भक्तपुरमा मेयरका लागि उम्मेदवारको लर्को, प्रत्याशीहरुबाट भोट माग्न सुरु

भक्तपुरमा मेयरका लागि उम्मेदवारको लर्को, प्रत्याशीहरुबाट भोट माग्न सुरु

भक्तपुर, १३ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ ।

जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो ।

भक्तपुरका चारवटा नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा धेरै नेपाली काँग्रेसमा छ । मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ । काँग्रेस जिल्ला सभापतिको प्रत्याशी उम्मेदवार समेत भइसकेका कवँे विगतमा काँग्रेस मध्यपुरथिमि नगर समिति सभापति भएर योगदान पु¥याएको व्यक्तिका रुपमा काँग्रेसभित्र चर्चा चलेको छ ।

यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य, केदार खड्का र गोकुल शर्माले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् ।

यता, नेकपा (एमाले)का भने युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गर्नुभएको छ । पार्टीले समेत श्रेष्ठलाई उम्मेदवारका लागि अगाडि सारेको छ । युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, विष्णुराज कार्की, राजु खड्का, नारायणभक्त खाय्मली र सुशील बस्नेतले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गर्नुभएको छ । मेयरको टिकट पाउन यीमध्ये ढुङ्गेल, कार्की र खड्का सबभन्दा बढी दौडधूपमा लागेको बताइन्छ ।

काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको दाबी गर्ने ढुङ्गेल अरुले टिकट नपाउने बताउनुहुन्छ भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पु¥याएका र जनतासँग बढी भिजेकाले आफूले टिकट पाउने पक्का भएको खड्का गर्नुहुन्छ ।

एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, वासुदेव खड्का, राजकुमार जोशी र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखापर्नुभएको छ । यद्यपि, थापा र खड्कामध्ये एकजनाले टिकट पाउने एमाले स्रोतको दाबी छ ।

एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पु¥याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, सरु बानियाँ, जीवन खत्री, शिवहरि केसी र यादव अधिकारीले आफूलाई उम्मेदवार भएको दाबी गर्नुभएको छ । यसमध्ये भँडेल र बानियाँको चर्चामा छन् । भँडेलले भोट माग्न थालिसक्नुभएको छ ।

यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, हरिशरण लामिछाने, रमेश बुढाथोकी, दामोदर दङ्गाल र श्रीभक्त कासिछ्वाको नाम चर्चामा छ ।

राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, रामेश्वर थापा, लवकुमार कार्की र प्रवीण ढुङ्गेल, मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, रवीन्द्रप्रताप शाह र धनबहादुर लामा, भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिरहनु भएको छ ।

नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन् । पार्टीले यसबारे आन्तरिक तयारी सुरु गरेकाले एकैपटक नाम बाहिर आउने जनाएको छ ।

यता, माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् । रासस

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय