माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गरे ।

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको प्रचण्डद्वारा खण्डन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

आज सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ। बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।

दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्दै विप्लव

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्न थाल्नुभएको छ । उहाँले प्रदेश राजधानी देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया गरिरहनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी दाङले कार्यक्रमको आयोजना गरेको हो ।

रास्वपाले भोलिदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।  पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो  । उहाँका अनुसार पोखराको आन्दोलन आज अन्तिम हो ।’  

लोकप्रिय