प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न
ओमन,कार्तिक ३। प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा शुक्रबार भब्यताका साथ सम्पन्न भएको छ ।
बिजया दशमीको दिन आयोजना गरिएको उक्त कार्यक्रममा ओमनमा कार्यरत नेपाली हिन्दू धर्मावलम्बीहरुले एकआपसमा सुभकामना आदानप्रदान समेत गरेका थिए।
प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला ढकाल पराजुली रहेकी थिइन् भने अतिथिहरुमा नेपाल बाट आएका चर्चित कलाकारहरु गायक तिलक परियार, गायिका अमृता लामिछाने, नेपाली जनसम्पर्क समिति ओमनका उपसभापति सालिकराम चापागाईं, ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, बिवेकशील साझा पार्टीका सचीव राजेन्द्र सिलवालको सहभागिता थियो ।
यस्तै, नेपाली समाज ओमानकि पार्वती श्रेष्ठ, गैर आवाशीय नेपाली सोसल क्लब ओमनका महासचिव पुर्ण ब. श्रेष्ठ, म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष उमा आचार्य ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमन,तमु समाज ओमन,नेपाल मगर संघ ओमन, दलित एकता संजाल ओमान ,सगरमाथा समूह ओमन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमन , कृश्चिएन फिलोसोपि ओमन, पत्रकार, बुद्धिजीवी, व्यवसायीसमेतको पनि उपस्थिति थियो।
उपस्तिथि अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसि, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात मैन बत्ती बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दाटन गरीएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, प्रवासी नेपाली एकता मञ्च ओमनका सांस्कृतिक बिभाग सह संयोजक रामहरी गिरिले स्वागत मन्तव्य राखेका थिए।
संयोजक रन्जित आचार्यले बिहान उठन बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् भन्ने गित बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए । प्रमुख अतिथी नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला पराजुली ढकाल, कार्यदल सदस्य उमेश विश्वकर्मा लगायत ओमनमा रहेका विभिन्न संघ संस्थाहरुले दशैँको शुभकामना मन्तब्य राखेका थिए ।
मन्तव्य संगै महामहिम राजदुत सर्मिला ढकाल पराजुली संस्थाका सल्लाहकार समाज सेवि तोलाकान्ता भट्टराईले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाएका थिए भने विष्णु चौलागाईं , पुर्ण विश्वकर्मा (पहाडी ), सम्झना केसिले कार्यक्रम संचालन गरेका थिए ।
नेपाल बाट आएका कलाकार तिलक परियार, अमृता लामिछानेको गायन प्रस्तुति बाट हलमा रहेका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए। साथमा ओमन स्थित विभिन्न संस्था बाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमले थप रौनक थपेको थियो । संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै आएका कलाकारलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो।
कार्यक्रमलाई डिसि नेपालका बिनेश खनाल, इरुप्से ड्ट्कमले फेसबुक मार्फत लाईभ प्रसारण गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष सोम कृष्ण श्रेष्ठले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
दशैको अवसरपारेर गरिएको यस्तो कार्यक्रम बाट ओमानमा कार्यरत नेपालीहरु बिच आत्मियता र भाइचाराको सम्बन्ध अझै प्रगाढ हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने पुर्ण विश्वकर्माले बताएका छन।
अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए
काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।
यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
कम्बोडियाबाट १२ नेपालीको उद्दार
काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।
डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन
काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।




