दशैं खर्च संकलनका कारण नेप्सेमा दबाब

दशैं खर्च संकलनका कारण नेप्सेमा दबाब

काठमाडौं, असोज १८ । शेयर लगानीकर्ताहरु दशैं खर्चको रकम जोहो गर्नतर्फ लाग्दा नेप्से परिसूचकमा दवाब पर्न थालेको छ । मंगलबार सामान्य सुधार आएको बजार बुधबार फेरि दोहोरो अंकले घट्न पुगेको छ ।

साना लगानीकर्ता दशैं खर्च जुटाउन लाग्दा तथा ठूला लगानीकर्ताहरु धितोपत्र बोर्डको लगानीकर्ता सप्ताहमा अलमलिँदा बजारमा कारोबार रकम घटेको लगानीकर्ता सरोज घिमिरेले बताए ।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बजार घट्ने कारण एउटामात्र भन्दापनि अन्य कारण पनि हुने हुँदा यो नै प्रमुख कारण हो भन्न नमिल्ने उनको तर्क गर्छन् । हरेक बर्षजस्तै यो बर्षपनि दशैं नजिकिँदै जाँदा त्यसको असर नेप्से सूचकमा पर्नु सामान्य भएको उनको भनाइ छ ।

बुधबार नेप्से सूचक १०.७६ अंकले घटेर १२३०.६० अंकमा बन्द भएको छ । यसदिन १६५ कम्पनीका १४ लाख ३६ हजार ५१२ कित्ता शेयर ३७ करोड ४० लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम ७ करोड ७९ लाख धेरैले कम हो । मंगलबार ४५ करोड १९ लाख ९३ हजार रुपैयाँ बराबरमा किनबेच भएको थियो । मंगलबार पनि कारोबार ८ करोडले घटेको थियो ।

बुधबारको बजारमा वाणिज्य बैंकको धेरै कारोबार भएको छ । शीर्ष दश कारोबार गर्ने कम्पनीमा ९ वटा वाणिज्य बैंक रहेका छन् भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि चौथो ठूलो कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार भएको एनएमबि बैंकको २ करोड ६२ लाखको शेयर खरिद विक्री भएको छ भने दशौं नम्बरमा कारोबार भएको कृषि विकास बैंकको ९९ लाख ६४ हजारको शेयर खरिद बिक्री भयो ।

कारोबारमा आएका ११ उप समूहमध्ये होटल र व्यापार बाहेक बाँकी ९ वटै उप समूहको सूचकमा गिरावट देखिएको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५१.३८ अंकले घटेको छ । जीवन बीमा, जलविद्युत, विकास बैंक र बैंकिङ्गको इन्डेक्स् पनि दोहोरो अंकले घट्यो ।

बुधबारको बजारमा नाडेप लघुवित्त कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशतले नाफा बुक गरेका छन् । समता माइक्रोफाइनान्सका शेयरधनीले ७.३४, गोखार्ज फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ३ प्रतिशतले बढीले कमाएका छन् । विशाल बजार कम्पनी र जेविल्स् फाइनान्सको शेयरमूल्य पनि दुई प्रतिशतले बढेको छ ।

नेपाल हाइड्रो डेभलपर कम्पनी र मेरो माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै पाँच प्रतिशत बढीले गुमाएका छन् । सिन्धु विकास बैंक, महुली सामुदायिक लघुवित्त, गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र स्वरोजगार लघुवित्त कम्पनीको शेयरमूल्य पनि बुधबार ३ प्रतिशत बढीले अवमूल्यन भएको छ । मेरोलगानीबाट

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय