बर्ष २०७४ को राशीफल

बर्ष २०७४ को राशीफल

काठमाडौं, बैसाख २ । वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा केतु तथा सप्तममा राहु भएकाले पुँजी परिचालन अव्यवस्थित हुने, वैदेशिक व्यापार घाटा अप्रत्यासित रुपले बढ्ने, समाजमा अराजकता फैलिने संभावना रहन्छ । आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

मेष
मेष राशिलाई यस वर्ष अढैया शनिको प्रभाव केही समयको लागि हटेको अवस्था छ । वर्षारम्भको समय शुक्र, सूर्य, बुध तथा शनिसमेत अनुकूल रहेकोले आँटेका कार्य सफल हुनेछ । परि श्रमले केही लाभ पनि मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । नयाँ कामहरू पनि हात पर्नेछन् । अरूको विश्वास पनि जित्न सकिनेछ । जेठ ६ गतेदेखि पुनः अढैया शनि आरम्भ हुने, छैटा गुरु तथा साउन २१ बाट चतुर्थ भावमा राहु प्रवेश हुने हुँदा समय प्रतिकूल बन्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । मित्रहरूले सहयोगको नाममा षड्यन्त्र गरेर फसाउन सक्नेछन् । परिवारहरू पूर्णरूपमा टेढिनेछन् । शत्रु प्रशस्त मात्रामा बढ्नेछन् । राज्यबाट समेत झुटा आरोप लगाउने प्रयत्न हुनेछ । तपाईंका राम्रै कुरालाई पनि बंग्याउने प्रयत्न गरिनेछ ।

धर्ममा मन नजाने, शरीरमा आलस्यताले डेरा जमाउने, सानो–सानो काम गर्न पनि आँट नआउने, आर्थिक अवस्था कमजोर रहने हुँदा मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । पेटका रोग र मिर्गौला रोगले सताउने सम्भावना रहन्छ । लेनदेनमा विवादको सामना गर्नुपर्ने, पढाइमा ढिलासुस्ती हुने, सन्तानहरूसँग विमति रहने भएकोले मन अशान्त रहनेछ । भदौ २१ देखि फागुन २५ सम्म सातौं गुरुको अनुकूल प्रभावले व्यापारमा सफलता, यात्रामा लाभ, धर्ममा रुचि बढाउने हुँदा काममा र पढाइमा अपेक्षित सुधार आउनेछ । भाग्यले पनि साथ दिनेछ । मंसिर १ गतेदेखि अढैया शनिले छोड्ने हुँदा आर्थिक कठिनाइमा कमी आउनेछ । लेनदेनको विवाद हटेर जाने, नोकारी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक हुने राज्यबाट लगाइएका झुटा आरोपहरू निराधार सावित हुनेछ । आफ्नो वर्चस्व बढ्दै जाने योग भएकोले महत्ववपूर्ण कामहरू मंसिर १ पछि फागुन २५ सम्म गरी सक्नु राम्रो हुनेछ । अन्य समय संयम भएर अघिबढनु राम्रो । जेठ, साउन, मंसिर, चैत्र महिना नराम्रो रहनेछ भने असार, असोज, कात्तिक, माघ, फागुन राम्रो रहनेछन् ।

वृष
ग्रहगोचर यस वर्ष मध्य रहनेछ । वर्षारम्भमा अढैया शनिको प्रभावको साथै चतुर्थ राहुको प्रतिकूल प्रभावले समय प्रतिकूल रहनेछ । पारिवारिक समस्याले धेरै सताउनेछ । मित्रहरू मित्रका नाममा कलंक नै हुनेछन् । स्वास्थ्य कमजोर भएर काम गर्ने उत्साह पटक्कै हुनेछैन । मनमा द्विविधाले दरिलो डेरा जमाउनेछ, आर्थिक कठिानाइ प्रशस्त मात्रामा बढ्नेछ, विश्वास गरेकाले महत्ववपूर्ण समयमा धोका दिनेछन् । लेनदेनमा चर्को विवादको सामना गर्नुपर्नेछ । पेटको रोगले सताउनुको साथै आमा हुनेहरूका लागि स्वास्थ्य पनि खराब हुनेछ । घरझगडाले घरै छोड्ने स्थिति पनि आउनेछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्ला । नोकरीमा आउने समस्याले स्थानान्तरण हुने अथवा सेवाबाट वञ्चित हुनेसम्म अवस्था आउने सक्छ । शत्रुले खैरो खन्नेछन् ।

आफूले आफैंलाई अति कमजोर ठान्ने अवस्था आए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने र साउन २२ देखि राहु तृतीय हुने हुँदा समय बलियो हुनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने, नयाँ कामको अवसर प्राप्त हुनेछ । वैदेशिक कार्यमा सुधार आउने, यात्रा गर्ने अवसर मिल्ने, प्रेम गर्नेहरूको प्रेम जीवनयात्रामा रूपान्तरित हुने । नोकरी तथा राजनीतिमा आउने समस्यालाई सजिलै पार लगाइ गुमेको स्थान पुनः फर्काउन सक्ने, आम्दानीका अवसरहरू मिल्ने, सन्तान नहुनेलाई पुत्र लाभको योग, छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर मिल्नेछ । भुलेका मित्रहरूले आफ्नो गल्ती महसुस गर्दै क्षमायाचनासहित सहयोगको तत्परता देखाउनेछ । घर तथा सवारी जोड्ने तरखरमा भए सजिलै प्राप्त हुने योग भए पनि भदौ २२ गतेबाट फागुन २५ सम्म गुरु षष्ठ स्थानमा, मंसिर १ देखि पुनः अढैया शनि प्रवेश हुने हुँदा महत्ववपूर्ण काम साउन २२ देखि भदौ २१ सम्म गर्नु बेस हुनेछ । जेठ, साउन, कात्तिक, फागुन, चैत्र महिना राम्रो र वैशाख, भदौ, पुस नराम्रो महिनामा पर्दछन् ।

मिथुन
ग्रह गोचरले पूर्ण रूपमा साथ दिनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले वर्षभरि नै अवस्था राम्रो बन्न सक्ने देखिन्छ । परिवारहरूको केही गुनासो रहनेछ । मित्रहरूले खासै सहयोग नगर्ने भएकोले सजक रहनुपर्ला । अरूको विश्वासमा भन्दा आफ्नो प्रयासमा काम अघि बढाउनु उचित हुनेछ । साउन २० सम्म तृतीय राहुले पराक्रमका साथै मनमा उमंग धेरै बढाउने हुँदा रोकिएका कामलाई पुरा गर्ने एवं आम्दानीका अवसरहरू धेरै मिल्नेछन् । सेवकहरूले जीउज्यान दिएर सेवा गर्नेछन् । दाजुभाइहरूमा मत रहने हुनाले टाढै रहनु होला । व्यापारीहरूको वैदेशिक व्यापारमा सोचेभन्दा बढी सफलता मिल्नेछ । राजनीतिमा पनि विदेशी मित्रहरूको सहयोगले अघि बढ्ने अवसर मिल्नेछ । नयाँ स्थान र मानको अवसर पनि प्राप्त होला । भदौ २२ देखि पढाइमा धेरै सफलता मिल्नेछ सन्तान नहुनेको पुत्र लाभको योग बन्नेछ ।

भएका सन्तानको प्रगतिले मनोवल बढ्नेछ । साहित्यकारहरूले राम्रो लेखरचना सिर्जना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार पाउन सक्ने सम्भावना छ । पुराना प्रेमहरू विवाहमा परिणत हुनेछन् । नयाँ प्रेमको अवसर पनि मिल्नेछ । शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ । कृषि व्यवसायीहरूले राम्रो लाभ पाउनेछन् । सिनेमा निर्माणमा संलग्नहरूका लागि यो वर्ष राम्रो अवस्था सिर्जना होला । शैक्षिक व्यवसायमा रहनेहरूले उन्नतिको फड्को मार्नेछन् । भदौ २० सम्म मित्रहरूसँग सजग रहनुहोला । साउन २२ पछि बोल्दा होस पुर्‍याउनु होला । जेठ ७ गतेदेखि कात्तिक ३० सम्म विपरीत लिंगीबाट सचेत हुनु राम्रो हुनेछ । पतिपत्नीमा विवाद हुन सक्ने भएकोले धैर्य धारण गरेर अघि बढ्दा वर्षैका सपनाहरू पूरा गर्न सकिने योग छ । वैशाख, भदौ, मंसिर, चैत्र, महिना शुभ रहनेछन् । जेठ, असोज, माघ महिना प्रतिकूल रहनेछन् ।

कर्कट
यो वर्ष ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले शत्रु नास हुनुका साथै मित्रहरूको सहयोगले अधुरा काम पूरा हुनेछन् । नयाँ काम पाउने योग छ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगति सोचेभन्दा बढी नै मिल्नेछ । अरूको विश्वास पनि जित्न सकिनेछ । जोस र जाँगर बढ्नेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । वैदेशिक कार्य र व्यापारमा सोचेभन्दा वढी सफलता रामै्र पाउने योगछ । वैवाहिक कुराहरूले उच्च स्थान पाउनेछ यो वर्ष । विपरीत लिंगी मित्रले प्रेमको प्रस्तावसँगै विदेश जान अनुरोध गर्नेछन् । गृह, रक्षा र सैन्य क्षेत्रमा हुनेहरूका लागि समय अनुकूल रहनेछ । बौद्धिक तथा लेखक वर्गले धार्मिक र सामाजिक क्षेत्रमा रामै्र फड्को मार्न सक्नेछन् । रचिएका कृतिले सम्मान पाउनेछ । शैक्षिक उन्नतिका लागि स्वदेश तथा विदेश दुवै अनुकूल रहनेछ ।

भदौ २१ देखि चतुर्थ गुरु तथा द्वितीय राहुले सोच्ने शक्तिलाई कमजोर बनाउने हुँदा घरेलु विवाद बढाउनेछ, बोल्न अलि विचार गर्नुपर्ला । धनको क्षति हुन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर राख्नुपर्नेछ । स्वास्थको ख्याल वर्षभरि नै गर्नुपर्नेछ । मुटु तथा मस्तिष्कमा पीडा सिर्जना हुनेछ । शत्रुले आफ्नो कमजोरी खोजिरहेका बेला मित्रहरूले गोपनियता भंग गरिदिनाले बिनाकारण फन्दामा पर्न सक्ने सम्भावना रहनेछ । पतिपत्नीबीच बढ्ने मतभेदले कार्यक्षेत्रलाई अस्तव्यस्त बनाउनेछ । नोकरीमा स्थानान्तरण र राजनीतिमा संकट पनि भदौ २२ देखि बढ्नेछ । महत्ववपूर्ण कामहरू त्योभन्दा पहिले नै गर्नु होला । निर्माण व्यवसायका व्यक्तिहरूका लागि ग्रहले वर्षभरिनै साथ दिनेछ । शैक्षिक व्यवसायमा लाग्नेले भने सबै निर्णय भदौ २१ भित्र गरी सक्नुपर्नेछ । वैशाख, जेठ, असोज, पुस महिना राम्रोमा पर्नेछ । असार, कात्तिक, फागुन महिना नराम्रो देखिन्छ ।

सिंह
समग्रमा ग्रह गोचर राम्रो रहनेछ । वर्षारम्भलाई विचार गर्दा भाग्य चम्कने देखिन्छ । धार्मिक कार्यहरूमा निकै रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा ऐतिहासिक सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो रहेकोले अरूको मन जित्न सजिलै सकिनेछ । राज्यले सम्मान गर्ने, राजनीतिमा ऐतिहासिक सफलता मिल्ने योग छ । कूटनीतिक क्षेत्रमा राम्रो सफलता पाउने योग छ । नोकरीमा सम्मानयुक्त पदोन्नति र स्थानान्तरण हुनेछ । सैन्य क्षेत्रमा काम गर्ने वा सैनिकसँग काम लिनेहरूका लागि यो वर्ष निकै राम्रो रहनेछ । वैदेशिक कार्यमा सोचेजस्तै सफलता पाउनुहोला । निजी र देशको कार्यका लागि विदेश यात्रा हुने सम्भावना बलियो छ । व्यापार, व्यवसायमा राम्रै सफलता मिल्नेछ । पढाइमा उन्नति र बौद्धिक कार्यमा प्रगति सोचेभन्दा बढी नै होला । घरघडेरी र वहान जोड्ने अवसर मिल्नेछ । मित्रहरूले राम्रो सहयोग गर्नेछन,् परिवारबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ ।

