प्रतिनिधिसभाको तस्बिर : चार राष्ट्रिय दल, राजपाको सम्भावना बाँकी
समानुपातिकको आधा मत गणना गर्दा प्राप्त तथ्यांकका आधारमा प्रतिनिधिसभाको समीकरण
प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् ।
राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ । अहिलेसम्म उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । र ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ ।
उम्मेदवारको प्राथमिकता तय, तर तलमाथि हुन सक्छ
कुल दुई सय ७५ सिटमध्येबाट कम्तीमा ३३ प्रतिशत अर्थात् ९२ जना महिला प्रतिनिधिसभाको सदस्य हुनु अनिवार्य छ । प्रत्यक्षमा ६ महिला विजयी भएकाले अब कम्तीमा ८६ महिला समानुपातिकबाट सांसद हुनेछन् । पुरुषका लागि २४ सिट मात्र बाँकी छ ।
महिला तथा बाँकी पुरुषको प्रतिनिधित्व गराउँदा पनि समावेशी समूहको प्रतिशतका आधारमा आदिवासी जनजाति (२८.७ प्रतिशत), खस–आर्य (३१.२ प्रतिशत), थारू (६.६ प्रतिशत), दलित (१३.८ प्रतिशत), मधेसी (१५.३ प्रतिशत), मुस्लिम (४.४ प्रतिशत)लाई स्थान दिनुपर्नेछ ।
सबै समूहको प्रतिनिधित्व बन्दसूचीमा उल्लेख भएको प्राथमिकताका आधारमा हुनुपर्नेछ । तर, निर्वाचनसम्बन्धी नियमावलीमा क्रमसंख्यालाई ‘यथासम्भव’ पालना गर्ने भनिएकाले दलहरूले तलमाथि गर्ने छिद्र बाँकी छ ।
एमाले
मतगणनाको रुझानअनुसार समानुपातिकमा एमालेले ४५ सिट पाउने स्थिति छ । प्रत्यक्षमा ८१ सिट पाएमा एमालेको प्रतिनिधिसभामा सिट १२६ पुग्नेछ । कुल सांसद संख्याको ३३ प्रतिशत महिला पुर्याउन एमालेले ४२ जना महिलालाई प्रतिनिधि बनाउनुपर्नेछ । प्रत्यक्षमा एमालेबाट दुईजना महिला निर्वाचित भएकाले समानुपातिकबाट ४० महिला उम्मेदवारले प्रतिनिधिसभामा स्थान पाउनेछन् । यसरी पाँच सिट मात्र पुरुषका लागि सुरक्षित हुनेछ । ३३ प्रतिशत अर्थात् कुल ४२ मध्ये खस–आर्यबाट ३१.२ प्रतिशत अर्थात् १३ जना महिलाले प्रतिनिधित्व पाउने हुन् । खस–आर्य समुदायका २ महिला प्रत्यक्षबाट निर्वाचित भएकाले अब सो समुदायका ११ जनाले मात्र समानुपातिकबाट प्रतिनिधित्व पाउनेछन् । त्यस्तै, आदिवासी जनजातिबाट १२ जना, थारूबाट ३ जना, दलितबाट ६ जना, मधेसीबाट ६ जना, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व हुनुपर्नेछ ।
प्रतिनिधित्व पाउने खस–आर्य ११ महिला
१. राधा ज्ञवाली
२. विन्दा पाण्डे
३. गोमा देवकोटा
४. कल्याणी खड्का
५. निरु पाल
६. मनकुमारी जिसी
७. माया न्यौपाने
८. विष्णु शर्मा
९. सरिता न्यौपाने
१०. मैना भण्डारी
११. तीर्था गौतम
प्रतिनिधित्व पाउने आदिवासी १२ महिला
१. थममाया थापा
२. डा. शिवमाया तुम्बाहाम्फे
३. सुजिता शाक्य
४. रामकुमारी झाँक्र
५. विना श्रेष्ठ
६. तुलसी थापा
७. नवीना लामा
८. शान्तिमाया तामाङ
९. कुमारी मेचे
१०. रणकुमारी बलम्पाकी
११. माइली लामा
१२. मेन्चुङ लामा
प्रतिनिधित्व पाउने थारू ३ महिला
१. शान्ता चौधरी
२. लक्ष्मी चौधरी
३. गंगा चौधरी
प्रतिनिधित्व पाउने दलित ६ महिला
१. निरादेवी जैरू
२. विमला विश्वकर्मा
३. विमला विक
४. पार्वतीकुमारी विसंखे
५. सानु शिवा
६. आशाकुमारी विक
प्रतिनिधित्व पाउने मधेसी ६ महिला
१. जुलीकुमारी महतो
२. डा. पुष्पाकुमारी कर्ण
३. सरलाकुमारी यादव
४. रेखाकुमारी झा
५. सरिताकुमारी गिरी
६. सीता यादव
प्रतिनिधित्व पाउने मुस्लिम २ महिला
१. कालिला खान
२. समिना हुसैन
प्रतिनिधित्व पाउने ५ पुरुष
एमालेले प्रत्यक्षमा धेरै सिट जितेको र सबैजसो पुरुष भएकाले समानुपातिकमा पुरुषका लागि ५ स्थान मात्र खालि हुनेछ । त्यसमा पनि समुदायको समानुपातिक प्रतिनिधित्व आवश्यक हुन्छ । समानुपातिक प्रतिनित्वि गराउँदा प्राथमिकताका आधारमा आदिवासीबाट विजय सुब्बा, खस आर्यबाट मुकुन्द न्यौपाने, थारुबाट मझीलाल थारु, दलितबाट रामप्रित पासवान, मधेसीबाट मोतीलाल दुगड र मुस्लिमबाट समीममियाँ अन्सारीमध्ये पनि पनि एक जनाले अवसर पाउने छैनन् ।
कांग्रेस
प्रत्यक्षमा २२ सिट जितेको कांग्रेसले समानुपातिकको मतगणनाको रुझानअनुसार ४३ सिट पाउने सम्भावना छ । प्रतिनिधिसभाका कांग्रेसको कुल प्रतिनिधित्व ६५ भएमा ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् । प्रत्यक्षमा कांग्रेसका एकजना पनि महिलाले नजितेकाले २२ नै महिला समानुपातिकबाट पठाउनुपर्नेछ । त्यसो गर्दा पनि पुरुषका लागि २१ स्थान सुरक्षित हुनेछ । २१ जना पुरुष र २२ जना महिलामध्ये पनि विभिन्न समुदायबाट समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ ।
प्रतिनिधित्व पाउने आदिवासी ७ पुरुष
१. बहादुरसिंह लामा
२. कर्मा घले
३. उमेश श्रेष्ठ
४. लालकाजी गुरुङ
५. जिपछिरिङ लामा
६. दिव्यमणि राजभण्डारी
७. जीवनप्रेम श्रेष्ठ
प्रतिनिधित्व पाउने खस–आर्य ७ पुरुष
१. बालकृष्ण खाण
२. दिलेन्द्रप्रसाद बडू
३. किशोरसिंह राठौर
४. सत्यनारायण खनाल
५. सूर्यबहादुर केसी
६. मोहनप्रसाद पाण्डे
७. अन्तराम भट्ट
प्रतिनिधित्व पाउने १ थारू र १ मुस्लिम पुरुष
पद्मनारायण चौधरी र अतहर कमाल मुसलमान
प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी पुरुष
१. मानबहादुर विश्वकर्मा
२. मीनबहादुर विश्वकर्मा
३. प्रकाश रसाइली
र १. विनोदकुमार चौधरी
२. स्मृतिनारायण चौधरी
३. नागेन्द्रकुमार राय
प्रतिनिधित्व पाउने खस आर्य ७ महिला
१. सुजाता कोइराला
२. पुष्पा भुसाल
३. डिला संग्रौला
४. मीना पाण्डे
५. उमा रेग्मी
६. दीपशिखा शर्मा
७. रुक्मणिदेवी कोइराला
प्रतिनिधित्व पाउने आदिवासी ६ महिला
१. ज्ञानकुमारी छन्त्याल
२. प्रमिला राई
३. महेन्द्रकुमारी लिम्बु
३. हिरा गुरुङ
५. मीना सुब्बा
६. सुवर्ण ज्वारचन
प्रतिनिधित्व पाउने १ थारु र १ मुस्लिम महिला
पार्वता डिसी चौधरी र सर्वत आरा खान
प्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी महिला
१. सुजाता परियार
२. लक्ष्मी परियार
३. विमला नेपाली
१. सीतादेवी यादव २. चित्रलेखा यादव ३. मीनाक्षी झा
माओवादी
प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा भने त्यसको आधा अर्थात् १८ सिट जित्ने सम्भावना छ । कुल ५४ सांसदमध्ये ३३ प्रतिशत अर्थात् १८ जना महिला माओवादी प्रतिनिधि बन्नेछन् । तर, प्रत्यक्षमा ३ जना महिलाले जितिसकेकाले माओवादीले अब कम्तीमा १५ महिला पठाउनुपर्नेछ । ३ सिट मात्रै पुरुषका लागि सुरक्षित रहनेछ । कुल १८ महिलामध्ये २ आदिवासी जनजाति र १ खस–आर्य महिलाले प्रत्यक्षबाट जितेका छन् । खस–आर्यबाट ६ जना महिलामध्ये १ जनाले जितिसकेकाले पाँच जनाले स्थान पाउन सक्छन् ।
प्रतिनिधित्व पाउने खस–आर्य ५ महिला
१. रेखा शर्मा २. पूर्णाकुमारी
सुवेदी ३. धर्मशीला चापागाईं
४. सत्या पहाडी ५. सीता पोखरेल
प्रतिनिधित्व पाउने आदिवासी ३ महिला
१. जयपुरी घर्ती २. शशी श्रेष्ठ
३. ओनसरी घर्ती
प्रतिनिधित्व पाउने थारू १ र मुस्लिम १ महिला
रामकुमारी चौधरी र
चाँदतारा कुमारी
प्रतिनिधित्व पाउने दलित २ र मधेसी ३ महिला
१. अन्जना बिसंखे २. दुर्गा विक
१. इन्दु शर्मा २. बोधमाया यादव
३. दिलकुमारी
प्रतिनिधित्व पाउने ३ पुरुष
पुरुषमध्येबाट पनि आदिवासी जनजातिबाट सुनीलकुमार मानन्धर, खस–आर्यबाट हितराज पाण्डे, मधेसीबाट जोगकुमार बर्बरिया यादवले प्रतिनिधित्व पाउने देखिन्छ ।
फोरम
प्रत्यक्षमा १० सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा ४ सिट जित्ने स्थिति छ । प्रत्यक्षमा ३३ प्रतिशत महिला पुर्याउन समानुपातिकमा पाउने चारै सिटमा महिलाई पठाउनुपर्नेछ । समावेशी प्रतिनिधित्वका आधारमा आदिवासी जनजातिबाट रेनुका गुरुङ, खस–आर्यबाट सरिता गिरी, मधेसीबाट रेणु यादव, मुस्लिमबाट रुही नाज, थारूबाट रीता चौधरी र दलितबाट कलुदेवी विश्वकर्मामध्येबाट पनि दुईजनाले स्थान पाउनेछैनन् । निर्णय गर्ने अधिकार पार्टीलाई हुनेछ । -नयाँपत्रिकाबाट
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्
सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
बेपत्ता छानबिन र सत्य निरुपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ । अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।
काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो। आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ। उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो। नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्। मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ। विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो।