नेपाल एसबिआई बैंकको लाभांश घोषणा, यस्तो छ प्रगति विवरण !

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, यस्तो छ प्रगति विवरण !

काठमाडौ‌ पुस १ ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समतिको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत (४० करोड २३ लाख ४५ हजार २५०) बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३४ करोड ५ लाख ६५ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो भने बैंकको खुद नाफा भने एक अर्ब ८७ करोड ६५ लाख ०७ हजार रूपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष बैंकले १५.४२ प्रतिशत बोनस तथा ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले थोरै लाभांश घटाएको हो ।

यस्ताे छ प्रथम त्रैमास 

एसबिआई बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार भएको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११.६० प्रतिशतले बढेर ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

फ्रि प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ मात्र

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा २० करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २७ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १३.९७ प्रतिशतले घटेको हो। गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ३२ करोड ५१ लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

नेपाल एसबिआई बैंकको खुद नाफा ४८ करोड ९७ लाख, अन्यमा यस्तो छ प्रगति

नेपाल एसबिआई बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार भएको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११.६० प्रतिशतले बढेर ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

फ्रि प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ मात्र

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा २० करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २७ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १३.९७ प्रतिशतले घटेको हो । गतवर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ३२ करोड ५१ लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड

यस अवधिमा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड दिएको देखिन्छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले निक्षेप संकलन बढाएको हो भने २४ प्रतिशत धेरैले कर्जा परिचालन गरेको छ ।

चालू आवको पहिलो त्रैमासमा ९४ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८४ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद ब्याज आम्दानी एक अर्ब ६ करोड

यस अवधिमा एसबिआई बैंकले एक अर्ब ६ करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा १७.५३ प्रतिशत धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले ९० करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिशेयर आम्दानीमा सामान्य संकुचन

नेपाल एसबिआई बैंकको पूँजी वृद्धिको अनुपातमा आम्दानी वृद्धिको अनुपात बढ्न नसक्दा बैंकको प्रतिशेयर आम्दानी केही घटेको छ ।

समिक्षा अवधिमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३५ पैसा कायम छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १८ पैसा थियो ।

खराब कर्जा बढ्यो

व्यवसायको आकारमा बढोत्तरी भएसँगै बैंकको खराब कर्जा अनुपातमा केही बढोत्तरी भएको छ । गत आवको प्रथम त्रैमासमा बैंकको खराब कर्जा ०.१३ प्रतिशतबाट ०.२० प्रतिशतमा बढेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३८ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.२१ गुणा बढी छ ।

पूँजीसँगै जगेडा कोष पनि सुधारियो

चुक्ता पूँजी ८ अर्ब ४ करोड ६९ लाख रुपैयाँ भएको बैंकको जगेडा कोषमा ५ अर्ब २६ करोड ८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले १५.४२ प्रतिशतले चुक्ता पूँजी बढाउँदा जगेडा कोषमा २०.९३ प्रतिशतले सुधार गरेको हो । मेरोलगानीबाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय