नेपालको समृद्धिको यात्रामा योगदान गर्न कतारबाट प्रवासी मुस्लिम समुदायको पहल
कतार । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई एउटै छाताभित्र ल्याउने कार्यको कतारबाट शुरुवात गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले गएको शुक्रबार नज्मास्थित द गोर्खा रेस्टुरेन्टमा प्रेसमिट गरी यस्तो जानकारी दिएको हो ।
देश आर्थिक समृद्धिको यात्रामा रहेको समयमा सिङ्गो रास्ट्रलाई सक्दो योगदान दिने उद्देश्यले कतारमा रहेका बुद्धिजीवीहरुबाट परामर्श लिई अन्तर्राष्ट्रिय मुस्लिम समाजको परिकल्पना गरिएको कार्यक्रमका प्रमुख अथिति अन्तरास्ट्रिय मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलिमिया बताउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार अध्यक्ष मुक्ततदा मुसलमानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीका विभिन्न प्रकारका जिज्ञासाको समाधान आयोजकले गर्ने प्रयास गरेको थियो ।
विशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिमबक्स मियाँ, अन्तरास्ट्रिय मुस्लिम समाज महिला संयोजक अमिना खान, अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार मोहम्मद अजिज अलि , अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार संयोजक हुसैन खानको उपस्थिति रहनु भएको थियो ।
कार्यक्रमा स्थानीय संचारकर्मी, अतिथि अख्तर गद्दी सल्लाहकार सैगरी नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब महेन्द्र प्रसाद पोख्रेल, प्रमुख सल्लाहकार गणेशप्रसाद बन्जाडे, राजधानी साप्ताहिकका दिलकुमार श्रेष्ठ , उज्यालो अनलाइन खबर कतार प्रतिनिधि महेश्वर नेपालको उपस्थिति रहेको थियो । साथै स्थानीय सञ्चारमाध्यममा कार्यरत प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा अब्दुल करीम मियाँ, हुसैन खान, मोहम्मद अजीज अली, महिला संयोजक अमीना खान शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कतारमा करीब चारलाख नेपाली कार्यरत रहनु भएकाे छ । त्यसमध्ये करीब ६० हजार मुस्लिम रहेको बताइन्छ ।
आफ्नो अनुकूलमा विभिन्न मुस्लिम संघसंस्था खोलेर क्रियाशील सबैलाई साझा संस्थामा आबद्ध भई अगाडि बढन अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज कतारले आह्वान गरेको छ ।
प्रेसमिटमा उपस्थिति भएकोमा सबैमा कृतज्ञता प्रकट गर्दै सकारात्मक सहयोग, सल्लाह र सुझावका लागि अनुरोध गर्दै समाजका अध्यक्ष मुसलमानले कार्यक्रमको समापन गर्नु भएकाे थियाे ।
पढ्नुहोस् अध्यक्ष मुसमानले गरेको सम्बोधन जस्ताको त्यस्तै
आदरणीय पत्रकार साथीहरु
सर्वप्रथमतः हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नु भएकोमा हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गर्दछौं ।
लामो अध्ययन, चिन्तन र वहस पश्चात अन्ततस् हामी नेपाली मुस्लिम समुदायको साझा संजाल ‘अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज’ गठन प्रक्रियाको प्रारम्भिक चरणमा प्रवेश गरेका छौं। कतारबाट यस अभियानको थालनी आरम्भ गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रिय समिति गठन प्रक्रियालाई अघी बढाइने छ।
विश्व संजालमा छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा जोडी समुदाय र राष्ट्रको सम्व्रिद्दिमा सहभागी बन्न यस समाजको गठन प्रक्रिया आरम्भ गरिएको स्पष्ट पार्न चाहन्छौं ।
साथीहरु,
विविधताले भरिएको नेपालको राजनैतिक अभ्यासमा कुनै प्रतिकुलता नआएसम्म अब मुलभूत रुपमा हकहितका राजनैतिक संघर्ष बिश्रामोंमूख छ।
नेपालको लामो राजनैतिक संघर्षको प्रतिफल स्वरुप देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगको आरम्भ बिन्दुमा प्रवेश गरी सकेको छ। अब राष्ट्रले सम्व्रिद्दिको बाटो पहिल्याउँदै बढ्ने प्रण गर्दो छ, नेपाली जनताले के कति उपलव्धी हासील गरे वा कति हासील हुन सकेन त्यसको लेखाजोखा समय चक्रसंगै बनेर जाने नै छ। अतस् राष्ट्रको सम्व्रिद्दिको लागि सम्पूर्ण नेपाली नागरिकले समेत प्रण गर्नु आवस्यक छ ।
मुलभूत रुपमा अबको दिशा भनेको अधिकारका लागि आन्दोलन होइन, अबको दिशा सम्व्रिद्द नेपालको लागि आन्दोलन भन्ने मानासिताको बिकास गर्दै अघी बढ्नु आवस्यक छ। प्राप्त भएका अधिकार र प्राप्त हुन बाँकी अधिकारको भरपाई अब राष्ट्रको सम्व्रिद्दिले मात्र प्राप्त हुन सक्दछ, किनकि राष्ट्रले धेरै आन्दोलन खेप्यो जसकारण लाखौँ युवा विदेसिन बाध्य भए। राजनैतिक अन्दोलनले पलायन भएको शक्ति सम्व्रिद्दिको आन्दोलनले फर्किनु पर्दछ वा कम्तिमा पलायनको परम्पराको अन्त्य हुनु पर्दछ ।
हिंजोका दिनमा नेपाली मुस्लिम समुदायले ‘एकता पहिचान र अधिकार’ को नारा र त्यसको जगमा आन्दोलन गर्दै आए। अब हामीले ‘सम्व्रिद्द नेपाल हाम्रो अभियान’ भनेर लाग्न सक्नु पर्दछ र त्यसको जग बसाल्नु पर्दछ ।
देशको कुल जनसंख्या र वैदेसिक रोजगारमा रहेका कुल प्रबासी नेपालीहरुको आंकडा निकालेर विशेसतस् खाडी र मध्यपुर्वलाई हेर्ने हो भने सामुदायिक दृष्टिकोणबाट नेपाली मुस्लिमहरुको संख्या व्यापक छ । १८ वर्षदेखि ४० वर्ष उमेरका ठुलो शक्ति प्रबासमा श्रम गरी रहेका छन्। अब यिनलाई सम्व्रिद्द राष्ट्रको अभियानमा जोड्नु जरुरी छ, जसको निम्ति उचित प्लेटफर्मको आवस्यकतालाई महसुस गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुको साझा समाजको परिकल्पना सहित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको अवधारणा अघी सारिएको हो।

मूलतस् वैदेसिक रोजगारमा रहेर हामी विदेसी भूमिलाई श्रम दियौं अब यहाँबाट स्वदेशलाई हामीले देखिने गरी केहि दिन सक्नु पर्दछ। हामी सबैको साझेदारी र जोडमा आधारित भएमात्र राष्ट्रलाई बिकासको बाटोमा डोर्याउन सकिन्छ भन्ने मान्यताको बिकास गर्नु हाम्रो ध्येय रहेको छ।
नेपालको समग्र बिकासको लागि कतारबाट दिन सकिने प्रचुर सम्भावनाहरुको भण्डार छ । मुख्यतः पर्यटन, कृषि, स्वास्थ्य र शिक्षामा कतारबाट एतिहासिक रुपमा हामीले काम गर्न सक्दछौं।
आदरणीय पत्रकार साथीहरु,
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको सांगठनिक पक्ष र यसको उद्देश्य बारे वुँदागत रुपमा जानकारी गराउन चाहन्छौं(
यो समाज नेपाली समुदायसित सामुदायिक साझेदारीमा बिस्वास गर्ने गैर राजनैतिक समाज हुनेछ
बिभिन्न कारणले विश्वभर छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटा छातामा समाहित गर्ने गरी प्रारम्भमा मूलतस् खाडी र क्रमिक रुपमा विश्वभर नै यसको शाखा निर्माण गरिने छ।
अन्तर्राष्ट्रिय समन्वय समितिको गठन भए लगत्तै कतार लगायत बिभिन्न राष्ट्रलाई शाखा मानिने छ। नेपालमा सम्पर्क कार्यालय रहने छ
नेपाल सरकारमा दर्ता प्रक्रिया एवं नेपाली नियोगमा यथासम्भव सुचिकृत गरिने छ भने कतार सरकारको सम्वन्धित निकायमा सुचिकृत प्रक्रिया समेत अघी बढाइने छ।
यो समाज मुस्लिम समुदायको मौलिकतामा आधारित भएपनि यसको खुला उद्देश्य नेपाली समुदायको हक हितमा समर्पित रहनेछ।
कतारमा विगतदेखि सक्रिय रहँदै आई रहेका सबैखाले मुस्लिम समाजहरुलाई समन्वयात्मक एवं साझेदारी संस्थाको रुपमा लिइने छ। कुनैपनि संस्थाहरुको स्वामित्वमा कुनै हस्तक्षेप गरिने छैन।
कतारमा कार्यरत सबै नेपाली मुस्लिम यस समाजका स्वतस् सदस्य मानिने छ, संस्थागत पद्दतिमा आउन चाहनेहरुलाई निस्शुल्क सदस्यता परिचय पत्र प्रदान गरिने छ। जसको लागि सुचना प्रविधीको उपयुक्त विधी मार्फत सहज सदस्यता लिन सकिने प्रावधानको बिकास गरिने छ।
समाज संचालनको लागि आवस्यक आर्थिक पक्षको लागि विभिन्न माध्यमहरुको खोजी गरिने छ।
कतारको बस्तुगत अवस्थालाई मध्येनजर गर्दै सबै संघसंस्थाहरुसित समन्वय गरी क्यालेन्डर मार्फत समाजका बिभिन्न गतिविधी संचालन गरिने छ।
पर्यटन बिकासको लागि खाडीबाट गर्न सकिने पहलबारे नेपाल पत्रकार महासंघ कतार शाखाले अगाडी सारेको “कतार(नेपाल मैत्रीपूर्ण पर्यटन परियोजना” अत्यन्तै सान्दर्भिक महत्वपूर्ण छ। सामुदायिक साझेदारी सिद्दान्त अनुसार उक्त परियोजनामा साझेदारी संस्थाको रुपमा यो समाज कटिवद्द रहने छ।
आधुनिक कृषिमा लगानी र स्वरोजगारको क्षेत्रमा गहिरो अध्ययन गरी वातावरण निर्माण गर्न प्रयाश रहने छ।
गरिव तथा विपन्न वर्गमा शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउन दाताहरुको खोजी गरी न्यायोचित रुपमा अभियान तीव्र बनाइने छ।
नेपालको कानुन सामुदायिक व्यबस्थाभित्र रही यस समाजले इस्लामिक युनिभर्सिटीको महत्वाकांक्षी परियोजना अनुरुप काम गर्नेछ।
अन्तमा, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजलाई यहाँहरुको उचित रायको सदैव खाँचो रहने छ।
हार्दिक आभार प्रकटसहित
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज परिवार।
अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए
काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।
यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
कम्बोडियाबाट १२ नेपालीको उद्दार
काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।
डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन
काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