शत्रुमाथि ऐतिहासिक विजय गरेर विभिन्न बिघ्नबाधालाई चिर्दै अगाडि बढ्न ग्रहले साथ दिएको छ । तर मित्र र पारिवारिक सहयोगसहितको सफलता भने जेठ ६ गतेसम्म र मंसिर १ गतेपश्चात् मात्र मिल्नेछ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म अढैया शनिको पुनः आरम्भ हुने भएकोले परिवारहरू टेढिएर घरेलु समस्याले सताउनेछ, मित्रले धोका दिनेछन् । आफूमा भएको आत्मविश्वास पनि घटेर जानेछ । राज्यबाट बिनाकारण आक्रमण हुनेछ । नोकरीमा अनायास समस्या, स्वास्थ्यमा संकट आउनुको साथै मुटु र मस्तिष्कमा समस्या आउन सक्छ । हाड, जोर्नी दुःखेर मनो बल घटाउनेछ । लेनदेनमा विवादको सामाना गर्नुपर्नेछ । राजनीतिमा आउने एकपछि अर्को समस्याले अगाडि बढ्नबाट वञ्चित गराउँला । महत्ववपूर्ण कामहरू जेठ ६ गतेअघि र मंसिर १ गतेपछि गर्दा बढी सफलता मिल्नेछ । साउन, मंसिर र चैत्र महिना अशुभ रहनेछन् । जेठ, असार, कात्तिक, माघ राम्रोमा पर्दछन् ।

कन्या
वर्षारम्भको समय ग्रह प्रतिकूल रहनेछ । सुरुमै अशुभ समाचार सुनेर चिन्तित हुनुपर्ला, स्वास्थ निकै कमजोर रहनेछ । सानातिना काममा सफलता मिले पनि महत्ववपूर्ण काममा अवरोध आउनेछ । मित्रहरूले पटकपटक धोका दिनेछन् । परिवारहरू कुरै नबुझी टेढिनेछन् । वहानले पनि दुःख दिनेछ, अरूको काम धेरै गर्नुपर्ने जस नमिल्ने हुन्छ । धातुरोगले पेटको समस्याले प्रशस्त मात्रामा सताउनेछ । लेनदेनको विवादले प्रतिष्ठामा समेत आँच आउन सक्छ । झुटा आरोप राज्यले लगाउने, नोकरीमा समस्या सिर्जना हुनेछ । राजनीतिमा पाएको मान, पद गुम्न सक्ने योग भए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने, भदौ २१ मा गुरु द्वितीय स्थानमा प्रवेश हुँदा योबीचको समय निकै महत्ववपूर्ण रहनेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । सानै प्रयासले पनि ठूलो काममा सफलता हासिल गरिनेछ । आम्दानीको स्रोतहरू चौतर्फी जुट्नेछन् ।

नोकरीमा आउने समस्यालाई सजिलै किनारा लगाउन सकिनेछ । राजनीतिमा गुमेको आफ्नो स्थान र मान फर्काउन सकिनेछ । बोलीको प्रभावमा राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग गरिने अन्तरक्रियाले आफू र राष्ट्र दुवैको हित हुने ऐतिहासिक कार्य गरेर अघि बढ्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा असहजलाई सहज गरी कीर्तिमानी बन्ने अवसर पनि मिल्नेछ । पढाइमा उल्लेख्य सफलता मिल्नेछ । लेखन मंसिरमा उत्कृष्ट लेखक बन्ने अवसर मिल्नेछ । कानुन व्यवसायी र कानुनी अध्ययनकर्ताहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ । अनायास आउने प्रेमको प्रस्ताव अप्रत्यासित रूपमा वैवाहिक बन्धनमा रूपान्तरित हुँदा हर्षित भइनेछ । गोपनीयता वर्षभरि नै अपनाउनु होला, शत्रुले तपाईंको छिद्र खोजिरहने भएकाले संयमित हुनु जरुरी छ । वैशाख, भदौ, पुस महिना प्रतिकूल हुनेछ भने आषाढ, साउन, मंसिर र चैत्र भने शुभ रहनेछ ।

तुला
यो वर्ष ग्रहले मध्यम फल दिनेछ । वर्षारम्भको समय अनुकूल रहनेछ । बिदेसिएर भुलेका मित्रले याद गर्नेछन् । पढाइको सिलसिलामा वर्षको सुरुमै विदेशयात्रा हुन सक्छ । व्यापारमा पूर्ण सफलता मिल्नुको साथै भुलेका प्रेमीहरूले पुनः याद गर्नेछन् । लेखन मंसिरमा राम्रै सफलता मिल्नेछ । सिनेमा क्षेत्रका हस्तीको लागि ग्रहले साथ दिनेछ । कूटनीतिक क्षेत्रमा गरेका प्रयासहरू सकारात्क रहनेछन् । साउन २१ सम्म एकादश राहुको अनुकूलता प्रशस्त धन आर्जन हुनेछ । मनमा उत्साह र शरीरमा स्फुर्ति पनि बढ्नेछ । आँटेका काम धेरै पूरा हुनेछन् । अरूबाट प्रशंसा पाउनुहोला । विवाह नहुनेका विवाह लागि शुभ वर्षमै पर्दछ, सन्तानको योग पनि बलियो छ ।

घरजग्गा र सवारीसाधन जोड्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको शुभ लक्षण देखिन्छ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म समय प्रतिकूल रहनेछ । स्वास्थमा संकट आउनाको साथै काममा बिघ्नबाधा प्रशस्त मात्रामा आउनेछ । शत्रु सक्रिय हुन्छन् । मित्र तथा परिवारले सहयोगभन्दा बढी आक्रमण गर्नेछन् । पढाइमा अवरोध आउनेछ । बुद्धिले समयमा काम नगर्दा अरूबाट आलोचित हुनुपर्नेछ । हाडजोर्नीको समस्याले मनोबल कमजोर बनाउनेछ । अरूको काम धेरै गर्नुपर्ने, जस नपाउने भएकोले सचेत हुनुहोला ।

प्रेममा खटपट र पतिपत्नीबीचको विवादले दैनिकीमा अप्ठ्यारो बनाउनेछ । सन्तानसँगको विमतिले आफूलाई कमजोर बनाउनेछ । अनावश्यक परिआउने खर्चलाई धान्न हम्मेहम्मे पर्नेछ । त्यसैले महत्ववपूर्ण काम र निर्णयहरू यो बीचमा नगरी अरू समयमा गर्दा भने सहजसित अघि बढ्न सकिनेछ । जेठ, असोज, माघ महिना नराम्रो रहनेछ भने साउन, भदौ, पुस र चैत्र महिना शुभ रहनेछन् ।
वृश्चिक
वर्षारम्भमा ग्रह सामान्य अनुकूल रहे पनि वर्षभरिको ग्रह गोचर प्रतिकूल रहने देखिन्छ । भदौ २१ सम्म गुरुको अनुकूलताले आर्थिक क्षेत्रमा सकारात्मक अवस्था रहनेछ । पढाइमा लाभ मिल्नुका साथै व्यापारमा सफलता प्राप्त होला । सन्तान पक्ष अनुकूल रहनुको साथै बोलीको प्रभावले मान्यजन आकर्षण हुने तथा बौद्धिकवर्गहरूको सहयोग, सद्भाव रहनेछ । स्वास्थ वर्षभरि नै प्रतिकूल रहनेछ । मनमा बिनाकारण त्रास सिर्जना हुनेछ, परिवारहरूको गुनासो दिनानुदिन बढ्दै जानेछ । मित्रहरूको आफूप्रति रहने नकारात्मक भावनाले सफलताका पाइलाहरू कुण्ठित हुनेछन् । शत्रुले खोइरो खन्ने र राम्रो कामलाई पनि नराम्रो बनाउने प्रयासहरू निरन्तर चालिरहनेछन् । अनावश्यक खर्च धेरै गर्नु पर्नेछ ।

नोकरीमा एकपछि अर्काे समस्या आइरहनेछ । राजनीतिमा झुटा लाञ्छना लगाएर पछि पार्ने खेलहरू प्रशस्तै हुनेछन् । मातापितासँगको सम्बन्ध पनि राम्रो हुने देखिन्न । उहाँहरूको स्वास्थमा पनि समस्या आउनेछ । भदौ २२ गतेपश्चात् गुरुसमेत प्रतिकूल हुने हुँदा समय झन् कठिन हुनेछ । खर्चको गति तीव्र हुनुको साथै गलत विचार प्रशस्त मात्रामा बढ्नेछन् । मुद्दामामिलाको सम्भावना पनि बलियो देखिन्छ । सन्तानसँग विमति हुनुका साथै एकसाथ वस्न गाह्रो हुने अवस्था आउनेछ । सानोसानो कामलाई पनि अघि बढाउने आँट आउने छैन ।

मनमा शंका उपशंकाले दरिलो डेरा जमाउनेछ । हाडजोर्नीको दुखाइ प्रशस्त मात्रामा बढ्नेछ । आर्थिक कठिनाइहरूले अस्तव्यस्त बनाउनेछ । पतिपत्नीबीच बढ्ने विवादले बिछोडको अवस्थासम्म सिर्जना गर्न सक्नेछ । धार्मिक क्षेत्रमा निराशिताले दरिलो डेरा जमाउनेछ । यो वर्ष अत्यधिक रूपले अध्यात्ममा जोेड दिनुहोला । धन माल हराउन सक्छ, सचेत हुनुहोला । असार, कात्तिक, फागुन महिना प्रतिकूल वैशाख, भदौ, असोज र माघ शुभ हुनेछन् ।

धनु
ग्रह गोचर यो वर्ष मध्यम रहनेछ । सुरुमा ग्रहले साथ दिनेछ, मन चञ्चल भए पनि धैर्य गरेर अघि बढ्दा धेरै कार्यहरूमा सफलता मिल्नेछ । शत्रुसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । विवादको सामना गर्नु परे पनि आखिर सत्यले जित हासिल गर्नेछ । जोस र जाँगर बढ्नेछ । आँटेका कामहरू धेरै पूरा हुनेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा राम्रै प्रगतिको योग छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । वैदेशिक कार्यमा पूर्ण सफता मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको वर्ष हो । छात्रवृत्तिसहितको विदेश पढ्न जाने अवसर पनि पाउनुहोला । भूमि वहान जोड्ने तरखरमा हुनुुहुन्छ भने त्यसका लागि वातावरण अनुकूल रहनेछ ।

मित्र तथा परिवारका सहयोग चाहेजति नै मिल्नेछ । भदौ २२ देखि गुरुको अनुकूल प्रभावले मनमा प्रसन्नता बढाउनेछ । नोकरीमा भनेजस्तै स्थान मान पाउने योग छ । भुलेका मित्रहरूले याद गर्दै सहयोग गर्ने मनसाय राख्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, राजनीतिमा राज्यका ठूला हस्तीहरूले तपाईंको आवश्यकता महसुुस गर्नेछन् । कूटनीतिक कार्यबाट राष्ट्रको हित अन्तराष्ट्रको खुस निर्माण गरी आफूलाई ऐतिहासिक व्यक्तित्वमा स्थापित गर्न सफल हुनुहोला । साउन २२ देखि अष्टमा राहुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ । आर्थिक कारोबारमा कठिनाइ उत्पन्न हुनेछ ।

धातुरोग, मिर्गौलासम्बन्धी समस्याले चिन्तित पार्न सक्छ । हड्डी, नसाको दुखाइ सही नसक्नु हुनेछ । मनस्थिति कमजोर हुने भएकोले धैर्यमा जोड दिनु उचित हुनेछ । पानी यो वर्ष धेरै पिउनुपर्ला । धार्मिक कार्यहरूमा खासै प्रगति देखिन्न । गोपनीयता अपनाउनु बेस छ । साउन, मंसिर र चैत्र महिना अशुभ एवं जेठ, असोज, कात्तिक र फागुन शुभ छन् ।
मकर
वर्षारम्भमा ग्रह गोचर राम्रो रहे पनि शनिको प्रतिकूलताले खर्च, विवाद र चिन्ता बढ्ने योगछ । आम्दानीका मंसिरमा अवरोध सिर्जना गर्नेहरूदेखि सजग रहनुपर्ला । शत्रुले खोइरो खन्नेछन् । विश्वास गरेकाले धोका दिनेछन् । हड्डी र नसाको समस्या आउने प्रबल सम्भावना छ । जेठ ७ गतेपश्चात् कात्तिक ३० गते शनि र गुरुको अनुकूलताले भाग्य बलियो हुनुको साथै धार्मिक कार्यमा कीर्तिमानी काम गरेर बढ्दा सामाजिक कार्यमा सम्मान पाउनुहोला । पराक्रम बढ्नुको साथै अधुरा कामहरू पूरा हुने, नयाँ काम पाउने योग बलियो छ । आम्दानीका अवसर मिल्नुको साथै घरघडेरी, सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सहज हुनेछ । मित्रहरूबाट आर्थिक र बौद्धिक सहयोग पाउनुहोला । परिवारहरूको सहयोगले पढाइमा रुचि बढ्नुका साथै छात्रवृत्ति प्राप्त गरी परदेश पढ्न जाने अवसर मिल्नेछ ।

लेखनमा लाग्नेहरूका लागि यो समय अनुकूल रहनेछ । साहित्य, कलामा लाग्नेहरूका लागि समय राम्रो छ । व्यापार, व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । वैवाहिक कुरा पनि अघि बढ्नेछ । ठूला व्यक्तिसँग अन्तरक्रिया गर्दै बौद्धिक विकास गर्ने अवसर मिल्नेछ । साउन २२ पछि राहु अष्टम भावबाट हट्ने हुँदा स्वास्थमा सुधार आउनेछ, लेनदेनका कठिनाइ पनि हटेर जानेछन् । सातौं राहुले पतिपत्नीबीचको सम्बन्धलाई भने कमजोर बनाउनेछ । नोकरीमा पदोनन्ति र इच्छित स्थानान्तरणको योग छ । राजनीतिमा उच्च पद प्राप्तिको अवसर मिल्नेछ तर त्यसका लागि जेठ ६ गतेपश्चात् प्रयास गर्दा सहजसँग सफलता मिल्नेछ । महत्ववपूर्ण निर्णयहरू भदौ २१ गतेभित्र गर्नुपर्ला । मंसिर १ गतेदेखि पुनः शनि साढेसाती आरम्भ हुने भएकोले अस्वस्थता, खर्च, विवाद र चिन्ता बढ्ने योग भएकोले संयम हुनुहोला । वैशाख, भदौ, पुस खराब महिना र असार, कात्तिक, मंसिर, चैत्र शुभ हुनेछन् ।

कुम्भ
ग्रह गोचर यस राम्रो रहे पनि भदौ २१ सम्म अष्टम गुरुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वाणी अशुद्ध र धन नास हुनेछ । काममा अवरोध आउने, मनमा अशान्ति सिर्जना हुने योगछ । कुरा काट्नेहरू बढ्नेछन् । विश्वासमा धोका हुने भए पनि शनिको अनुकूल प्रभाव वर्षभरि नै रहनेछ । साउन २२ मा राहु षष्ट भावमा जाने, भदौ २२ देखि गुरु पनि अनुकूल भएकोले समग्रमा वर्ष राम्रो रहनेछ । शत्रुमाथि ऐतिहासिक विजय हासिल गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल हुनुहोला । आँटेका अधिकांश काम पूरा हुनेछन् । मनमा हर्ष र शरीर स्फुर्ति प्रशस्त मात्रामा बढ्नेछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विदेशयात्रा र वैदेशिक व्यापारमा लाभ प्रशस्तै हुने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू जुट्नेछन् । नोकरीमा चाहेअनुसारै स्थानान्तरण हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्ति गर्ने वातावरण बन्नेछ ।

