यी हुन् माओवादीबाट अागामी सरकारकाे नेतृत्वका दावेवार

यी हुन् माओवादीबाट अागामी सरकारकाे नेतृत्वका दावेवार

काठमाडौं, पुस १ । वामपन्थी गठबन्धन बनाएर चुनावमा गएका नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य शुरु गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठन लगायत समसामकिय बिषयमा शुक्रवार छलफल भएको छ ।

प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आएपछि राष्ट्रपतिले संसद्को सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यबस्था छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्न संसदको बैठक बसिराख्नु नपर्ने र राष्ट्रिय सभा गठन हुनु अनिवार्य नरहेको संविधानविद् खिमलाल देवकोटा बताउँछन् । नयाँ सरकार गठनको गृहकार्यसँगै सरकारमा सहभागिताको लागि दलहरुभित्र दौडधुप शुरु भएको छ ।

चुनाव लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य थालेका छन् । सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र माओवादी सरकारमा सहभागि हुने पक्का जस्तैछ । नयाँ सरकारमा माओवादीका अतिरिक्त मधेस केन्द्रित दललाई समेत सहभागि गराउने गृहकार्य भइरहेको दुई दलका नेताहरु बताउँछन् ।

सरकारको नेतृत्वमा भन्दा भावी सरकारमा माओवादीको नेतृत्व कसले गर्ने भन्नेमा माओवादी भित्र आन्तरिक हानथाप देखिएको छ । सरकारमा माओवादीको नेतृत्वका लागि कृष्णबहादुर महरा, वर्षमान पुनदेखि जनार्दन शर्मा र टोपबहादुर रायमाझी सम्मले दाबी गरेका छन् ।

यसअघि ओली सरकार र देउवा सरकारमा उपप्रधानमन्त्री बनिसकेका महराले फेरिपनि सरकारमा माओवादीको नेतृत्व दाबी गर्ने माओवादी स्रोत बताउँछ । प्रचण्ड सरकारमा उर्जा मन्त्री र देउवा सरकारमा गृहमन्त्री बनेर प्रशंसनीय काम गरेका शर्माले पनि दाबी गरेका छन् ।

पहिलो संविधानसभाको कार्यकालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका वर्षमान पुनले नयाँ सरकारमा नेतृत्वको दावी गरेका माओवादी स्रोतहरु बताउछन् । २०७० सालको चुनावमा पराजित पुन ४ वर्ष सत्ताबाहिर रहेका थिए ।

यसअघि संसदीय दलको उपनेता बनिसकेका टोपबहादुर रायमाझीले पनि सरकारमा नेतृत्वको दावी गरेका छन् । पछिल्ला तीनवटा चुनावमा लगातार विजयी रायमाझीले पनि भावी सरकारमा माओवादीको नेतृत्व दावी गरेका छन् ।

माओवादीका तर्फवाट प्रदेश नम्बर १ बाट पूर्वअर्थमन्त्री महेश आचार्यलाई हराएका अमनलाल मोदी, प्रदेश नम्बर २ बाट मात्रिका यादव, प्रदेश नम्बर ३ बाट अग्नी सापकोटा, प्रदेश नम्बर ४ बाट देव गुरुङ, प्रदेश नम्बर ५ बाट पूर्व कमाण्डर चन्द्रप्रकाश खनाल बलदेव लगायतले सरकारमा जाने दाबी पेश गरेका स्रोतको दाबी छ ।

प्रदेश नम्बर ७ बाट लेखराज भट्ट, महिलाबाट फम्फा भुसाल लगायतको चर्चा छ । एमालेले प्रधानमन्त्री पाउँदा प्रतिनिधि सभाको सभामुखमा माओवादीले दावी गर्ने सम्भावना रहेको बताइन्छ ।

माओवादीमा नारायणकाजी श्रेष्ठ समूहका गिरिराजमणि पोखरेल, मधेशबाट प्रभू साह, शिवकुमार मण्डल, हितबहादुर तामाङ, हरिबोल गजुरेल लगायत पनि सरकारमा सहभागि हुन लविङ गरिरहेका छन् ।

विगतको तुलनामा यसपटक मन्त्रालयको संख्या कम र मन्त्री बन्ने आकाक्षीको संख्या धेरै भएका कारण दलहरुलाई भागवण्डा मिलाउन सकस पर्ने देखिएको छ । -लोकान्तरबाट

अध्यक्ष प्रचण्ड दाङमा

तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।

महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।  हिजो भएको दुर्घटनमा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन र अरु थुप्रै घाइते भएको खबरले स्तब्ध बनेको बताउँदै अध्यक्ष प्रचण्डले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति सरकारले अभिभावकिय भुमिक निवार्ह गर्नुपर्ने बताउनुभएको हो । यस्तो छ सामाजिक सञ्जालमा उहाँले गर्नुभएको आग्रह 

विस्तारै उकालो लाग्दै तापक्रम

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ।  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको बताइएको छ । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने विभागका एक कमचारीले जानकारी दिए । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ।  आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।  

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए :  सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो।  जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

लोकप्रिय