पुरुषहरुमा देखापर्ने ५ मुख्य याैन समस्या (कारण र उपचारसहित)
यौन समस्या भनेको व्यक्तिहरुले आफ््नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्काे शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो ।
लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम(शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौनजन्य समस्या व्यक्तिमा यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन् । तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो? त्यसको प्रकृतिबारे पत्ता लगाई ती बीचको अन्तर जान्न अत्यन्त आवश्यक रहन्छ ।
यौनजन्य गतिविधि हार्माेन, मानसिक तथा नशासम्बन्धि कार्यप्रणालीहरुको समन्वयित कार्य हो । जसकारण स्वस्थ यौन स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरु स्वस्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ ।
यसबाहेक यौनसुख प्राप्ति सम्बन्ध स्थापितका लागि व्यक्तिको रक्तवाहिका, रक्तस्नायु तथा लिंग उत्तेजितका कारण लिंगले उचित आकार लिएको हुनु पर्दछ । त्यस्तै, अण्डकोष हुदैँ मुत्रमार्गमा आउने शुक्राणु स्खलनका लागि पनि मांसपेशी तथा स्नायुबीच उचित समन्वयताको आवश्यकता पर्दछ ।
यसकारण पनि कुल संख्यामध्ये ३१ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला शिकार हुने अनुमान गरिएको यस यौन समस्या एक प्रोफेशनल(विज्ञ) मद्दतकर्ता बिना नै हल गर्न मुश्किल पर्दछ । पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्लखलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहाना घट्दै जानु तथा पेयरोनी रोगको शिकार हुनु हो ।
यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ ।
पुरुषहरुमा देखापर्ने मुख्य ५ समस्यालाई सुचीबद्व गरी निम्न प्रकारले व्याख्या गरिएको छ ।
१. उत्तेजना नहुनु
यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो ।
यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो ।
मुख्यतयाः शारीरिक एवम् मानसिक पक्षसंग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झण्डै ५२ प्रतिशत व्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ ।
यसैगरि, यस समस्याका लागि मुटुसम्बन्धिका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनको मात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबढि, दिर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदि पक्षहरु पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् ।
यद्यपि धमनीमा रक्त प्रवाहलाई अवरोध पु¥याउने कार्डियो भास्कुलर असामान्यताले लिंगको भित्री भागलाई कडा, कठोर एवम् उत्तेजित बनाउँछ । र, यो अवस्था यौन जटिलता अन्र्तगत देखा पर्ने साझा समस्यामध्ये एक हो ।
२. शीघ्रपतन
यो अवस्थाले यौनसम्बन्ध स्थापितको शुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ । जुन व्यक्तिको नियन्त्रण बाहिर हुन्छ । सेरोटोनिन(व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्रपतन समस्यामा प्रमुख भुमिका निर्वाह गरेको हुन्छ ।
यस्त,ै केहि औषधिहरुको सेवनले पनि व्यक्तिको स्खलन प्रकृयासंगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत आघात पु¥याउन सक्छ ।
पेनाइल( लिंगमा परेका प्रभाव) लाई पनि शिघ्रपतनको मुख्य कारण मानिन्छ ।
यद्यपि यी मात्र नभई स्खलनको केन्द्रिय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन(नशामा प्रवाह गर्ने प्रकृया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण पक्षहरु लाई पनि शीघ्रपतनका अर्काे प्रमुख कारक तत्व मानिन्छ ।
यस समस्या व्यक्तिले आफ्नो स्खलन हुने समयमा आफ्नो लिंगलाई पार्टनरको यौनांगबाट बाहिर निकाल्ने प्राकृतिक ‘इस्कुइज’ उपायबाट नै समाधान गर्न सकिन्छ । यस उपायलाई यस्ता यौनजन्य समस्या समाधानका एक उच्च बायो–फिडब्याक समेत मानिन्छ । अर्थात्, शिघ्रपतनका कारण व्यक्तिले आफ्नो यौनसन्तुष्टि प्राप्त गर्न नसकेको अवस्थामा व्यक्तिले आफुलाई शिघ्रपतनको महशुस हुनासाथ यौनकार्यलाई रोक्दै आफ्नो स्खलन रोक्नुपर्ने हुन्छ ।
यहि प्रकृयालाई लगातार दो¥याउँदा व्यक्तिले लामो समयसम्म सम्भोग आनन्दको प्रत्याभुति गर्न सक्छन्, भने यसका लागि व्यक्तिले केहि स्प्रेको प्रयोग पनि गर्न सक्छन् । जस्तो लिंगको संवेनशिलतालाई कम गर्दै स्खलनलाई नियन्त्रण गर्ने ‘लिडिओकेन’ को प्रयोग ।
३. ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु
स्खलनन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ ।
सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरुप देखा पर्छ ।
यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ ।
जबसम्म व्यक्तिलाई आफु स्खलन हुन लागेको महशुस हुदैँन तबसम्म लिंगलाई प्रवेश गराई रहने सेंसेट फोकस व्यायाम पनि यसका लागि उपयुक्त रहन सक्छ ।
यसको ठिक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात् ‘विलम्बित स्खलनन’ भनिन्छ ।
यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरुमा देखिन्छ ।
वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरुप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहिँ ड्राई(सुख्खा) अग्र्याज्म पनि भनिन्छ ।
केहि औषधि तथा शल्यक्रियाको माध्यमबाट मुत्राशयको ब्लाडरमा रहेको भल्भलाई बन्द गरिएको खण्डमा यस समस्याको निदान गर्न सकिन्छ, भने यसको विकल्पको रुपमा व्यक्तिले कृत्रिम गर्भधारणका लागि ब्लाडरबाट नै समेत शुक्राणु प्राप्त गर्न सक्छन् ।
४. कम कामोच्छा वा यौन चाहाना नहुनु
चिकित्सा क्षेत्र अन्र्तगत ‘लो लिबिडो’ भनिने समस्या व्यक्तिमा टेस्टोस्टेरोन नामक हार्माेनको मात्रा कमी भएर हुने गर्छ । जसले व्यक्तिको यौनाच्छालाई स्वतः कम गराउँछ ।
टेस्टोस्टेरोनले यौन ऊर्जा, वीर्य उत्पादन, मांसपेशी कपाल तथा हाडको स्वरुप लगायत व्यक्तिको मानसिक प्रकृयामा समेत प्रभाव पार्ने भएकाले यसले सहजै व्यक्तिको यौन जीवनमा समेत उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ ।
तसर्थ शरीरमा यस हार्माेनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ । यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ ।
यसैगरि डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दिर्घकालीन औषधि सेवनलाई पनि यसको अर्काे कारक तत्वको रुपमा लिइन्छ ।
टेस्टोस्टेरोनको मात्रा कमी भई व्यक्तिलाई यौन समस्या उत्पन्न भएको महशुस भएमा व्यक्तिले चिकित्सकको सल्लाहमा हार्मोनल सप्लिमेन्ट्स(पूरक)को सेवन गर्न सक्छन् । यस्तै, मानसिक आघातका कारण सो समस्या देखा परेका व्यक्तिले भने मनोवैज्ञानिक परामर्शदात्ता वा विज्ञबाट आवश्यक सहयोग लिन सक्छन् ।
५. पेरोनिज रोग
संयोजित टिस्युले लिंगलाई घुमाउरो(बाउडिने) बनाउने यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ । जसकारण व्यक्तिलाई सम्भोग एवम् उत्तेजनाको दौरानमा पिडा हुने गर्छ ।
यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले लिंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा लिंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ ।
प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ ।
यसैगरि, कहिलेकाहिँ व्यक्तिको लिंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्या पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् ।
केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ ।
पुरुषका यौनजन्य समस्याका प्रमुख कारणहरु
यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पु¥याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक÷जैविक, सामाजिक एवम् मनोवैज्ञानिक बनावजस्ता जुनसुकै कारण पनि उत्पन्न हुन सक्छन् ।
तसर्थ बिरामीले समस्याको मुख्य जड थाहा पाउनका लागि परामर्शदात्ता अथवा सम्बन्धित चिकित्सकसंग सल्लाह सुझाव लिई उचित मापदण्डका रुपरेखा तयार गर्नु बुद्विमानी रहन्छ । यसका केहि कारक तत्वहरु तल निम्न रुपले समावेश गरिएको छः
शारीरिक कारणहरु
१. कम टेस्टोस्टेरोन तथा हार्माेनको गडबढि
२. दिर्घकालीन औषधिको प्रयोग
३. एथ्रोस्क्लेरोसिस(धमनीहरु कडा हुनु) जस्ता रक्तवाहिनीको गडबढि तथा उच्च रक्तचाप
४. मधुमेह अथवा शल्यक्रियाका कारण स्ट्रोक अथवा नशामा क्षति पुगेमा
५. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोर, हार्माेनको गडबढि, अथवा मुटुरोग जस्ता स्वास्थ्य अवस्था
६. बहु– स्क्लेरासिस अथवा पार्किन्सन्स रोगजस्ता स्नायुप्रणाली विकारहरु
७. धुम्रपान, मद्यपान तथा लागुऔषधको सेवन
८. बढ्दो उमेरले पनि धेरै हदसम्म व्यक्तिको यौनेच्छा, उत्तेजना तथा प्रदर्शन क्षमतामा हृास ल्याउँछ ।
मनोवैज्ञानिक कारणहरु
१. वैवाहिक अथवा भावनात्मक समस्या
२. यौन प्रदर्शन सम्बन्धनका तनाव
३. आत्मग्लानी अथवा डिप्रेशन
४. पुर्व यौनजन्य घटनाको आघात
५. कार्यसम्बन्धि तनाव वा चिन्ता
६. आत्मविश्वासको कमी
७. पार्टनरसंगको नसुल्झिएको दरार÷असमझदारी
पुरुष यौनजन्य समस्याको पहिचान
पार्टनरसंगको आफ्नो विगतका यौन अनुभवबारे मौखिक अथवा शारीरिक रुपमा सोधपुछ एवम् परीक्षण गरेर आफूमा भएको समस्याको पहिचान गर्न सकिन्छ ।
त्यसै स्वरुप चिकित्सकले पनि सर्वप्रथम तपाईको रक्तवाहिनी स्वास्थ्य अवस्था अझ विशेषगरीः व्यक्तिको लिंगमा हुने रक्तप्रवाह अथवा व्यक्तिले अनुभव गरेका केहि समस्या अवस्थाबारे विस्तृत जानकारी लिने गर्छ ।
सो परीक्षण व्यक्तिमा देखिएका लक्षण, मेडिकल तथा यौनको विगत अवस्थासंग सम्बन्धित रहन्छन् ।
बिरामीका यससंग सम्बन्धित प्रश्नहरु निजी हुने भएकाल ेउनीहरुलाई कुनैपनि किसिमका अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् एवम् उचित उपचार प्रदान गर्न सकियोस् भन्नका लागि उपचारकर्ता सदैव सर्तक रहन्छन् ।
यौनसमस्याको उचित पहिचान पश्चात् बिरामीको अवस्था अनुरुप उनीहरुलाई युरोलोजिस्ट, इन्डोक्रोनोलोजिस्ट अथवा यौन परामर्शदात्ताका निमित्त सिफारिस गरिन्छ ।
चिकित्सकले समस्याको मुख्य जड पत्ता लगाउन बिरामीलाई केहि विविध किसिमका परीक्षण गर्न सल्लाह दिन्छन्, जुन निम्नानुसार रहेका छन्ः
१. टेस्टोस्टेरोन, ब्लडसुगर(मधुमेह बिरामीका लागि) तथा कालेस्टोरको मात्रा थाहा पाउनका लागि रगत जाँच
२. रक्तचाप जाँच
३. मलाशय परीक्षणद्वारा प्रोस्टेट जाँच
४. लिंग तथा अण्डाशयजस्ता प्रजनन अंगको परीक्षण
पुरुषमा देखिने यौनरोग रोकथामका उपायहरु
भविष्यमा आफूलाई कुनै पनि किसिमका यौनजन्य जटिलताको सामना गर्न नपरोस् भन्नका लागि व्यक्तिले सर्वप्रथम आफ्नो स्वस्थ मुटु स्वास्थ्यका लागि उचित ध्यान दिनु अत्यावश्यक रहन्छ ।
यसबाहेक समस्या उत्पन्न गराउने कारणहरु बारे पूर्वज्ञान हासिल गर्नु पनि समस्याबाट बच्ने भरपर्दाे उपाय हो ।
मुटुको स्वास्थ्य अवस्था व्यक्तिको यौन स्वास्थ्यसंग स्वभाविक रुपमा जोडिएको हुन्छ । जसकारण पनि स्वस्थ मुटुका लागि व्यक्तिले उचित स्वस्थ जीवनशैली तालिकालाई आत्मसात् गर्नुपर्छ ।
यसबाहेक स्वस्थ यौन स्वास्थ्यमा सुधार गर्नका लागि व्यक्तिले ध्यान दिनुपर्ने रोकथामका उपायहरु यसप्रकार रहेका छन्ः
१. मद्यपान सेवनको नियन्त्रण तथा धुम्रपानबाट टाढै रहने
२. एरोबिक्स, दौड तथा योगाको माध्यमबाट उचित स्वस्थ जीवनशैलीलाई व्यवस्थित राख्ने
३. स्वस्थ रहनका लागि हरिया तरकारीजन्य खाना सेवनको बानी बसाल्ने
४. व्यक्तिमा देखिएका यौनजन्य समस्याको मुल जड तनाव, चिन्ता तथा डिप्रेशनजन्य मनोवैज्ञानिक एवम् भावनात्मक पक्ष रहेको खण्डमा सम्बन्धित विज्ञद्वारा उचित राय लिने । यी पक्षहरु यौनजन्य समस्याको मुल जड भएका व्यक्तिहरुका लागि ‘कग्निटिभ–बिहेभिउरल’ थेरापी उचित मानिन्छ ।
५. सम्बन्धमा आएका प्रत्येक उतारचढाव आफ्ना पार्टनरसंगको साझेदारीमा समाधान गर्ने ।
पुरुष यौन समस्याका उपचार
यौनजन्य समस्याका पहिलो सामान्य उपचार भनेकै सर्वप्रथम यसका कारक तत्व/पक्षहरुको पहिचान गर्नु हो । चिकित्सकको सामान्य जाँचपछि सहजै पत्ता लागिने यसका लागि शारीरिक अथवा मानसिक जुनसुकै पक्ष पनि जिम्मेवार रहन सक्छन् ।
चिकित्सकले प्रायजसोः बिरामीका सो प्रकृतिका समस्या हलका निम्ति दिइने सुझावहरु यसप्रकार रहेका छन्ः
१. औषधि: व्यक्तिको स्वास्थ्य समस्या अनुरुप चिकित्सकले सिफारिस गर्ने सिल्डेनाफिल(भियाग्रा), वारडेनाफिल(लेभिट्रा) तथा टडाफिल(सिआलिस) लगायतका केहि औषधि सेवनले व्यक्तिको लिंगमा हुने रक्त प्रवाहमा सुधार ल्याई सो समस्याबाट राहत दिन मद्दत गर्दछ ।
२. हार्माेन थेरापीः हार्माेनका कारण देखिएका व्यक्तिका समस्यालाई केहि खोप, प्याच्स, अथवा जेलको माध्यमबाट टेस्टोस्टेरोन हार्माेनको स्तरलार्ई वृद्वि गर्न एवम् गराउन सकिन्छ ।
३. मनोवैज्ञानिक थेरापी: यौन स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने तनाव, डिप्रेशन, डर, ग्लानी आदि समस्या समाधानका लागि व्यक्तिलाई परामर्शदात्ताको आवश्यकता पर्न सक्छ । यसका लागि भावनात्मक आघात अनुरुप व्यक्तिले मनोपरामर्शदात्ता, कपल थेरापिस्ट(दम्पती परामर्शदात्ता), अथवा यौन विशेषज्ञमार्फत उचित मद्दत प्राप्त गर्न सक्छन् ।
४. मेकानिकल एड्स: उत्तेजना नहुने समस्या देखा परेका व्यक्तिलाई चिकित्सकले भ्याकुम अथवा पेनाइल इम्प्लान्टको सल्लाह दिन सक्छन् ।
स्रोतहरुः
क्लिभल्याण्ड क्लिनिक(२०१९), सेक्सुअल डिफङशन इन मेल्स, आर्टिकल
डा. डर्क रोजिङ एट अल (२००९), मेल सेक्सुअल डिफङशन, डोचेसअर्टेब्ल्यट इन्टरनेशनल
केभिन सी. जोर्न एण्ड सी. सील जेआर. (२०१९), सेक्सुअल प्रोब्लम्स इन मे, मेडिसिननेट
सब्रिना फेल्सन (२०२१), अन्डरस्टाण्डिङ मेल प्रोब्लम–डायग्नोसिस एण्ड ट्रिटमेन्ट, वेब एमडि
नेहा पाठक(२०२१), सेक्सुअल प्रोब्लम्स इन मेन, वेबएमडि
जोन हप्किन्स मेडिसिन, पेरोनिज डिजिज, हेल्थ आर्टिकल
क्लिनिकवान डटकमबाट साभार
जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका एक लाख ५० हजार बढी नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ । “चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ”, उनले भने, “सङ्क्रमण दर बर्सेनि बढ्दै जान थाले पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई मात्र लक्षित गरेर खोप अभियान सञ्चलन गर्न लागिएको हो ।” जिल्लामा रोगको जोखिम देखिँदै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालले बताए । उनका अनुसार अभियानमार्फत जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ । “लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन जिल्लाका ३५ वर्ष उमेर र सो माथिका नागरिकलाई आग्रह गरेका छौँ”, उनले भने, “स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायसँग सहकार्य गरी अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेका छाैं।” नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापनिज इन्सेफलाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसै गरी आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले जानकारी दिए । जापनिज इन्सेफलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर भने सेतो चिह्न भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेष गरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख वासस्थान हो, साउन, भदौ र असोजमा जापनिज इन्सेफलाइटिस बढी देखिने गर्दछ । यस रोगबाट धेरै व्यक्ति गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख चापागाईँले बताए । “यो रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी देखिन्छन्”, उनले भने, “यस रोगका खतराका लक्षण छारे रोग, प्यारालाइसिस र अचेत हुनु रहेको छ ।”
गुणस्तरीय जनमुखी जनस्वास्थ्यप्रति प्रतिबद्धता : स्वास्थ्य बीमालाई शत प्रतिशत पुर्याइने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले स्वास्थ्य बीमा अनिवार्य तथा प्रगतिशील : स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाएर स्वास्थ्य बीमाको आबद्धतालाई सबैलाई अनिवार्य गर्ने लक्ष्य लिइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा हाल करिब ३० प्रतिशत मा सीमित रहेको स्वास्थ्य बीमालाई आगामी विसं २०८८ सम्म शत प्रतिशत पुर्याइने लक्ष्य राखिएको छ । गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बीमामा समेटिएको अवस्थालाई विसं २०८८ सम्म शत प्रतिशत पुर्याइनेछ । गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी, तथ्यांकिक र पारदर्शी बनाइनेछ । प्रतिबद्धता पत्रअनुसार स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी तथा दिगो बनाई स्वस्थ तथा समुन्नत नेपाल निर्माण गर्ने लक्ष्यका साथ निम्नानुसार नीतिगत तथा कार्यगत सुधार गरिनेछ : · जनस्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्कः संविधानप्रदत्त स्वास्थ्यको मौलिक हक पूर्ण कार्यान्वयन गरिनेछ । खोप, सुरक्षित मातृत्व, सरुवा रोग नियन्त्रण, प्रजनन स्वास्थ्य तथा आधारभूत स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वमा राखी निःशुल्क प्रदान गरिनेछ । प्रजनन स्वास्थ्यसँग सम्बन्धित कानुनमा समयानुकूल परिमार्जन गरिनेछ । नागरिकले आफ्नो खल्तीबाट तिर्नुपर्ने स्वास्थ्य खर्च (इगत–या–एयअपभत) हाल करिब ५४% रहेको अवस्थालाई वि.सं. २०८८ सम्म ३५% भन्दा कममा झारिनेछ । · स्वास्थ्य बीमा अनिवार्य तथा प्रगतिशीलः स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाइनेछ । हाल करिब ३०% मा सीमित स्वास्थ्य बीमाको आबद्धतालाई सबैलाई अनिवार्य गरी वि.सं. २०८८ सम्म १००% पुर्याइनेछ । गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १०% मात्रै बीमामा समेटिएको अवस्थालाई वि.सं. २०८८ सम्म १००% पुर्याइनेछ । गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी, तथ्यांकिक र पारदर्शी बनाइनेछ । · समुदायमा स्वास्थ्य सेवा विस्तारः हरेक वडा, समुदाय तथा विद्यालयमा मिड–लेभल स्वास्थ्य टोली परिचालन गरी नियमित स्वास्थ्य जाँच, जीवनशैली परामर्श तथा रोकथाम सेवा प्रदान गरिनेछ । · सरकारी स्वास्थ्य संस्थामा विस्तारित सेवाः सरकारी अस्पतालहरूमा बहिरङ्ग सेवा वर्षभरि बिहान ७ देखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिनेछ । स्वास्थ्य चौकीहरूमा पनि ३६५ दिन सेवा विस्तार गरिनेछ । · विशेष प्राथमिकता समूहः वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ । ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती, नवजात शिशु तथा विपन्न वर्गलाई ग्रिन च्यानलमार्फत प्राथमिकता तथा विशेष सहुलियत प्रदान गरिनेछ । · स्वास्थ्यकर्मीको सेवा तथा सुरक्षाः सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जीवन निर्वाह योग्य तलब, सुविधा तथा सुरक्षा प्रदान गरी “एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था (पूर्णकालीन सेवा)” नीति कडाइका साथ लागू गरिनेछ । · रोकथाम प्रधान स्वास्थ्यः उपचारभन्दा रोकथामलाई प्राथमिकता दिई शारीरिक व्यायाम, योग, ध्यान तथा पोषिलो खानाको संस्थागत प्रवद्र्धन गरिनेछ । · मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामः बढ्दो मानसिक स्वास्थ्य समस्या तथा आत्महत्यालाई विशेष समस्या मान्दै आत्महत्या रोकथाम राष्ट्रिय रणनीतिक कार्यक्रम लागू गरिनेछ । मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यसँग एकीकृत गरी गाउँ तहसम्म विस्तार गरेर मनोसामाजिक परामर्श हेल्पलाइन सञ्चालन गरिनेछ । आत्महत्या मृत्युदर हाल २३.४ प्रति १ लाख रहेको अवस्थालाई वि.सं. २०८८ सम्म ४.७ प्रति १ लाखमा झारिनेछ । · पूर्ण डिजिटल स्वास्थ्य प्रणालीः सबै सरकारी स्वास्थ्य संस्थामा लागू गरी सेवाग्राहीले पुरानो कागजात बोक्नु नपर्ने व्यवस्था गरिनेछ । डिजिटल स्वास्थ्य र अस्पताल प्रशासन सुधार गरिनेछ । प्रणालीलाई शिक्षण अस्पतालहरूमा चरणबद्ध रूपमा लागू गरिनेछ । · प्रदेशस्तरीय विशिष्टीकृत अस्पतालः सातै प्रदेशमा पूर्ण सरकारी स्वामित्वका विशिष्टीकृत प्राज्ञिक तथा रेफरल अस्पताल स्थापना गरी काठमाडौँ धाउनु नपर्ने व्यवस्था गरिनेछ । प्रदेशमा मध्यम तथा उच्चस्तरीय विशेषज्ञ जनशक्ति उत्पादन गरिनेछ । · औषधि आपूर्ति तथा सुशासनः औषधि खरिदमा हुने अनियमितता अन्त्य गर्न केन्द्रीय फ्रेमवर्क सम्झौता तथा सरकारी–सरकारी खरिद प्रणाली लागू गरिनेछ । नेपाल औषधि लिमिटेड तथा सिंहदरबार वैद्यखानाको क्षमता वृद्धि गरी आधारभूत औषधि स्वदेशमै उत्पादन गर्ने र सरकारी संस्थामा जेनेरिक प्रयोग अनिवार्य गरिनेछ । · घुम्ती विशेषज्ञ सेवाः दुर्गम तथा पिछडिएको क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउन प्रत्येक वर्ष आश्विन/कार्तिक तथा फागुनमा जनस्वास्थ्य अभियानसहित घुम्ती विशेषज्ञ शिविर सञ्चालन गरिनेछ । · “अस्पताल पर्खने होइन, स्वास्थ्य सेवा गाउँ जाने” नीति अनुसार प्राथमिक स्वास्थ्य सेवा सुदृढ गरिनेछ । वडा तहका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको जनशक्ति, औषधि, उपकरण र गुणस्तर सुधार गरिनेछ । नसर्ने रोगहरूको रोकथाम र व्यवस्थापनका लागि हृदयरोग, मधुमेह जाँच, परामर्श र नियन्त्रण सेवा समुदायमै उपलब्ध गराइनेछ । · खाद्य तथा औषधि नियमनः अनियन्त्रित खाद्य पूरक तथा जडीबुटीजन्य पदार्थको नियमन गरिनेछ । मदिरा तथा सुर्तीजन्य पदार्थको करबाट प्राप्त रकम नसर्ने रोगको रोकथाम तथा उपचारमा खर्च गरिनेछ । · दूरस्वास्थ्य सेवाः दूरस्वास्थ्य चिकित्सा विस्तार गरी ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरिनेछ । जनरल प्राक्टिस तथा विशेषज्ञ सेवाको पहुँच विस्तार गरिनेछ । · सङ्घीय स्वास्थ्य संरचनाको पुनर्संरचनाः सङ्घ, प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संरचनाको पुनर्संरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवा वर्गीकरण/गुणस्तर निर्धारण गरिनेछ । · महामारी तथा आपत्कालीन सेवाः महामारी, विपत्ति तथा आपत्कालीन सेवालाई सुदृढ संरचनामार्फत प्रभावकारी बनाइनेछ । · स्वास्थ्य बजेट वृद्धिः स्वास्थ्य क्षेत्रको बजेट हिस्सा हाल करिब ५% रहेको अवस्थालाई वि.सं. २०८८ सम्म ८% पुर्याइनेछ । · नसर्ने रोग तथा विशेष सेवा विस्तारः नसर्ने रोग, मुख स्वास्थ्य, मानसिक स्वास्थ्य, नाक–कान–घाँटी, छाला रोग तथा पेशागत स्वास्थ्य सेवालाई सातै प्रदेशमा सुदृढीकरण गरी जिल्ला तहसम्म विस्तार गरिनेछ । · एकीकृत स्वास्थ्य ऐनः स्वास्थ्य सेवा ऐन, नियमावली, परिषद्, आयोग तथा संस्थाहरूको नीति समयानुकूल परिमार्जन गरी एकीकृत स्वास्थ्य ऐन निर्माण तथा लागू गरिनेछ । · आधुनिक तथा परम्परागत स्वास्थ्य प्रणाली एकीकरणः आधुनिक, आयुर्वेदिक, मौलिक, परम्परागत र वैकल्पिक प्रणालीको अध्ययन तथा अनुसन्धानमा आधारित दीर्घकालीन नीति निर्माण गरिनेछ । आयुर्वेद, प्राकृतिक र मौलिक चिकित्सा पद्धतिको सुसंगत एकीकरण गरिनेछ । · साझेदारीमा सामाजिक स्वास्थ्य अभियानः स्वास्थ्य शिक्षा, पुनस्र्थापना, दिवा सेवा स्याहार तथा सामाजिक सुरक्षा कार्यक्रम सरकारी, सहकारी तथा निजी क्षेत्रसँग समन्वय गरिनेछ
खोटाङको बिहे भोजमा खाना खाने १५० जना फुड प्वाइजनबाट बिरामी
काठमाडौं । खोटाङको जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा माघ २१ गते भएको विवाह भोजमा खाना खाएका करिब १५० जना स्थानीय बिरामी परेका छन् । भोज खाएको करिब १२ घण्टापछि माघ २२ गते साँझदेखि ज्वरो, काम्नु, झाडापखाला जस्ता लक्षण देखिएपछि फुड प्वाइजन भएको आशंका गरिएको छ । बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । गाउँपालिकाले निगालावास भञ्ज्याङमा स्वास्थ्य शिविर स्थापना गरी उपचारको व्यवस्था मिलाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोलीले उपचार गरिरहेका छन् । बढ्दो बिरामीको चापपछि स्वास्थ्य कार्यालयबाट थप औषधि र जनशक्ति मगाइएको छ । अहिले ३५ जना बिरामीको सलाइन, जीवनजल लगायतको उपचार जारी छ । धेरैजसो बिरामी उपचारपछि घर फर्किसकेका छन् । भोजमा सहभागी भएका उदयपुर, काठमाडौं लगायतका पाहुनाहरू पनि बिरामी परेको खबर आएको छ । फुड प्वाइजनको कारण पत्ता लगाउन प्रदेशबाट स्याम्पल संकलन टोली बोलाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिएका छन् ।
विश्व क्यान्सर दिवसः नेकपा संयोजक प्रचण्डद्वारा क्यान्सर पीडितप्रति ऐक्यबद्धता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरपीडित व्यक्ति, उनीहरूको परिवार तथा क्यान्सर उपचार र सेवामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति गहिरो सम्मान र हार्दिक श्रद्धा व्यक्त गर्नु भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सन्देशमा क्यान्सरलाई केवल एउटा रोग मात्र नभई पीडा, डर र मृत्युको सामना गर्दै गरिने निरन्तर संघर्षका रूपमा चित्रण गरिएको छ। सन्देशमा क्यान्सरसँग लडिरहेका प्रत्येक व्यक्तिको कथा फरक–फरक भए पनि उनीहरूको आँसु, आशा र जीवनप्रतिको संघर्ष साझा रहेको उल्लेख गरिएको छ। सन्देशमा क्यान्सरपीडितका परिवारजनले भोग्ने मानसिक, सामाजिक र आर्थिक पीडाको चर्चा गर्दै नेपालमा क्यान्सर गम्भीर चुनौतीका रूपमा रहेको औँल्याइएको छ। आर्थिक अभावका कारण धेरै नागरिक उपचारबाट वञ्चित हुनुपरेको यथार्थलाई स्वीकार गर्दै, सरकारको नेतृत्वमा रहँदा क्यान्सर उपचार सेवा विस्तार, उपचार संस्थाको विकास तथा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क प्रारम्भिक परीक्षणजस्ता कार्यक्रम अघि बढाइएको स्मरण संयोजक प्रचण्डले गर्नु भएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा किशोरी लक्षित एचपीभी खोप कार्यक्रमलाई नीतिगत पहलमार्फत अघि बढाइएको र त्यस अन्तर्गत १४ लाख ६० हजार किशोरीले खोप प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ। क्यान्सर उपचार मात्र पर्याप्त नभई समयमै जाँच, सचेत जीवनशैली, खोज तथा मानवीय संवेदनाको आवश्यकता रहेको सन्देशमा जोड दिइएको छ। क्यान्सरपीडित व्यक्तिले आफू एक्लो नभएको अनुभूति गराउन समाज, राज्य र सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको प्रचण्डले उल्लेख गर्नु भएको छ। सन्देशमा क्यान्सरका कारण जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यान्सरपीडित तथा उपचाररत सबैप्रति हार्दिक ऐक्यबद्धता व्यक्त तथा स्वास्थ्य लाभको कामना गरिएको छ। साथै उपचार पहुँचलाई अधिकारको विषय बनाउँदै समान र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य प्रणाली निर्माण गर्न सबैलाई संकल्प गर्न आह्वान गरिएको छ।

