पाँच दलले कटाए थ्रेस होल्ड, राप्रपा र नयाँ शक्ति ‘आउट’, कुन दललाई कति सिट ?

पाँच दलले कटाए थ्रेस होल्ड, राप्रपा र नयाँ शक्ति ‘आउट’, कुन दललाई कति सिट ?

काठमाडौं, पुस ३ । मंसिर १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेकाे निर्वाचन आयोगले जनाएकाे छ । प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७१ हजार १७ मत पौप्त गरी पहिलो, कांग्रेसले ३१ लाख २४ हजार सात सय ९० मत प्राप्त गरी दोस्रो बनेको छ । यस्तै माओवादी केन्द्रले १३ लाख दुई हजार तीन सय ४७ मत पाएर तेस्रो बनेको छ ।

थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २३९ मत र संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार एक सय ६३ पाएका छन् ।

दलहरूले प्राप्त गरेको मतअनुसार, प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । यद्यपी आयोगले अन्तिम मतपरिणाम भने सार्वजनिक गरेको छैन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक, एक सिट जितेका छन् । -नयाँ पत्रिकाबाट

समानुपातिकको अन्तिम नतिजा अनुसार पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन्। तीन प्रतिशत थे्रस होल्ड कटाउनु पर्ने व्यवस्थाका कारण नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र मधेसी जनअधिकार फोरम मात्रै राष्ट्रिय दल बन्न सफल भएका हुन्।

एमाले पहिलो, कांग्रेस दोस्रो
३० प्रतिशत मत ल्याएर एमाले पहिलो दल बनेको छ। प्रत्यक्षमा ८० स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत ल्याएको छ।

कांग्रेसले ३१ लाख २ हजार ३८९ मत पाएर दोस्रो दल बनेको छ। कांग्रेसले २९.५४ प्रतिशत मत ल्याएको छ। प्रत्यक्षतर्फ कांग्रेसले २३ सिट मात्रै जितेको छ। १२.३१ प्रतिशत मत ल्याएर माओवादी तेस्रो दल बनेको छ। प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा १३ लाख ३ हजार ५२१ मत पाएको छ।

फोरम र राजपा राष्ट्रिय दल
त्यसैगरी ४.४६ प्रतिशत मत ल्याएर राष्ट्रिय जनता पार्टी नेपाल चौथो दल बनेको छ। राजपाले समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत ल्याएको छ भने ११ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरमले राजपाकै हाराहारी मत ल्याएको छ। उसले ४.४४ प्रतिशत मत प्राप्त गरेको छ। प्रत्यक्षमा १० सिट जितेको फोरमले समानुपातिकतर्फ ४७ हजार २०१ मत प्राप्त गरेको छ।

राप्रपा र नयाँ शक्तिको बिजोग
१-१ सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेनन्। निर्वाचनको समय चर्चामा रहेको विवेकशील साझा पार्टीले २ प्रतिशत मत मात्रै प्राप्त गरेको छ। विवेकशीलले २ लाख १२ हजार ३६३ मत प्राप्त गरेको छ।

राप्रपाले १.८५ प्रतिशत मत प्राप्त गरेको छ। उसले १ लाख ९६ हजार ७४२ मत प्राप्त गरेको छ। नयाँ शक्ति, जनमोर्चा र नेमकिपाले १ प्रतिशत मत समेत कटाउन सकेका छैनन्।

औपचारिक घोषणा हुँदै
गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभामा देशभर कुल १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका गणना सकिएको औपचारिक घोषणाको तयारी भइरहेको जानकारी दिए।

अध्यक्ष प्रचण्ड दाङमा

तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।

महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।  हिजो भएको दुर्घटनमा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन र अरु थुप्रै घाइते भएको खबरले स्तब्ध बनेको बताउँदै अध्यक्ष प्रचण्डले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति सरकारले अभिभावकिय भुमिक निवार्ह गर्नुपर्ने बताउनुभएको हो । यस्तो छ सामाजिक सञ्जालमा उहाँले गर्नुभएको आग्रह 

विस्तारै उकालो लाग्दै तापक्रम

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ।  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको बताइएको छ । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने विभागका एक कमचारीले जानकारी दिए । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ।  आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।  

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए :  सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो।  जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

लोकप्रिय