भाग्य बलियो हुनेछ । धार्मिक कार्यहरूमा मन जानेछ । शैक्षिक सफलताले मन प्रसन्न रहनेछ । सन्तान नहुनेका लागि भदौ २२ पछि समय अनुकूल हुनेछ । घरघडेरी र सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका कूटनीतिक प्रयासहरू प्रशंसनीय हुनेछन् । विद्वान्हरूको छत्रछायामा रहेर ऐतिहासिक काम गर्नै अवसर मिल्नेछ । बोलीको प्रभावमा अरूको मन सजिलै जित्न सकिन्छ । वैवाहिक बन्धनमा बाँधिने सम्भावना बलियो छ । आफूलाई भुलेका मित्र र बिदेसिएर टाढिएका मित्र तथा परिवारजनहरूले याद गर्दै सहयोगको हात अघि बढाउनेछन् । वैशाख, साउन, मंसिर, पुस महिना शुभ र जेठ, असोज, माघ महिना अशुभ हुनेछन् ।

मीन
वर्षको आरम्भमा ग्रह गोचर राम्रो रहनेछ । व्यापारमा उन्नति गर्ने अवसर मिल्नेछ । यात्राका अवसरहरू प्रशस्त मात्रामा जुट्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, वैवाहिक बन्धनमा बाँधिन बलियो सम्भावना छ । बोलीको प्रभाव बढ्नुको साथै कूटनीतिमा आफ्नो वर्चस्व बढाउन सफल हुनुहोला । पतिपत्नीबीच सुमधुर सम्बन्ध गाँसिनेछ । वैदेशिक कार्यमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आम्दानीको स्रोतहरू प्रशस्त मात्रामा जुट्नेछन् । शत्रु पराजय हुनुको साथै मित्र तथा परिवारको सहयोग पनि अपेक्षित पाउनुहोला । घरघडेरी र सवारीसाधन जोडने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानान्तरण हुने योग छ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । पदक प्राप्तिको सम्भावना छ । साउन २२ बाट पञ्चममा राहु प्रवेश हुने र भदौ २२ देखि गुरु अष्टमा हुने भएको हुँदा समय प्रतिकूल हुनेछ ।

धातु र मिर्गौलासम्बन्धी रोगले सताउनेछ । तत्पश्चात् वर्षभरि नै सजग रहनुपर्ला, आपसी विश्वासमा ह्रास आउने, मन अशान्त हुने, आर्थिक संकट बढ्ने, नगद कारोबार गर्दा अनावश्यक विवादमा फस्ने सम्भावना रहन्छ । पढाइमा मन नजाने, सन्तानसँग मतभेद हुने, शत्रुले आक्रमण गर्ने अवस्था सिर्जना होला । सही कार्यलाई समेत गलत बनाउने प्रयत्न हुनेछ । नोकरीमा संकट आउने, राजनीतिमा झुटा आरोप लाग्न सक्ने बलियो सम्भावना छ । यो स्थितिमा आफन्तहरूले समेत साथ नदिन सक्छन् । वैदेशिक र कूटनीतिमा समेत रहेको छाप हट्न सक्छ । सोच्ने शक्तिमा कमी आउनुको साथै निर्णयको अभाव पनि देखिन्छ । महत्ववपूर्ण निर्णयहरू भदौ २२ पूर्व नै लिनु बेस हुन्छ । जेठ, भदौ, पुस, माघ महिना शुभ र असार, कात्तिक, फागुन, महिना अशुभ हुनेछन् ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय