांग आकारमा निर्माण गरिएका ढुंगाका यौनोत्तेजक सामग्री प्राचीन समयमा प्रयोग हुने गरेको उल्लेख गरेका छन् ।

तत्कालीन समयमा प्रयोग गरिने यौनोत्तेजक सामग्री काठ, छाला, सिसा, ढुंगा, चाँदी, सुन र विभिन्न जनावरका सिङबाट बनाइएका हुन्थे । तर, यस्ता वस्तुबाट निर्माण गरिएका यौनोत्तेजक सामग्री निकै कडा किसिमका हुने भएकाले यी वस्तुमा निकै मिहिनेतका साथ कलात्मक तथा विभिन्न रङको पोलिस गरी प्रयोग गर्न निकै सहज हुने गरी निर्माण गरिएका हुन्थे । हालसम्म पनि महिला तथा पुरुष दुवैले प्रयोग गर्ने सेक्स टोयमा सिसा, चाँदी र सुनजस्ता विभिन्न धातु तथा रबर प्रयोग हुने गरेको छ ।

मानिसले कहिलेबाट यौनोत्तेजक सामग्रीको प्रयोग गर्न थाले भन्ने प्रश्नको ठ्याक्कै सही र तथ्यपरक उत्तर प्राप्त गर्न गाह्रो छ । तैपनि जर्मनीको एक गाउँको गुफामा भेट्टाइएको ढुंगाबाट निर्मित पुरुष तथा महिलाको यौनांग आकारका वस्तु पाइएकाले ती वस्तु नै विश्वका सबैभन्दा पुराना यौनोत्तेजक सामग्री भएको मानिँदै आएको छ । करिब २७ हजारदेखि ३० हजार वर्ष पुराना ती सामग्री निकै कडा भएको बताइन्छ । तसर्थ सो समयभन्दा पहिले नै मानिसले यौनोत्तेजक तथा कृत्रिम यौन सामग्री प्रयोग गर्ने गरेको अनुमान लगाउन सकिन्छ ।

उन्नाइसाैँ शताब्दीमा सेक्स टोयको निर्माण तथा प्रयोगले ठूलो फड्को मारेको देखिन्छ । आधुनिक सेक्स टोय निर्माण हुन थालेको पनि यही समयबाट नै हो । उन्नाइसौँ शताब्दीमा आइपुग्दा सेक्स टोय विद्युतीय उपकरण बन्न पुग्यो ।

इसापूर्व ६००० तिर महिला तथा पुरुषका यौनांगमा अलौकिक शक्ति हुने गरेको विश्वास गरिन्थ्यो । सो समयभन्दा पहिले नै पनि निर्माण गरिएका पुरुषको यौनांगकै रूप दिइएका सामग्री टर्कीमा पाइएका छन् । प्राचीन समयका सेक्स टोय निकै कडा र प्रयोग गर्दा असुविधा हुने भएकाले इसापूर्व ५०० तिर ग्रिसमा ब्रेड बनाउन प्रयोग गरिने विभिन्न अन्नको पिठो सुकाएर ‘डिल्डो’ (पुरुषको कृत्रिम यौनांग) निर्माण गरी प्रयोग हुने गरेको बताइन्छ । इसापूर्व १०० तिर इजिप्टकी रानी क्लियोपेट्राले पहिलोपटक भाइब्रेटर प्रयोग गरेको उल्लेख गरिएको छ । लौका सुकाएर खाली गरी प्रयोग गरेका वेला आवाज निकाल्ने खालका ससाना वस्तु राख्न उनले आप्mना सेवकलाई निर्देशन दिएकी थिइन् ।

सन् ५०० तिर कृत्रिम यौनांगको विकासले निकै ठूलो फड्को मारेको पाइन्छ । पुरुषको अण्डकोष आकारकै केही गिलो वस्तु डिल्डोमा अड्याउन थालियो । यसको प्रयोगले महिलाको यौनांग बाहिर बिस्तारै घर्षण पैदा गर्ने र यौन उत्तेजना वृद्धि गर्ने बताइएको सो प्रयासले आधुनिक सेक्स टोय निर्माणमा निकै सहयोग पु¥याएको विश्लेषण गर्ने गरिएको छ । सो अभ्यास जापानमा गरिएको थियो । यसलाई पछि ‘डम्ब बेल’ भन्न थालियो । मध्यकाल (सन् १००० को वरिपरिको समय)मा पाश्चात्य जगत्मा चर्च निकै शक्तिशाली थियो । कुनै प्रकारका यौनोत्तेजक तथा यौन सामग्री प्रयोग गर्नुलाई पाप गरेको मानिन्थ्यो । सन् १३६८ देखि सन् १६४४ को बीचमा चीनमा मिङ वंशको शासन रहेका वेला पुरुषको कृत्रिम यौनांग र ‘पेनिस रिङ’ (पुरुषको यौनांगमा राखिने रिङ) मा हात्तीका दारा तथा बहुमूल्य धातुको प्रयोग गरिएको इतिहास छ ।

उन्नाइसाँै शताब्दीमा सेक्स टोयको निर्माण तथा प्रयोगले ठूलो फड्को मारेको देखिन्छ । आधुनिक सेक्स टोय निर्माण हुन थालेको पनि यही समयबाट नै हो । उन्नाइसौँ शताब्दीमा आइपुग्दा सेक्स टोय विद्युतीय उपकरण बन्न पुग्यो । थोमस एल्बा एडिसनले विद्युतीय बल्बको आविष्कार गरेपछि सेक्स टोयमा पनि विद्युत् प्रयोग हुन लामो समय लागेन । भाइब्रेटरलगायतका सेक्स टोयमा विद्युत् अपरिहार्य बन्न पुग्यो । अमेरिकी वैज्ञानिक जर्ज टेलरले सन् १८६९ मा वाष्प इन्जिनबाट सञ्चालित हुने भाइब्रेटर निर्माण गरेका थिए । उनले यसलाई म्यानिपुलेटर नाम दिएका थिए । यसपछि विभिन्न आकार–प्रकार र विशेषता भएका विभिन्न प्रकारका सेक्स टोय निर्माण हुने क्रमले गति लिएको देखिन्छ ।

डा. राजन ताज्या
छाला तथा यौन रोग विशेषज्ञ

सचेतना नअपनाए क्यान्सर हुन सक्छ

सेक्स टोयको प्रयोग पछिल्लो समयमा अत्यधिक हुन थालेको छ । सामान्य प्रयोगका लागि त कुनै फरक पार्दैन, तर ह्याबिट भयो या यसकै कारण रेगुलर काममै असर पर्ने अवस्था आयो भनेचाहिँ समस्या सिर्जना हुन्छ । यसलाई निरन्तर ग¥यो भने इन्फेक्सन पनि हुन सक्छ । विज्ञसँग परामर्श गरेर यसको प्रयोग गर्नुपर्छ ।

विभिन्न प्रकारका हुने भएकाले बिहेपूर्व र बिहेपश्चात् प्रयोग गर्ने साधनहरू पनि फरक–फरक हुन्छन् । खासगरी सिलिकनबाट बनेका यस्ता सामग्रीले त्यति धेरै स्वास्थ्यमा असर त गर्दैन, तर कतिपय क्वालिटी नभएका वा प्लास्टिकहरू मिसिएका भएचाहिँ क्यान्सर पनि हुन सक्छ । अर्को कुरा निरन्तर प्रयोग गरेपछि होमोजिनियस सेक्समा आउँदा समस्या सिर्जना पनि हुन सक्छ ।

करिब चार महिनाअघिको कुरा हो । धनगढीकी सुविना (नाम परिवर्तन)ले काठमाडौंस्थित सेक्स टोय (यौन खेलौना) पसलमा फोन गरिन् र भनिन्, ‘तपाईंलाई मेरो श्रीमान्ले केही भन्नुभएको थियो ?’ सुविनाले फोन गरेको अघिल्लो दिन उनका श्रीमान्ले पसलमालिकलाई फोन गरेका थिए । जो स्पेनमा बस्दै आएका थिए । उनले जिज्ञासा राखेका थिए, ‘त्यहाँ कस्ता खालका सेक्स टोय पाइन्छ ? मेरी श्रीमतीलाई पनि चाहिएको थियो ।’ पसलेले सम्पूर्ण जानकारी दिए । सो जानकारी श्रीमान्ले सुविनालाई सेयर गरेका थिए ।

सुविनाले सबै जानकारी पाइसकेपछि सेक्स टोय झिकाइन् । त्यसको एक हप्तापछि उनी काठमाडौंकै सेक्स टोय पसलमा आइन् । दुई दिनको यात्रा गरेर उनी सेक्स टोय खरिद गर्न काठमाडौंसम्म आइन् । ६ हजार रुपैयाँमा किनेको उक्त सेक्स टोय सुविनालाई सानो भएपछि अलि ठूलो आकारको टोय लगिन् ।

करिब आठ वर्षपहिलेको कुरा हो । रामेछापबाट एकजना पुरुष सुन्धारास्थित सेक्स टोय पसलमा आए । उनले पसलेलाई भने, ‘मेरो बहिनीका लागि सेक्स टोय चाहियो ।’ पसले दंग खाए । ती पुरुष बहिनीका लागि सेक्स टोय खरिद गर्न आउनुको कारणचाहिँ बडो दर्दनाक थियो । उनका ज्वाइँ सशस्त्र द्वन्द्वका वेला मारिएका थिए । बहिनी समीक्षा (नाम परिवर्तन)का दुई सन्तान थिए । घरमा अपहेलित भएपछि उनी माइतीमा बस्दै आएकी थिइन् ।

बिस्तारै समीक्षा छटपटाउन थालिन् । उनी घरि अचेत बन्थिन्, घरि केटा देख्नासाथ हातमा जे भेट्यो त्यसैले झम्टिन्थिन् । समीक्षाका लागि लामो समय धामी–झाँक्री र औषधि–मूलो गर्दा पनि उनको रोग बीसको उन्नाइस भएन । एक दिन समीक्षा खेतको डिलमा बसेर दाह्रा किटिरहेकी थिइन् । त्यस्तो गतिविधि भाउजूले देखेपछि घरमा आएर श्रीमान्लाई भनिन्, ‘बहिनीको बिहे गरेपछि पो ठीक हुन्छ कि ?’

त्यसपछि समीक्षाका दाइ काठमाडौं आएर सेक्स टोय खरिद गरे । ३५ सय रुपैयाँको सेक्स टोय खरिद गर्नका लागि पाँस सय रुपैयाँ पुगेन । तर, पछि ल्याइदिनु भन्दै पसलेले उपलब्ध गराए । त्यसको तीन महिनामा पाँच सय रुपैयाँ बोकेर उनी त्यहाँ आइपुगे । उनको मुख हँसिलो थियो । भने, ‘मैले वर्षौंदेखि औषधि गर्दा पनि केही सुधार भएको थिएन, अहिले पूर्ण रूपमा निको भयो । तपाईंलाई धन्यवाद ।’

एकपटक ह्विलचेयरमा बसेर एक अधबैँसे दम्पती कन्डम हाउस पुगे । उनीहरूले पसलेसँग आफ्नो समस्या बताए । केहीबेरपछि श्रीमान्ले भने, ‘मलाई स्पाइनल कर्ड इन्जुरी भएको ५–६ वर्ष भइसक्यो । यदि रुचि भए अरूसँग सेक्स गर्दा हुन्छ भनेर पनि मैले पटक–पटक भनेँ । तर, उसले मानिनँ । बिहे गरभन्दा पनि मान्दिनँ । एउटा राम्रो खालको सेक्स टोय दिनुपर्यो ।’

माथिका घटना उदाहरण मात्रै हुन्, नेपालमा सेक्स टोय प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको थाहा हुन्छ । ०६५ सालमा काठमाडौंमा पहिलोपटक कन्डम हाउसको नाममा सेक्स टोय पसल खुलेको थियो । त्यसपश्चात् काठमाडौं, पोखरा, चितवन, इटहरी र दमकमा गरी नौभन्दा बढी यस्ता पसलको स्थापना भएको छ । अहिले काठमाडौंमा मात्रै पाँच ठाउँमा यस्ता पसल सञ्चालनमा छन् ।

आफ्नो सेक्स पार्टनर नभएको अवस्थामा सम्भोगका लागि प्रयोग गर्ने सेक्स टोयको माग पछिल्लो समय बढ्दै गएको छ । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्री नेपाली बजारमा उपलब्ध छ । सुरुसुरुमा ग्राहकहरू लजाउने गरेपनि अचेल अधिकांशले निसंकोच आफ्नो समस्या बताएर सेक्स टोय खरिद गर्ने गरेको कण्डम हाउसका सञ्चालक युवराज न्यौपाने बताउँछन् ।

पहिलोपटक पसल खोल्दा डेढ वर्षसम्म सेक्स टोयका ग्राहक नपाएका युवराज अहिले दिनमा औसत तीनवटा सेक्स टोय बेच्छन् । सेक्स टोय खरिद गर्नेहरू अधिकांश तन्नेरी हुने गरेको युवराज बताउँछन् । ‘अधिकांश सेक्स टोय खरिद गर्नेहरू २० देखि ४५ वर्ष उमेर समूहका हुन्छन्,’ उनले भने, ‘कतिपय युवती भाइब्रेट लिन आए पनि सेक्स टोय नै खरिद गर्न आएको भने त्यति धेरै पाएको छैन ।’ तर, सेक्स टोय खरिद गर्नेमा अधिकांश महिला भएको उनको भनाइ छ । भन्छन्, ‘महिलाका लागि २० वटा सेक्स टोय बिक्री हुँदा मुस्किलले पुरुषका लागि एउटा जान्छ ।’

यौनका बारेमा व्यक्तिपिच्छे फरक–फरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ । चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा पर्न थालेका छन् । नेपालमा पनि सेक्स टोयको माग बढ्दै छ ।

विश्वास खड्का थोकीको रिपोर्ट नयाँ पत्रिकाबाट

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय